गर्मी बढ्यो, प्रसस्त पानी पिउने गरौं
हेल्थ टिभी अनलाइन : गर्मी मौसममा विषेश गरी तराई क्षेत्रमा तातो हावा लाग्ने तथा लु चल्ने गर्छ । यसबाट जोगिन नसक्दा र यसबारे सचेत नहुँदा मानिस बिरामी पर्ने हुन्छ । त्यसैले यसबाट जोगिनका लागि सकेसम्म दिउँसोको समयमा घरबाट बाहिर निस्कन हुँदैन्। यसैगरी केही गरेर बाहिर निस्कनै परेमा छाताको प्रयोग गर्ने तथा पातलो कपडा टाउकोमा राखेको राम्रो ।
बढी गर्मी हुने हुँदा प्रसस्त पानी तथा फलफूलको जुस पिउने, चिसो पानीले बिहान बेलुका नुहाउने गर्नुपर्छ । बढी गुलिया पेयपदर्था चिया, कफी सकेसम्म नपिउने वा कम गर्ने गर्नु यो बेला उत्तम मानिन्छ । पटक पटक पानी पिउँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन् । पानीमा कागती तथा ग्लुकोज राखेर पनि पिउन सकिन्छ । यसैगरी पुदिनाको पात राखेर पानी पिउँदा पनि शरीरलाई शितलता मिल्छ ।
धेरै ठाउँमा याे बेला खेतबारीको कामको पनि चटारो हुनेगर्छ । यस्ता काम सकेसम्म बिहान र बेलुकामा गर्दा तातो हावाले असर गर्न पाउँदैन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण