Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेहका बिरामीले दशैंमा कस्तो खाना खाने ? यस्तो छ डा ज्योतिको सल्लाह

मधुमेहका बिरामीले दशैंमा कस्तो खाना खाने ? यस्तो छ डा ज्योतिको सल्लाह

हेल्थ टिभी अनलाइन :  मधुमेह यस्तो रोग हो जुन एकपटक लागिसकेपछि पूर्ण रुपमा निको बनाउन सकिंदैन । अर्को कुरा यो रोग खानेकुरा र जीवनशैलीसँग सम्बिन्धत छ । खानेकुरामा अलिकति मात्र पनि तलमाथि भयो भने यसले निकै दुख दिन्छ । त्यसैले दशैंजस्ता चाडबाडमा यसले केही गर्दैन भनेर खानपानमा लापरबाही गर्ने छुट मधुमेहका बिरामीलाई हुँदैन । तर मुखको स्वादका लागि खानेकुरामा मन डुलाउँदा दशैँ तिहारपछि मधुमेहका बिरामीहरु अस्पताल आउने क्रम ह्वात्तै बढ्छ। चाडबाड त हो भनेर हेलचेक्र्याइँ गर्दा शरीरलाई पनि दुःख, पैसा पनि खर्च हुने गर्छ ।

पछि पछुताउनु भन्दा मधुमेह रोगीहरूले चाडबाडमा त झन् विशेष ध्यान दिन जरुरी छ। अरु व्यक्तिले ध्यान दिनुपर्दैन भन्ने होइन, मधुमेह भइसकेका व्यक्तिले अझ बढी सतर्कता अपनाउनुपर्छ।

माछा मासु खानेहरूले दशैँ भनेको खसी वा बोका मार हान्ने र टन्न मासु खाने चाडको रूपमा बुझ्छन्। त्यसैले यो बेला बढी नै रातो मासुको प्रयोग हुन्छ । तर मधुमेह भएका बिरामीले जथाभावी मासु खान मिल्दैन । यसको अर्थ मधुमेहका बिरामीले मासु खान नै हुँदैन भन्ने होइन।

मासु खान मन लाग्छ भने ताजा र स्वस्थ मासु राम्ररी पकाएर एक दुई टुक्रा खान मिल्छ । तर धेरै परिमाणमा र एकैपटक प्रशस्त मसला हालेर खाँदा यसले ‘सुगर लेभल’ मात्रै होइन ‘कोलेस्टरोल’ समेत बढाउँछ। त्यसैले मसला कम हालेको थोरै मात्रा मिलाएर खान सकिन्छ ।

यसरी मासु खाँदा सागसब्जी अलि धेरै खाने गरे पाचन प्रक्रिया अलि सहज हुन्छ। मासु खाँदा मुलाको अचार खान सकिन्छ। मधुमेहका बिरामीले बट्टामा गालेको अचार नखाएको राम्रो। यसले फाइदा भन्दा बढी बेफाइदा गर्छ।

अर्को कुरा, यस्ता बिरामीले कोक, फेन्टालगायत पेय पदार्थ खानु हुँदैन। यिनमा गुलियोको मात्रा अत्यधिक हुन्छ। यसले मधुमेहरोगीलाई मात्र होइन सामान्य मानिसलाई समेत हानि गर्छ। यसको सट्टा कागती पानी खान सकिनछ। मधुमेहका बिरामीले गर्नै नहुने कुरा भनेको धूमपान र मद्यपान पनि हो।

मध्मेहका बिरामीले आफनो समस्या आफै बुझ्नुपर्छ । चाडबाड त हो, एकदिन त हो भन्दै लापरवाही गर्दा समस्या बल्झिन सक्छ । दशैँमा टीका लगाउने भन्दै धेरैबेर ाभोको पेट बस्ने चलन छ। मधुमेहका बिरामीले खाली पेट बस्नै हुँदैन। त्यसैले घरमा जे पाकेको छ थोरै मात्र भए पनि खानुपर्छ। अन्यथा ‘सुगर’ गडबड भएर बेहोश हुने सम्भावना हुन्छ ।

मधुमेहका बिरामीले औषधि नियमित खानुपर्छ। चाडबाडमा आफन्तकोमा वा घुम्न जाँदा औषधि साथमा लिएर जानुपर्छ। औषधिको पोको बनाउनुस्। कतै जाँदा पनि नछुटोस्। औषधि खान नछोड्नुस्।

आफूले खाइरहेको औषधिको नाम सधैँ सम्झना राख्नुपर्छ। कतै जाँदा छुट्यो भने बाहिरै भए पनि लिन सकियोस्। यात्रा गर्दा घण्टौँ भोको पनि नबस्नुस्। जहाँ जे पाइन्छ, खान हुने कुरा खाइहाल्नुस्। साधारण पसलमा दही चिउरा मात्र खाँदा नि हुन्छ। भोको नबस्नुस्। मधुमेह भएका बिरामीले एकैपटक धेरै खानेकुरा खान हुँदैन तर थोरै मात्रामा सबै खाना खान मिल्छ । एकदमै खाना छुनै हुँदैन भन्ने हुँदैन । खुशीको माहोलमा एक टुक्रा मिठाई पनि खान मिल्छ तर धेरै होइन । आफनो स्वास्थ्यको ख्याल गर्दै चाडबाड मनाए आफूलाई पछि दुख हुँदैन ।

आर्काइभबाट

 

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?