पिपलको औषधीय गुण

सनातन हिन्दु समाजमा पिपललाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गरिन्छ। अक्सिजन धेरै फ्क्ने रुख भएकोले हाम्रो समाजमा यसको महत्त्व धेरै छ। यति मात्र होइन आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ। विभिन्न रोगको औषधिका लागि पिपलको पात, डाँठ र फलको प्रयोग हुन्छ। यहाँ पिपलबाट गर्न सकिने केही घरेलु उपचारको चर्चा गरिँदैछ।
लगातार खोकिरहने (दम)को रोगीका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस्। त्यसको चूर्ण बनाएर दम रोग भएक बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस्। तीन महिनासम्म नियमित रूपमा यसो गरे दम रोग पूर्णरूपमा निको हुन्छ।
सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्न सकिन्छ। पिपलका पाँच पात सफा पानीले पखालेर दुधसँग उमालेर थोरै सख्खर हालेर बिहान र साँझ पिउँदादुई दिनमै रुघा–खोकी ठीक हुने छ। निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाइन्छ।
बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ। पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दतिवनको रूपमा प्रयोग गर्न सकिन्छ। यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा मिल्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा