Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

हेल्थ टिभी अनलाइन : थाइराइड आफैमा रोग होइन । यो हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । जसलाई थाइराइड ग्रन्थी भनिन्छ । यो हाम्रो घाँटीमा पुतली आकारमा बसेको हुन्छ । थाइराइड ग्रन्थीको काम भनेको थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्छ जुन हाम्रो शरीरको अत्यावश्यक हर्मोन हो । यही थाइराइड ग्रन्थीमा कारणवश हर्मोन कम उत्पादन भयो वा बढी उत्पादन गर्यो वा अन्य केही समस्या भएमा त्यसलाई थाइराइड रोग भनिन्छ ।

खासमा थाइराइड हर्मोन हाम्रो शरीरलाई एकदमै आवश्यक पर्छ । शरीरका हरेक अंगले राम्रोसँग काम गर्नका लागि यो हर्मोन चाहिन्छ । जसले शरीरको आवश्यकता अनुसार हर्मोन उत्पादन गर्ने काम गर्छ । तर थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । शरीरले आवश्यकताभन्दा बढी हर्मोन उत्पादन गरेमा त्यसलाई हाइपर थाइराइडिज्म र कम उत्पादन गर्नुलाई हाइपो थाइराइडिज्म भनिन्छ । थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । खासगरी प्रजनन उमेरका महिलालाई हाइपो थाइराइडिज्म रोगले बढी सताउने गर्छ । साथै कसै कसैमा थाइराइड ग्रन्थीमा गिर्खा आउने वा क्यान्सर पनि हुनसक्छ । यही तीन प्रकारका थाइराइडको समस्या बढी मात्रामा देखिने गर्छ ।

यो अन्य कारणभन्दा पनि अटोइम्युन रोग हो । जुन हाम्रो शरीरको आफनै इम्युन सिस्टमका कारणले हुने गर्छ । यो शरीरको आफ्नै कारण अटो इम्युन ले हुने रोग हो । थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ किनभने हर्मोनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। महिलाको महिनावारी, गर्भधारण, बच्चा जन्माउने विभिन्न अवस्थाका कारण हर्मोनमा परिवर्तन भइरहन्छ । त्यसैले पनि यो समस्याको शिकार बढी महिला नै हुने गर्छन्।

हाइपो थाइराइडमा र हाइपर थाइराइडमा देखिने लक्षणहरु फरक फरक हुन्छन्।

हाइपो थाइराइडमा देखिने लक्षणहरु :

अल्छी लाग्ने
तौल बढ्ने
बच्चा बस्न समस्या हुने
शरीर सुन्निने
कपाल झर्ने
छाला फुस्रो हुने
महिनावारी गडबड हुने।

हाइपर थाइराइडमा दखिने लक्षणहरु :

तौल घट्दै जाने
शरीर तातो हुने
निन्द्रा नलाग्ने
मुटुको धड्कन बढेजस्तो हुने
हात, खुट्टा काँप्ने
चिडचिड पसिना आउने
बढी रिस उठ्ने

थाइराइड रोग खानेकुराका कारण हुने रोग होइन । त्यसैले यसमा खाना बार्नुपर्दैन । बन्दा काउली, गाजर जस्ता खानेकुरा खान हुन्न भनेर धेरै जना बिरामी आउनुहुन्छ । तर त्यसरी खाना बार्नै पर्दैन । स्वस्थकर खाना सबै खालका खान मिल्छ । बढी चिल्लो, रातो मासु, तारेको भुटेको मासु, सुर्तीजन्य पदार्थ मद्यपान यी कुरा भने नखाएको राम्रो जुन अन्य व्यक्तिले पनि खान हुँदैन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।