Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर उपचारमा फिजियोथेरापीको महत्व (भिडियोसहित)

क्यान्सर उपचारमा फिजियोथेरापीको महत्व (भिडियोसहित)

राजेन्द्र खत्री, कन्सल्टेन्ट फिजियोथेरापिस्ट 

फिजियोथेरापी एक औषधि बिना उपचार गर्ने विधि हो । अरु विभिन्न किसिमका विद्युतीय उपकरण, मसाज, आदि विधि प्रयोगद्धारा गरिने उपचार विधिलाई फिजियोथेरापी भनिन्छ । क्यान्सर रोगमा फिजियोथेरापी अति नै आवश्यक हुन्छ । क्यान्सर हुँदा वा शल्यक्रिया गर्नु अगाडी वा पछाडी  फिजियोको भूमिका महत्वपूर्ण हुन्छ । शल्यक्रिया गर्दा बिरामीलाई लठ्याउने औषधि दिइन्छ । यसले बिरामीको शरीरमा असर गर्न सक्छ । चेस्टमा समस्या आएर श्वास नलीमा समस्या देखिन सक्छ । त्यसैले उनीहरुलाई हामी एक्सरसाइजहरु सिकाउँछौं । यस्तो एक्सरराइजले बिरामीलाई पहिलैकै अवस्थामा फर्किन सजिलो हुन्छ । जस्तै: क्यान्सर भएर मुखको शल्यक्रिया गरिएको छ भने सब टिस्युहरु मोबिलाइज गराउनुपर्छ । नभए र्यालहरु आइरहने हुनसक्छ । बोल्न नसक्ने हुनसक्छ ।

स्तनको शल्यक्रिया गरिएको छ भने लिफ नटहरु काटिएको हुन्छ । हातहरु चलाइरहनुपर्छ । नभए फ्रोजन सोल्जर हुनसक्छ । । हातहरु सुन्निने हुनसक्छ । कसरी सुत्ने कुन साइडमा सुत्नु राम्रो हुन्छ सबै एक्सरराइजहरु सिकाउँछौं । पाठेघरको क्यान्सरको शल्यक्रियामा पनि एक्सरसाइजहरु जरुरी हुन्छ । ब्रेनको शल्यक्रियामा त झनै लामोसमयसम्म फिजियोथेरापी चाहिन्छ । यसरी हरेक क्यान्सर उपचारमा बिरामीलाई निको पार्न फिजियोको भूमिका महत्वपूर्ण भूमिका रहन्छ ।

फिजियोले अस्पतालमा भर्ना भएका बिरामीलाई मात्र नभएर बाहिरबाट आउने अन्य रोगका सबै बिरामीलाई उपचार गरिन्छ । जसरी मानव शरीरमा मुटुको भूमिका ठूलो हुन्छ त्यसैगरी अस्पतालमा फिजियोको भूमिका पनि अति नै महत्वपूर्ण हुन्छ ।

प्राय धेरै रोगहरुमा फिजियो उपचार पद्धतिको प्रयोग गर्न सकिन्छ । यस्तो उपचार गर्दा नकारात्मक भन्दा सकारात्मक प्रभाव हुन्छ । केही शरीरमा मेटालिक इम्प्लान्ट राखिएको अवस्थामा भने विद्युतीय उपकरण प्रयोग गरेर फिजियो गर्न मिल्दैन । जुन फिजियोथेरापिस्टले सल्लाह दिन्छन । यसमा विभिन्न किसिमका शारीरिक व्यायाम र हातबाट हुने उपचार विधि अपनाइन्छ । यस अस्पतालले सुरु देखिन नै फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ । बिरामीले पनि यो सेवाबाट धेरै नै फाइदा लिन सकेका छन्। फिजियोथेरापीमा पनि नयाँ नयाँ उपचार विधिहरु र प्रविधि आएका छन् ती सबै विधि प्रयोग गर्दै हामीले उत्कृष्ट सेवा दिइरहेका छौं । जसले गर्दा रोग छिटो निको हुन सहयोग पुगिरहेको छ ।

(कन्सल्टेन्ट फिजियोथेरापिस्ट राजेन्द्र खत्री नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छन् ।) 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।