Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर जितेकी नर्स

क्यान्सर जितेकी नर्स

प्रा.तारा पोखरेल नेपाल नर्सिङ संघकी अध्यक्ष हुन्। स्वास्थ्यकर्मी भएकाले पनि उनी स्वास्थ्यप्रति अति नै सचेत थिइन्। तर एक दिन अचानक नुहाउने क्रममा उनले स्तनमा केही परिवर्तन देखिन्। छाम्दा सानो गिर्खा देखिएपछि जँचाउन तुरुन्त अस्पताल गइन्। सँधैभरि अरुलाई स्वस्थ रहन सिकाउने उनलाई नै क्यान्सर भयो।

दुई वर्षअघि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनलाई पहिलो स्टेजको स्तनको क्यान्सर भएको पत्ता लाग्यो।

उनी आफू स्वास्थ्यकर्मी त्यसमा पनि सचेत रहँदै पनि क्यान्सर लागेको थाहा पाउँदा केही आत्तिइन्। पछि सम्हालिँदै उपचार शुरु गर्ने निर्णय गरिन्। धरैले उनलाई विदेश जान सल्लाह दिएका थिए। तर उनलाई थाहा थियो क्यान्सरको उपचार नेपालमै सम्भव छ भन्ने।

उनले धेरै क्यान्सरका बिरामीको सेवा पनि गरेकी छिन्। उनकै अगाडि धेरै बिरामी लाई ठिक भएको देखेकी छिन्। नेपालमा परिवार र सबै आफन्त भएकाले पनि उनले यही वातावरणमै रहेर उपचार गर्दा सजिलो हुने महसुस गरिन् र निर्णय लिइन्, नेपालमै बसेर उपचार गर्ने।

‘क्यान्सरमा धेरै जना आत्तिएर पनि रोग बढाउँछन्’, उनले भनिन्, ‘यो रोग जसलाई पनि लाग्न सक्छ यसलाई डराउने होइन। समस्या समाधान भइहाल्छ भनेर अघि बढेमा धेरै सहज हुन्छ’, उनले थपिन्।

‘क्यान्सर लागिसकेपछि मरी नै हालिन्छ भन्ने भ्रम छ’, उनले थपिन्, ‘त्यसैले कुन क्यान्सर र कुन स्टेजको हो नबुझिकन क्यान्सर लाग्यो अब जीवन सकियो भन्नेहरूलाई बुझाउन जरुरी छ।’

उनलाई क्यान्सर लागिसकेपछि धेरै आफन्त, साथीभाइले ‘क्यान्सर लाग्यो, अब काममा फर्किन सक्दिन होला’ भन्थे। ‘तर मैले आत्मविश्वास छोडिनँ’, उनी भन्छिन्, ‘यो रोग बिसेक हुन्छ भन्ने विश्वास मलाई थियो।’

अहिले उनी पूर्णरूपमा क्यान्सरमुक्त भइसकेकी छिन्। आफ्नो नियमित काम गरिरहेकी छिन्। ‘कुनै पनि रोग बिरामीले चाहेर लाग्ने होइन’, उनी सल्लाह दिन्छिन्, ‘त्यसैले यसलाई लुकाउने भन्दा पनि समयमै उपचार गर्ने र यसका बारेमा छलफल गर्दा बिरामीलाई अझ बढी सजिलो हुन्छ।’

आफूलाई लागेको रोगको बारेमा आफन्त साथीभाइमाझ ल्याएर उपचारको सम्भाव्यता खोज्नुपर्छ। रोग लुकाउँदा भित्रभित्रै तनाव हुन्छ। रोगले पुर्याउने असर छँदैछ, तनावले झन् समस्या निम्त्याउने उनकाे बुझाइ छ।

अहिले सबै किसिमका क्यान्सरको उपचार नेपालमै छ। अझ यहाँ बाहिरको भन्दा उपचार खर्च सस्तो पनि छ। मानिसहरूलाई यो बुझाउन जरुरी रहेको ठान्छिन्, उनी।

हाम्रा नेताहरू यस्तै प्रकतिको उपचारका लागि विदेश गएर करोडौँ रुपैयाँ खर्च गर्ने गरेको पनि बिझ्ने रहेछ उनलाई। उनी भन्छिन्, ‘झन् नेताहरूले त आफैँ यहीँ उपचार गराएर नागरिकलाई प्रेरणा दिनुपर्ने हो नि!’

थप समाचार