प्रोस्टेट ग्रन्थीमा समस्या भएको कसरी थाहा पाउने ?

हेल्थ टिभी अनलाइन : प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो जुन अति सुक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ । यो ग्रन्थी मूत्रथैलीको तल रहेको हुन्छ । यसकाे मुख्य काम वीर्य स्वस्थ राख्ने हो । प्रोस्टेट ग्रन्थीको काम केटा मान्छे वयस्क हुन थालेपछि सुरु हुन्छ । उमेर बढ्दै जाँदा विभिन्न कारणले पुरुषहरुमा प्रोस्टेटको समस्या देखिन थाल्छ । उमेर बढेसँगै पुरूषहरूमा देखिने समस्या हो प्रोस्टेट, यसले जति उमेर बढ्दै गयो त्यति सताउँदै जान्छ। सामान्यतया ४० वर्ष कटेपछि बढी समस्या देखिने तथ्यांकहरूले देखाएको छ। प्रोस्टेको उपचार र निदान समयमै नभए यसबाट क्यान्सर बन्ने जोखिम पनि उत्तिकै हुन्छ।
मानिसको उमेर बड्दै जाँदा प्रोस्टेट ग्रन्थी पनि बढ्दै जान्छ। प्रोस्टेट ग्रन्थी बढ्दै जाँदा मूत्र नलीको बीचको भागलाई यसले साँगुरो पार्दै लग्छ जसले गर्दा पिसाबको धारा सानो हुने, पिसाबको संक्रमण हुने तथा पिसाब रोकिने समस्या हुन सक्छ।
किन बढ्छ प्रोस्टेट ?
उमेर बढ्दै जाँदा प्रोस्टेट पनि सबै पुरुषमा बढ्दै जान्छ। विभिन्न हर्मोनहरुको कारणले प्रोस्टेट बढ्ने गर्दछ। कुनै पुरुषमा भने प्रोस्टेट बढेर पनि खासै समस्या दिँदैन। कतिलाई समस्या पारेर उपचारमै जानुपर्ने हुन्छ ।
प्रोस्टेटको समस्या हुँदा देखिने लक्षणहरु:
-पिसाब फेर्न राति धेरै पटक उठ्न पर्नु
-पिसाबको धारा सानो हुनु
-पिसाब लागेपछि फेर्न गइ हाल्नु पर्ने हुनु
-पिसाबको धारा मसिनो हुनु, पिसाब काटिएर जानु
-पिसाब फेर्न सुरु गर्न समय लाग्नु
-पिसाब चुइने, पिसाब थोपा थोपा जाने हुने
-पिसाब फेर्न बल गर्नुपर्ने हुने,
-छिटो छिटो पिसाब लाग्नु,
-कम्मर दुख्ने
-नाइटो मूनि दुख्ने
-यौन सम्बन्ध राख्दा पोल्ने वा वीर्य स्खलनमा समस्या हुने
-अण्डकोष दुख्ने
माथिका यी लक्षणहरु देखिएमा तपाइँलाई प्रोस्टेटको समस्या भएको हुनसक्छ । त्यसैले यी लक्षणलाई व्यवास्ता गरेर नबसी विशेषज्ञ चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । विशेषगरी ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या बढी देखा पर्ने गरेको छ । ४० वर्षपछि प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाने र मूत्रनलीमा अवरोध उत्पन्न हुनाले प्रोस्टेटको समस्या देखा पर्छ ।
यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ रु यदि यीमध्ये कुनै पनि लक्षण देखिएको छ भने तपाईंलाई प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ ।
पिसाब च्यापेर बस्नुपर्ने पेशामा भएका व्यक्तिहरु जस्तै शिक्षक, सेक्युरिटी गार्ड, चालक, पत्रकार, बैकमा काम गर्ने, पुरोहित लगायतका व्यक्तिमा प्रास्टेटको समस्या बढी हुन सक्छ । जुनसुकै अवस्थामा भए पनि पिसाब लागेपछि गरिहाल्नुपर्ने हुन्छ । यो कुराको याद मात्र गरियो भने पचास प्रतिशत समस्या आफै कम हुन्छ । यसैगरी बढी गर्मी स्थानमा बस्ने तथा परिवारबाट टाढा भएर शारीरिक सम्पर्क नभएका कारण वीर्य खर्च नहुँदा पनि प्रोस्टेटको समस्या हुने गर्छ । त्यसैले धेरै लामो समय परिवारबाट टाढा रहेका पुरुषमा प्रोस्टेटको समस्या बढी देखिन्छ ।
उपचार विधि
प्रोस्टेटको उपचार औषधि र शल्यक्रियामार्फत गर्न सकिन्छ । प्रोस्टेटको साइज कति बढेको छ त्यसको आधारमा उपचार हुन्छ । सामान्य समस्यालाई औषधिमार्फत निको पार्न सकिन्छ भने जटिल भइसकेपछि शल्यक्रिया मार्फत उपचार गरिन्छ ।
प्रोस्टेटको समस्या देखा पर्ना साथ जीवनशैली परिवर्तन गर्नुपर्छ । यसबाट बच्न नियमित व्यायाम गर्ने, दैनिक कम्तीमा तीन लिटर पानी पिउने र नियमित रूपमा पिसाबको जाँच गर्नुपर्छ । त्यसका साथै खानामा म्याग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरजस्ता ड्राइफ्रुट्स खानु राम्रो मानिन्छ । त्यसैगरी मकै, गहुँ, जौ, फापर, कोदो, बोक्रासहितका गेडागुडीजस्ता फाइबरयुक्त खानेकुरा खान उपयुक्त हुन्छ । प्रोस्टेट ग्रन्थीमा समस्या हुन नदिन पिसाब च्याप्न हुँदैन्। पिसाब सफा हुनका लागि दैनिक ३ देखि ४ लिटर पानी पिउनैपर्छ । यसले पिसाबमा संक्रमण हुन पाउँदैन् ।
प्रोस्टेटको समस्या देखा परेका बिरामीहरुले धूमपान, मदिरापान र सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । साथै सफ्ट ड्रिंक्स, तारेको, भुटेको, अमिलो, पिरो, मसालेदार र चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ । हल्का एक्सरसाइज गर्न सकिन्छ ।
युरोलोजिस्ट डा दीपक रौनियारसँगको कुराकानीमा आधारित :
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै