३० वर्ष पुगेपछि वर्षमा एकपटक अनिवार्य रुटिन जाँच गर्नुपर्छ

३० वर्ष पुगेपछि वर्षमा एकपटक अनिवार्य रुटिन जाँच गर्नुपर्छ

डा प्रतिक राजकर्णिकार 

रोग लागिसकेपछि मात्र अस्पताल वा क्लिनिक जाने हाम्रो बानीमा परिवर्तन ल्याउनैपर्छ । अझ ३० वर्ष नाघेका हरेक व्यक्तिले वर्षमा एकपटक त रुटिन जाँच गर्नैपर्छ । यसो गर्दा आफूमा केही समस्या भएमा समयमै पत्ता लाग्छ भने केही समस्या नभएको पाइएमा झनै ढुक्क हुन सकिन्छ ।

हामीकहाँ ल्याब जाँचहरु गर्न वा  अस्पताल  जाने भनेकै  केही समस्या आएपछि वा केही लक्षणहरु देखिन थालेपछि वा थला परेपछि  मात्र छ । तर यदि तपाइँ ३० वर्ष पुग्नुभएको छ भने अब भने कम्तिमा पनि वर्षको एकपटक आफनो शरीर स्वस्थ छ छैन भनेर नियमित जाँच गर्न आवश्यक हुन्छ । यसरी रुटिनमा गरिने जाँचहरुमा रगतका जाँच, पिसाबको जाँच, मुटु, मिर्गौला, कलेजाेको जाँच, हर्मोनल जाँचहरु लगायत पर्दछन्।

यसरी नियमित जाँच गर्दा कुनै पनि समस्या भएमा छिटै नै राेग पत्ता लाग्छ र उपचारमा सहज हुन्छ । साथै समस्या भए नभएको पनि समयमै पत्ता लाग्छ । तत्काल रिपोर्टमा कुनै समस्या नै नभएमा पनि अब खराबी हुनसक्छ भन्ने संकेतहरु पनि जाँचबाट पत्ता लाग्न सक्छ जसले गर्दा पहिले नै सतर्क भएर सोही अनुसार जीवनशैली परिवर्तन गर्न सकिन्छ । मुटु, मिर्गौला जस्ता कतिपय रोगहरु लक्षण बिना नै लागिरहेका हुनसक्छन् तर लक्षण छैन भनेर हामी आफूलाई निरोगी छौं भनेर बसिरेहका हुन्छौं तर भित्र भित्र रोग जटिल भइरहेको हुनसक्छ ।

केही वर्षयता स्वास्थ्यमा सचेत हुँदै केही व्यक्तिहरु केही नहुँदा पनि स्वास्थ्य जाँच गर्न आउन थालेको भए पनि अझै पनि धेरै व्यक्तिहरु अप्ठेरो नपरेसम्म र थला नपरेसम्म अस्पतालमा जाँचका लागि आउने नगरेको पाइन्छ । यो बानीमा अब चाहिं सबैले परिवर्तन ल्याउने बेला भइसकेको छ ।

सबै रोगमा लक्षण नदेखिन सक्छन र देखिए पनि सो बेलासम्म रोग निकै निकै जटिल भइसकेको हुनसक्छ त्यसैले हामीले कम्तिमा पनि वर्षमा एकपटक आफनो जन्मदिन वा कुनै विशेष दिन पारेर नियमित जाँच गर्ने बानी बसाले धेरै रोगको जटिलताबाट धेरै हदसम्म  बच्न सकिन्छ ।

प्याथोलोजिस्ट डा राजकर्णिकार आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन्।  

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?