दैनिक कति घण्टा सुत्न आवश्यक ?

डा पंकज देव
एक जना वयस्क व्यक्तिले दैनिक कति घण्टा सुत्न पर्छ होला ? कतिपयले कामको चपेटामा म त ४ घण्टा मात्र सुत्छु भन्नुहुन्छ भने कतिपय व्यक्ति १० घण्टा पनि सुतेको पाइन्छ । तर वास्तवमै हामीलाई कति घण्टाको निन्द्रा आवश्यक हो त आउनुस चर्चा गरौं । तपाइँ हामीलाई स्वस्थ रहनका लागि जति स्वस्थकर खाना तथा शारीरिक व्यायामको आवश्यक छ त्यसैगरी उचित निन्द्रा पनि त्यत्तिकै आवश्यक छ । एक जना वयस्क व्यक्तिलाई स्वस्थ रहनका लागि कम्तीमा पनि ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक पर्छ ।बालबालिकाको हकमा भने उनीहरुलाई धेरै चाहिन्छ । निन्द्राले शरीरलाई ताजापन र उर्जा प्रदान गरिरहेको हुन्छ ।
तर के कुरा याद गर्नुपर्छ भने कहिले कति बजे सुत्ने त कहिले कति बजे सुत्ने गर्नु हुँदैन । सधैं एउटै रुटिन बनाएर त्यही समयमा सुत्ने र त्यही समयमा उठ्ने गरेमा शरीरलाई आराम प्राप्त हुन्छ । र अनेकौं समस्याबाट पनि बच्न सकिन्छ । कसै कसैको रातीको ड्युटी हुन्छ त्यस्ता व्यक्तिले दिउँसोमा सुत्दा आफूलाई अरु कसैको डिस्टर्ब नहुने गरी पूरा निन्द्रा सुत्न आवश्यक हुन्छ । तर सुत्ने समय एउटै बनाएको राम्रो ।
निन्द्रा यस्तो कुरा हो जुन हाम्रा शरीरलाई पुगेन भने यसले दुख दिने मात्र होइन शरीरमा अनेकौं रोग निम्तिन थाल्छ । हाम्रो पर्याप्त निद्रा नपुग्दा शरीरमा अनेकौं स्वास्थ्य समस्या आउन सक्छन् । ती समस्याहरुमा थाइराइड बढ्ने, मधुमेहको जोखिम बढ्ने मोटोपन हुने, उच्च रक्तचाप, ब्रेन स्ट्रोक, चिडचिडाहट हुने आदिको समस्या आउन सक्छ । राती जब हामी सुत्छौं त्यो भनेको शरीरले हाम्रो शरीरको आवश्यक रिपेयर गर्न थाल्छ । यदि हामी राम्ररी सुतेनौं भने सो अवस्थामा रिपेयर हुने काम राम्ररी हुन पाउँदैन र त्यसको फलस्वरुप अनेकौं समस्या देखिन थाल्ने हुन्छ । त्यसैले पनि हामीले निन्द्रालाई सामान्य रुपमा लिन हुन्न । प्रयाप्त मात्रामा सुतेर शरीरलाई आफनो नियमित आवश्यक कार्य गर्न दिन जरुरी हुन्छ ।
यदि राति मिठो निन्द्रा लागेको छ भने हाम्रो शरीर बिहान उठेपछि चंगा हुन्छ । जसले दिनभरी काम गर्नका लागि उर्जा पनि दिन्छ । हामी दिनभर कामको शिलशिलामा यताउता गर्दा शारीरिक र मानसिक रुपमा थाकेका हुन्छौं । त्यो थकान मेटेनका लागि पनि हाम्रो शरीरलाई आराम अर्थात निन्द्रा आवश्यक हुन्छ । यदि हामी राति राम्ररी सुत्न सकेका छैनौं भने वा निन्द्रा पुगेको छैन भने दिनभर अल्छी लाग्छ र शरीर बोझिलो हुन्छ र काममा मन लाग्दैन । स्वस्थकर खान खाएर मात्र हुँदैन आफूलाई स्वस्थ राख्नका लागि पनि रातीमा राम्रोसँग निदाउन आवश्यक हुन्छ भन्ने कुरा हामीले बुझ्यौं भने धेरै सम्भावित रोगहरुबाट बच्न सक्छौं ।
(पल्मोनोलोजिस्ट डा देव कुपन्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights