गर्भवतीले के के कुरामा ध्यान दिन आवश्यक हुन्छ ?

हेल्थ टिभी अनलाइन : गर्भवती अवस्था विशेष अवस्था हो । यो बेला अरु समयभन्दा बढी नै ख्याल गर्नुपर्ने हुन्छ। गर्भावस्थामा ख्याल नगर्दा अनेक खालका जटिलता आउन सक्छन् । गर्भावस्थामा आउने विभिन्न जटिलता मध्ये मुख्य भनेको थाइराइडको समस्या, उच्च रक्तचाप, उच्च मात्रामा रगत बग्ने, पेट दुख्ने, आदि हुन्। यो समस्याहरुले गर्भावस्थामा जटिलता लिएर नआउला भन्न सकिदैंन।
यदि गर्भवती महिलामा उच्च रक्तचापको अवस्था छ भने यसले अझ बढी समस्या निम्त्याउन सक्छ । जुन गर्भावस्थाको तीन महिनामा देखा पर्दछ। यस्तो अवस्थामा गर्भवतीले उच्च सतर्कता अपनाउन जरुरी हुन्छ।
अर्को भनेको पीआईएच प्रेगनेन्सी इन्ड्युस्ड हाइपर टेन्सन हुन्छ जुन ५ महिना पछि देखा पर्ने गर्दछ। यसले ६ देखि १० प्रतिशत प्रेग्नेन्सीमा जटिलता ल्याउँदछ। जुन महिलाहरुमा प्रेसर, सुगर र मोटोपन बढी हुन्छ उनीहरुमा पीआईएच बढी देखा पर्ने गर्दछ। यसका कारण उमेर नै नपुगी प्रि म्याचुअर बच्चाहरु जन्मन सक्छन्। त्यसैगरी यस्तो अवस्थामा स्ट्रेस पनि बढी हुने गरेको पाइन्छ।
सतर्कता कसरी अपनाउने ?
गर्भावस्थामा आफ्नो अवस्थालाई ध्यानमा राख्दै आफूले के गर्ने के नगर्ने भन्ने कुरामा चनाखो हुन आवश्यक हुन्छ। जुन महिलालाई थाइराइड, सुगर, हाइपर टेन्सन जस्ता समस्याहरु छन्, उनीहरुले नियमित डाक्टरको सम्पर्कमा रही स्वास्थ्य जाँच गर्न आवश्यक छ। गर्भवती महिलाले सकेसम्म भारी र जोखिमपूर्ण काम गर्न हुँदैन । यस्तो काम गर्नाले गर्भमा भएको बच्चालाई असर पुग्न जान्छ। यदि परिवारमा कसैलाई कुनै रोग छ भने उनीहरुबाट सकेसम्म टाढा बस्दा राम्रो मानिन्छ। गर्भवती महिलाको अवस्था नाजुक हुने भएको हुँदा सहजै इन्फेक्सन हुने जोखिम बढी रहेको हुन्छ। त्यसैगरी यस्तो अवस्थामा सकेसम्म बढी भीडभाड र कोलाहल ठाँउमा नजान उचित रहन्छ।
खानेकुरामा कसरी ध्यान दिने ?
गर्भावस्थामा अर्को ध्यान दिनुपर्ने कुरा हो खानपान । यो अवस्थामा खानपानमा ध्यान दिन अत्यन्तै जरुरी हुन्छ। विशेषगरी यस्तो अवस्थामा सन्तुलित आहार खानु अत्यन्तै जरुरी हुन्छ। विशेषगरी आइरन, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन जस्ता कुराहरु समावेश गर्नु पर्दछ। अझ यस्तो बेलामा प्रोटिनयुक्त खानेकुराहरु जस्तै गेडागुडी, बदाम, माछा, मासु, फलफूल, सागपात आदि समावेश गर्न अत्यन्तै लाभदायक हुन्छ। यो बेलामा मदिरापान र धुम्रपान गर्नु आमा र बच्चाको लागि हानिकारक हुन्छ । यसैगरी बजारका प्रशोधित खाने कुरा, नपाकेका खानेकुरा र धेरैदिन देखिको बासी खानेकुराहरु नि सेवन गर्न हुँदैन । यसैगरी गर्भवतीले तिर्खा नै नलागे पनि पर्याप्त मात्रामा पानी पिउनु पनि उत्तिकै जरुरी हुन्छ।
गर्भावस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्दै भरपुर मात्रामा आराम गर्न जरुरी हुन्छ। साथ साथै हिंड्डुल, शारीरिक व्यायाम, अभ्यास गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो हुन जान्छ। डाक्टरको सल्लाह बमोजिम शारीरिक अभ्यासहरु गर्नुपर्छ ।
-डा लक्ष्मी आचार्य गौतम, स्त्री रोग विशेषज्ञ
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights