खाने होइन त पौष्टिकताले भरिपूर्ण खीर ?
हेल्थ टिभी अनलाइन : दूध मानव शरीरका लागि सर्वोत्तम भोजन हो। यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्व पाइन्छन्। यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन्। त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ ।
नेपालमा साउन १५ मा खीर खाने चलन छ। यो चलन नेपालमा मात्र हो अन्य देशहरुमा खीर खाए पनि संस्कृतिकै रुपमा यसको सेवन गर्ने चलन भने छैन।
नेपाली समाजमा हाम्रा जन्मदेखि मृत्युसम्मका संस्कारमा खीर अनिवार्य मानिन्छ। खीर देवतादेखि पितृसम्मलाई मन पर्ने खाद्यपदार्थ भएको विश्वास गरिन्छ। मानव शरीरका लागि पनि यो असाध्यै पौष्टिक छ।
साउन १५ मा खीर खाने चलन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ। खीर स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ।
पहिले पहिले घरमा धेरै गाइबस्तु हुन्थे र वर्षातको समयमा जताततै हरियो घाँस हुने हुँदा गार्इवस्तुले धेरै दूध दिन्थे। त्यसैले ठूलो भाँडामा धेरै दूध राखेर धेरैबेर पकाएर थोरै चामल हाली खीर बनाएर खाने चलन शुरु भएको हो। पछि त्यो चलन संस्कृति नै बन्यो ।
पछिल्लो समय खीरमा नरिवल, काजु, बदाम, सुकमेल जस्ता ड्राइफुट पनि हाल्ने चलन छ यस्ता मसलाले यसको महत्त्व अझ बढछ। वर्षातको बेला शरीरलाई चिसोबाट जोगाउन यस्ता मसलाले मद्दत गर्छ। शरीरलाई न्यानो राख्ने गर्छ।
याद गनुपर्ने कुरा, खीर बनाउँदा धेरै चिनी हाल्नु हुँदैन। बढी चिनी राख्दा खीरको पौष्टिकता कम हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण