कुकुरलाई जथाभावी शौच नगराउनुस्, निम्तिन्छन् यस्ता समस्या

विशेषगरी शहरका बासिन्दा ‘मर्निङ वाक’का क्रममा कुकुरलाई साथै लिएर शौच गराउन निस्किने गर्छन्। काठमाडौंका सडकपेटी सार्वजनिक चौरलगायत ठाउँमा शौच गराएको पर्याप्त देख्न सकिन्छ।
यसरी कुकुरलाई जथाभावी दिसा–पिसाब गराउँदा यसले हावामा ब्याक्टेरिया फैलाउँछ। जो मानव स्वास्थ्यका लागि निकै नै हानिकारक हुन्छ।
सामान्यतया कुकुरको एक ग्राम दिसामा करिब ३० हजारभन्दा बढी ब्याक्टेरिया हुन्छन्। शरीरमा पसेपछि तिनले टेपवर्म (नाम्लेकिरा)को रूप लिन्छन्।
नाम्लेकिरा यस्तो एउटा परजीवी हो। यसको लम्बाइ १५ मिटरसम्म लामो हुन्छ । खासगरी कुकुरको पेटमा हुने सेक्सुअल साइकलबाट नाम्लेकिराको अण्डा बन्छ।
दिसामार्फत बाहिरी वातावरणमा आइसकेपछि सागसब्जी, श्वासप्रश्वास आदिको माध्यमबाट मानिसको शरीरमा पस्छ । सो अण्डा हाम्रो शरीरमा प्रवेश गरेपछि रगतको माध्यमबाट विभिन्न अंगमा पुग्छ र अनि स्वास्थ्यमा विभिन्न समस्या सिर्जना गर्छ।
यसले मानिसको आन्द्रा, कलेजो, दिमागलगायत थुप्रै समस्या निम्त्याउँछ। यसैले घरपालुवा कुकुरलाई बाहिर जथाभावी शाैच नगराउने र नगरपालिकाहरूले पनि छाडा कुकुरहरूको पनि उचित व्यवस्थापन गर्नुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा