झिंगाले ल्याउँछ अनगिन्ती रोग, यसरी जोगिनुस्
जाडोको तुलनामा गर्मीयाममा झिंगाको संख्यामा वृद्धि हुन्छ। घर वरपरको वातावरण फोहोर छ भने त त्य झनै झिंगा बढ्छन्। झिंगाले विभिन्न रोगका कीटाणु सार्छ, जसले मानव स्वास्थ्यमा हानि पुर्याउँछ।
भाइरललगायत विभिन्न किसिमका ज्वरो, हेपाटाइटिस ‘ए’, झाडापखाला र पेटका रोगका कीटाणु झिंगाकै कारण सर्छ। यिनीहरूले खुट्टामा बोकेर ल्याउने ब्याक्टेरियाका कारण मानिसको स्वास्थ्यमा असर पर्छ।
झिंगाले फोहरबाट हाम्रो खानेकुरामा ब्याक्टेरिया ल्याउँछ । ती ब्याक्टेरिया शरीरमा प्रवेश गर्छन् । खानामा एकपटक मात्र झिंगा बसे पनि धेरै कीटाणु छाडेर जान सक्छ। कतिपय ब्याक्टेरिया झिंगाले बान्ता गरेर हाम्रो खानामा फाल्छ।
जति फोहोर भयो, त्यति धेरै झिंगा फैलिने खतरा हुन्छ । त्यसैले घर तथा वरपरको वातावरण सफा राख्नुपर्छ । फोहोर पानी जम्मा हुने खाल्डा भए पुरिदिने वा तिनलाई सधैँ सफा राख्नुपर्छ । भान्साबाट निस्कने फोहोरको सही व्यवस्थापन गर्नुपर्छ। गाईबस्तु राख्ने ठाँउ सकेसम्म घरबाट टाढा बनाउनु पर्छ।
दिउँसो झिंगा बढी सक्रिय हुने र एकै ठाउँमा बस्ने भएकाले यही वेला औषधि प्रयोग गर्न सकिन्छ। तर, यसबाट मानिसलाई पर्ने असरमा भने ध्यान दिनुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण