लामखुट्टेबाट बच्न अपनाउनुस् यी उपाय

गर्मीयाम सुरु भएसँगै लामखुट्टेले दुःख दिन्छ। लामखुट्टेको टोकाइले मानिसलाई अनेकौँ सरुवा रोग लाग्ने मात्र होइन, मृत्युको नजिक पुर्याउँछ। त्यसैले लामखुट्टेबाट बच्न यी कुरामा ध्यान दिनुपर्छ–
घर वरिपरि सरसफाइ
लामखुट्टेकाे बास फोहोरमा हुन्छ। प्रदूषित ठाँउमा यो चाँडै फैलिन्छ। हुर्किन्छ। त्यसैले लामखुट्टेबाट बच्ने सबैभन्दा दीर्घकालीन उपाय भनेको घर आसपासको सरसफाइ हो। घरबाट निस्कने फोहोरमैला उचित तरिकाले बिसर्जन गर्नुपर्छ।
पानी जम्न नदिनुस्
लामखुट्टेले स्थिर एवं जमेको पानीमा अण्डा पार्ने, बच्चा हुर्काउँछ। त्यसैले यसलाई निर्मूल पार्नका लागि लामखुट्टे हुर्किन नदिनु नै उत्तम उपाय हो। घर वरिपरि फोहोर पानी जम्न दिनुहुँदैन। सरसफाइ गरेकाे पानीलाई बगैँचा वा अन्यत्र बगेर जाने व्यवस्था गर्न सकिन्छ ।
झ्यालढोकामा जाली
गर्मीको सिजनमा कोठामा हावा आउजाउ गर्ने व्यवस्था गर्नुपर्छ। तर, यसका लागि झ्याल ढोका खुला छाड्दा लामखुट्टे पस्छ। त्यसैले झ्याल ढोकामा जाली हाल्नु राम्रो विकल्प हो।
झुलको प्रयोग
लामखु्ट्टे भगाउनका लागि धेरैले धूपको प्रयोग गर्छन्। तर, यस्तो धूप रातभर प्रयोग गर्दा श्वास प्रश्वास प्रक्रियामा असर गर्छ। दमको रोगीका लागि त यो झनै हानिकारक छ। त्यसैले सकेसम्म झुलको प्रयोग नै उपयोगी हुन्छ।
वैकल्पिक उपाय
लामखुट्टे भगाउनका लागि घरेलु उपाय पनि अपनाउन सकिन्छ। कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्नुपर्छ । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ। लामखुट्टे मार्ने धुप र ‘लिक्विड’हरू पनि बजारमा पाइन्छ। तर याे मानवस्वास्थ्यका लागि हानिकारक हुनसक्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा