Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निन्द्रा नपुग्दा अनेकौं स्वास्थ्य समस्या

निन्द्रा नपुग्दा अनेकौं स्वास्थ्य समस्या

हेल्थ टिभी अनलाइन :  काठमाडौं सही मात्रामा निन्द्रा नपुग्दा मानव स्वास्थ्यमा अनेकौं स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । त्यसलैले स्वस्थ रहनका लागि जसरी स्वस्थकर भोजन, उचित व्यायाम, आराम जरुरी हुन्छ त्यसैगरी निन्द्रा पुग्नु पनि आवश्यक हुन्छ । यदि निन्द्रा राम्ररी पुगेको छैन् भने त्यसको असर भोलिपल्ट नै शरीरमा देखिन थाल्छ ।

निन्द्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि हामी ६ देखि ७ घण्टा सुतेनौं भने त्यसले मोटोपना, उच्च रक्तचाप, ह्दयरोग, मस्तिष्कघात, डिप्रेसन, मधुमेह जस्ता समस्या निम्त्याउन थाल्छ । अर्को कुरा पूरा निद्रा नसुत्ने मानिसहरुले पछि गएर निन्द्रा नै नपर्ने तथा शारीरिक तथा मानसिक समस्यासँग जुध्नुपर्ने सम्मको समस्याको सामना गर्नुपर्ने हुनसक्छ । निन्द्रालाई व्यवास्ता गर्दा शरीरमा अनेकौं समस्या देखिन थाल्छन्। त्यसैले सानैदेखि समयमा सुत्ने र समयमा उठ्ने बानीको विकास गर्नुपर्छ । साथै दैनिक कम्तीमा ६ देखि ७ घण्टा बिना कुनै रोकावट सुत्नैपर्छ । यसले शरीर स्वस्थ मात्र हैन स्फुर्त राख्न मद्दत गर्छ ।

पहिले पहिले बुढापकाहरुले एक दिनको निन्द्रा बिग्रदा ७ दिन पिरोल्छ भन्ने गर्थे । हो निन्द्रा नपुग्दा शरीरमा आलस्य हुन जान्छ र त्यसले दिनभरी नै उर्जा दिन सक्दैन । निन्दा मारेर राती अबेरसम्म मोबाइल हेर्नु, कम्प्युटरमा बस्नु तथा लेट नाइट पार्टी गर्नु स्वास्थ्य समस्या निम्त्याउने प्रमुख कारक हुनसक्छ । त्यसैले जब शरीरले निन्द्राको महशुस गर्छ त्यसबेला सुत्नैपर्छ । हाम्रो शरीरको बनोट नै त्यसरी बनेकाले शरीरको माग अनुसार हामी चल्नैपर्छ यसको विपरित गयौं भने त्यसबेला समस्याहरु देखिन थाल्छन ।

राम्रो निन्द्राका लागि राती सुत्ने बेलामा सकारात्मक कुुराहरु सोच्ने, हल्का खाना खाने, सजिलो लुगा लगाउने, मधुरो बत्ती बाल्ने तथा मधुर संगित सुन्न सकिन्छ ।

डा पंकज देवसँगको कुराकानीमा आधारित :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।