Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटुरोगबाट जोगिन डा ज्योतीन्द्रका ५ टिप्स

मुटुरोगबाट जोगिन डा ज्योतीन्द्रका ५ टिप्स

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दो छ । जन्मजातबाहेक अन्य मुटुका रोग हाम्रै जीवनशैली तथा खानपानसँग सम्बन्धित छन्। अझ युवा अवस्थामै हार्ट अट्याकको अवस्था बढ्दो छ ।

अहिले धेरै जनाको जीवनशैली अस्वस्थकर देखिन्छ । बाहिरको खानामा जोड, शारीरिक अभ्यासको कमी, सुर्तीजन्य पदार्थ तथा मादक पदार्थको सेवन, तनाव लगायतका कारणले मुटु रोगको जोखिम दिनप्रतिदिन बढाइरहेको छ । हाम्रो खानपान र जीवनशैलीमा सुधार ल्याएमा मात्रै पनि ८० प्रतिशत भन्दा बढी मुटु सम्बन्धी रोगहरुबाट बच्न सकिन्छ । यो हाम्रै हातमा छ ।

मुटु रोगबाट बच्न हामीले गर्नेपर्ने ५ कुरा :

१. स्वस्थकर खाना : मुटुरोगको सम्बन्धको सिधै हामीले खाने खानेकुरासँग छ । मुटुलाई जोगाउन कम चिल्लो, कम गुलियो तथा कम नुनिलो खानेकुरा खान आवश्यक हुन्छ । यसैगरी घरमै बनेको स्वस्थ खाना, हरिया सागसब्जी तथा सिजनल फलफूलले पनि मुटु स्वस्थ राख्न मद्दत गर्छ । बाहिर बनेका खानेकुरामा मन नडुलाउनु नै राम्रो ।

२. शारीरिक व्यायाम : मुटु स्वस्थ राख्न शारीरिक व्यायाम अत्यन्त आवश्यक छ । दैनिक कम्तीमा पनि आधा घण्टा हिंंड्ने तथा कुनै पनि एक्सरराइज गर्न जरुरी हुन्छ ।   यसका  साथै ध्यान योग पनि गर्न सकिन्छ ।

३. सुर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन नगर्ने : मुटुरोगको प्रमुख कारणमध्ये सुर्तीजन्य पदार्थ र मादक पदार्थ पनि हो । त्यसैले यी पदार्थको सेवनले मुटुरोग मात्रै होइन । क्यान्सर दम रोग जस्ता अन्य दीर्घ रोग पनि निम्त्याउने हुँदा यसको सेवन छोड्नैपर्छ ।

४. तनाव नलिने : हुन त तनाव लिन्न भनेर हुने कुरा होइन । तर आफूलाई कसरी खुशी राख्ने कसरी स सानो कुरामा सन्तुस्ट हुने भन्ने कुरा सिक्न जरुरी छ । किनकी मुटु रोग निम्त्याउने एउटा कारण तनाव पनि हो । जो व्यक्ति बढी तनावमा हुन्छन् उनीहरुलाई मुटुरोगको जोखिम बढी हुन्छ । त्यसैले तनावको व्यवस्थापन गर्न जरुरी हुन्छ ।

५. उच्च रक्तचाप तथा मधुमेहको नियन्त्रण : यदि तपाइँलाई उच्च रक्तचाप तथा मधुमेह छ भने त्यसले मुटुरोग गराउन ठूलो भूमिका खेल्छ । त्यसैले उच्च रक्तचाप र मधुमेहलाई चिकित्सकको सल्लाह बमोजिम   नियन्त्रणमा राख्नैपर्छ । अन्यथा यी दुई रोग नै मुटुरोगको कारण बन्न सक्छन्।

त्यसैले यसरी आफनो जीवनशैली व्यवस्थित गरेर धेरै हदसम्म मुटुरोगबाट जोगिन सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।