Health TV Online
Health TV Online
Health TV Online

केहो अल्छी आँखा ? के छन् समाधानका उपाय ?

केहो अल्छी आँखा ? के छन् समाधानका उपाय ?

हेल्थ टिभी अनलाइन : आँखा अल्छी हुनुका कारण धेरै हुन्छन्। चिकित्सकीय भाषामा परिक्षणका क्रममा आँखाको सही मापन दुईवटैमा ६’९ भन्दा राम्रो छैन ६’६ आएन भने त्यो अवस्थालाई अल्छी आँखा अर्थात् ‘लेजी आई’ भनिन्छ। साथै दुई आँखाको दृष्टिको भिन्नता दुई ‘लाइन’को हुन्छ भने त्यसलाई पनि ‘अल्छी आँखा’ भनिन्छ।

कुनै पनि बच्चाको आँखामा दृष्टिदोष छ तर त्यसलाई समयमा नै उपचार गरिएन वा बच्चालाई चस्मा लगाइदिएन भने पछि गएर चस्मा लगाए पनि त्यो आँखा ‘अल्छी’ हुन सक्छ।

अर्को कारण, आँखा डेढो छ र त्यो आँखालाई समयमा नै सोझो बनाइएन भने पनि अल्छी आँखा हुन्छ र त्यो आँखाले राम्रो देख्दैन। कुनै पनि कारणले गर्दा ‘लाइट’ आँखाको पर्दासम्म जाँदैन, त्यो लाइटलाई कुनै कारणले छेक्यो जस्तै नानीमा फुलो पर्यो भने त्यसले पनि अल्छी आँखा गराउँछ। अथवा जन्मजात नै मोतिबिन्दु छ, आँखाको ढकनी तलसम्म झरेको छ भने पनि अल्छी आँखा हुन्छ।
कुनै अवस्थामा यदि आँखामा केही रोग छैन तर पनि आँखाले राम्ररी देख्दैन त्यस्तोलाई ‘इडियोप्याथिक लेजी आई एम्लायपिया’ भनिन्छ। आँखा अल्छी भएपछि त्यसको समयमा नै उपचार गरिएन भने त्यो आँखाले जिन्दगि भर नै कम देख्ने हुन्छ। जस्तै एउटा आँखा सोझो अनि अर्को बाङ्गो छ भने हाम्रो मस्तिष्कले बाङ्गो आँखालाई दबाब दिन थाल्छ। दबाब दिँदादिँदै त्यो आँखाले ‘फोकस’ नै गर्न छोड्छ। त्यहाँबाट त्यो आँखा अल्छी हुन्छ। हेर्ने शक्ति कम हुन्छ।

यसलाई रोक्न वा यदि बच्चामा दृष्टिदोष छ भने समयमा नै उपचार गराइ चस्मा दिनुपर्छ। आँखा डेढो छ भने, शल्यक्रियाद्वारा आँखा सोझो बनाउनु पर्छ। जन्मजात नै मोतीबिन्दु छ भने, त्यो निकाल्नुपर्छ। निकालिए पनि उपचारको क्रम सकिँदैन। त्यसपछि आउँछ ‘एमबलायपिक थेरापी’को पालो। राम्रो आँखालाई दिनको केही घण्टा पट्टी लगाएर बिग्रेको आँखालाई हेर्नलाई, ‘फोकस’ गर्नलाई प्रेरित गरिन्छ।

यसो गर्दा नदेख्ने आँखाले देख्न कोशिश गर्छ र राम्रो आँखालाई ‘प्याच’ गरेपछि त्यो आँखा हेर्न बाध्य हुन्छ र त्यसमा बिस्तारै ‘भिजन डेभलप’ भएर आउँछ। प्रायः बालबालिकाले आँखा कम देखेको छु भनेर ‘कम्प्लेन’ नगर्ने भएकोले यसमा लक्षण भनेर हुँदैन। बच्चाको हाउभाउ बुझेर कम देखेको थाहा पाउन सक्नुपर्छ। यदि कुनै कारणले बालबालिकाले कम देखेको छ वा अल्छी छ भने त्यो आँखा हल्लिराख्ने हुन्छ, एउटा ‘टार्गेट’मा ‘फोकस’ गर्न सक्दैन।
बाङ्गो आँखालाई ‘लच्छिन’को मानेर उपचार नगराउने चलन पनि छ। टेढो आँखालाई समयमा सोझो पार्न सकेको खण्डमा अल्छी आँखा हुँदैन। बच्चा स्कुल जाँदा जब ‘बोर्ड’बाट हेरेर लेखेको कुरा ठीक लेख्दैन भने उसको आँखामा समस्या छ भनेर बुझ्न सकिन्छ। बच्चाले टीभी नजिकबाट हेर्छ भने पनि आँखाको खराबी हुन्छ। जब शंका लाग्छ त्यो वेला नै उपचार गर्दा अल्छी आँखा हुनबाट रोक्न सकिन्छ। स्कुल भर्ना गराउनुभन्दाअघि एक पटक आँखा जाँच गराउन आवश्यक छ।

बाल आँखारोग विशेषज्ञ डा सबिना श्रेष्ठसँग कुराकानीमा आधारित :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?