पिपलको औषधीय गुण
सनातन हिन्दु समाजमा पिपललाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गरिन्छ। अक्सिजन धेरै फ्क्ने रुख भएकोले हाम्रो समाजमा यसको महत्त्व धेरै छ। यति मात्र होइन आयुर्वेदमा पनि यसमो प्रयोग हुन्छ। विभिन्न रोगको औषधिका लागि पिपलको पात, डाँठ र फलको प्रयोग हुन्छ। यहाँ पिपलबाट गर्न सकिने केही घरेलु उपचारको चर्चा गरिँदैछ।
लगातार खोकिरहने (दम)को रोगीका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस्। त्यसको चूर्ण बनाएर दम रोग भएक बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस्। तीन महिनासम्म नियमित रूपमा यसो गरे दम रोग पूर्णरूपमा निको हुन्छ।
सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्न सकिन्छ। पिपलका पाँच पात सफा पानीले पखालेर दुधसँग उमालेर थोरै सख्खर हालेर बिहान र साँझ पिउँदादुई दिनमै रुघा–खोकी ठीक हुने छ। निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाइन्छ।
बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ। पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दतिवनको रूपमा प्रयोग गर्न सकिन्छ। यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा मिल्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’