Health TV Online
Health TV Online
Health TV Online

निराेगी रहने यी सात सूत्र

निराेगी रहने यी सात सूत्र

विपिन्न कारण मानिसहरूले पूर्णरूपमा निरोगी, तन्दुरुस्त र सुखी जीवन बिताउन सकेका छैनन्। मानिसको आनीबानी, चिन्तन, खानपानका कारण हाम्रो शरीरलाई रोगहरूको भण्डार बन्दैछ।

त्यसोभए के हामी पूर्णरूपमा स्वस्थ्य, निरोगी, तन्दुरुस्त जीवन बिताउन सक्दैनौँ? के हामी कुनै औषधि सेवन नगरी, अस्पतालको चक्कर नलगाई खुशीपूर्वक जीवन बिताउन सक्दैनौँ? सक्छौँ त्यसका लागि अपनाउनुपर्छ यी सात उपाय

खानामा सन्तुलन

खाना नै शरीरका लागि सम्पूर्ण पौष्टिक तत्वको स्रोत हुन्। जस्तो खान्छौँ, हाम्रो स्वस्थ्य त्यस्तै हुन्छ। त्यसैले पोषणयुक्त, सन्तुलित र सुपाच्य खानेकुरा शरीरको आवश्यक्ता हो। जिब्रोलाई प्राथमिकता दिएर शरीरलाई रोगी बनाउनु हुँदैन।

त्यस्ता खानालाई बन्देज लगाउनुपर्छ, जो स्वस्थ्यका लागि हितकर छैन। जिब्रोको वशमा परेर हामी खराब खानपान गर्छाैँ। यस्तो बानी त्याग्नुपर्छ।

सन्तुलित दिनचर्या 

हामी दिनभर के गर्छौ, कसरी गर्छौ, यसले पनि स्वास्थ्यमा प्रभाव पार्छ। निरोगी जीवन विताउने हो भने दिनचर्या सन्तुलित र अनुशासित हुनुपर्छ। एउटा निश्चित तालिकाअनुसार सुत्ने, उठ्ने, खाने, व्यायाम गर्ने, नुहाउने आदि काम गर्नुपर्छ। किनभने शरीरलाई सन्तुलित ढंगले डोहोर्‍याउनुपर्छ।

दिनभर सक्रिय रहने, सकारात्मक रहने, शारीरिक क्रियालाई जोड दिने, एकै स्थानमा लामो समय नबस्ने, सही समयमा खानेकुरा खाने जस्ता गतिविधिले शरीर निरोगी हुन्छ। बिहान घाम नउदाउँदै चाँडै उठ्नु र राति चाँडै सुत्नु राम्रो मानिन्छ। स्वस्थ्य रहनका लागि हरेक दिन सूर्योदयअघि उठ्नुपर्छ। सूर्योदयको दृश्य हेर्नुपर्छ। राति खाना खानसाथ सुत्नु हुँदैन। खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ।

सन्तुलित तन र मन 

सन्तुलित आहार, आसन व्यायाम र अन्य तरिका अपनाएर मात्र पूर्णरूपमा निरोगी जीवन पाइँदैन। मन र शरीरलाई पनि तपाईंले आनन्दित तुल्याउनुपर्छ। साथै राम्रो स्वास्थ्इका लागि शारीरिक र मानसिक श्रम पनि आवश्यक छ। बिना शारीरिक श्रम स्वास्थ्य राम्रो हुँदैन। त्यस्तै मानसिक रूपले पनि क्रियाशील हुनुपर्छ।

सकारात्मक सोच

मन र शरीरको सम्बन्ध हुन्छ। मनको अवस्थाले स्थुल शरीरमा असर गर्छ। जस्तो हामी डराएको छौँ। डर एक भावनात्मक अवस्था हो। डराउनु भनेको मनमा भय पैदा हुनु हो। यसको असर शरीरमा पर्छ। एवं हिसाबले मनको कुनै पनि अवस्थाले शरीरलाई सोझो प्रभाव पारिरहेको हुन्छ। त्यसैले त मन जति प्रशन्न, जति सकारात्मक, जति शान्त हुन्छ, शरीर पनि उत्तिकै राम्रो हुन्छ।

बुझाैँ ऋतुचर्या

ऋतुचार्यको अर्थ ऋतु अनुसार जीवनलाई डोहोर्‍याउनु हो। अर्थात् प्राकृतिक परिवर्तनलाई आत्मसात गर्नुपर्छ। प्रकृतिले हामीलाई यस्तो सन्देश दिइरहेको हुन्छ कि हामीले प्रकृतिको हिसाब अनुसार आफूलाई परिवर्तन गर्नुपर्छ। जाडो, गर्मी, झरी प्रकृतिमा जब ऋतु परिवर्तन हुन्छ, तब हामी स्वयं परिवर्तनका लागि तयार हुनुपर्छ।

जसरी ऋतु बदलिएसँग प्रकृतिमा बदलाव देखिन्छ, त्यहीअनुसार हाम्रो खानपान, रहनसहन, दिनचर्या, योगासनमा परिवर्तन ल्याउनुपर्छ। प्रकृतिले हरेक ऋतु अनुसार फलफूल, सागसब्जी र खानेकुरा बनाएको छ। एक ऋतुमा उत्पादन हुने खानेकुरा अर्को ऋतुमा खानुहुँदैन। त्यसैगरी भण्डारण गरिएको र बेमौसमी खानेकुरा पनि शरीरमैत्री हुँदैन।

योगासनले  स्वस्थ जीवन

आज योगाले हाम्रो जीवनमा एक प्रमुख योगदान दिइरहेको छ। योग गर्नु आज हाम्रो जीवनको अंग बनेको छ। योग त्यस्तो व्यवस्थित शारीरिक कर्म हो, जसले शरीरलाई स्फूर्ति र निरोगी राख्छ। साथसाथै मनलाई सकारात्मक र शान्त पनि।योगासँग मुद्राको अभ्यासले पनि राम्रो गर्छ । स्वास्थ्यका लागि मुद्राको अभ्यास पनि एकदम जरुरी छ।

प्राणायम जस्ता अभ्यासले मनमा सकारात्मक भाव पैदा हुन्छ। बेलाबखत लामो सास लिने र छाड्ने अभ्यासले पनि मनलाई शान्त तुल्याउँछ।

हाँसाे अमूल्य औषधि

हाँस्नका लागि खर्च गर्नुपर्दैन। हाँस्नु आफैमा प्राकृतिक उपचार हो । जब हामी मन खोलेर हाँस्छौं, त्यसले शरीर र मनलाई आनन्दित तुल्याउँछ। शरीरका भित्री अंगहरूको कार्य सञ्चालनलाई सुचारु गराउँछ। गम्भीर रहने, भावुक हुने, चिन्तित हुने जस्ता कुराले शरीरलाई पनि हानि गर्छ।

हाँस्नु भनेको आफूलाई खुशी तुल्याउनु मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनि हो। खुलेर हाँस्ने बानीले पाचनयन्त्रलगायत शरीरका भित्री अंगहरूमा सकारात्मक प्रभाव पार्छ।

 

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’