Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निन्द्रा नपुग्दा देखिन्छन् यस्ता स्वास्थ्य समस्या

निन्द्रा नपुग्दा देखिन्छन् यस्ता स्वास्थ्य समस्या

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सही मात्रामा निन्द्रा नपुग्दा मानव स्वास्थ्यमा अनेकौं स्वास्य समस्याहरु देखिन थाल्छन् । त्यसलैले स्वस्थ रहनका लागि जसरी स्वस्थकर भोजन, उचित व्यायाम, आराम जरुरी हुन्छ त्यसैगरी निन्द्रा पुग्नु पनि आवश्यक हुन्छ । यदि निन्द्रा राम्ररी पुगेको छैन् भने त्यसको असर भोलिपल्ट नै शरीरमा देखिन थाल्छ ।

निन्द्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि हामी ६ देखि ७ घण्टा सुतेनौं भने त्यसले मोटोपना, उच्च रक्तचाप, ह्दयरोग, मस्तिष्कघात, डिप्रेसन, मधुमेह जस्ता समस्या निम्त्याउन थाल्छ । अर्को कुरा पूरा निद्रा नसुत्ने मानिसहरुले पछि गएर निन्द्रा नै नपर्ने तथा शारीरिक तथा मानसिक समस्यासँग जुध्नुपर्ने सम्मको समस्याको सामना गर्नुपर्ने हुनसक्छ । निन्द्रालाई व्यवास्ता गर्दा शरीरमा अनेकौं समस्या देखिन थाल्छन्। त्यसैले सानैदेखि समयमा सुत्ने र समयमा उठ्ने बानीको विकास गर्नुपर्छ । साथै दैनिक कम्तीमा ६ देखि ७ घण्टा बिना कुनै रोकावट सुत्नैपर्छ । यसले शरीर स्वस्थ मात्र हैन स्फुर्त राख्न मद्दत गर्छ ।

पहिले पहिले बुढापकाहरुले एक दिनको निन्द्रा बिग्रदा ७ दिन पिरोल्छ भन्ने गर्थे । हो निन्द्रा नपुग्दा शरीरमा आलस्य हुन जान्छ र त्यसले दिनभरी नै उर्जा दिन सक्दैन । निन्दा मारेर राती अबेरसम्म मोबाइल हेर्नु, कम्प्युटरमा बस्नु तथा लेट नाइट पार्टी गर्नु स्वास्थ्य समस्या निम्त्याउने प्रमुख कारक हुनसक्छ । त्यसैले जब शरीरले निन्द्राको महशुस गर्छ त्यसबेला सुत्नैपर्छ । हाम्रो शरीरको बनोट नै त्यसरी बनेकाले शरीरको माग अनुसार हामी चल्नैपर्छ यसको विपरित गयौं भने त्यसबेला समस्याहरु देखिन थाल्छन ।

राम्रो निन्द्राका लागि राती सुत्ने बेलामा सकारात्मक कुुराहरु सोच्ने, हल्का खाना खाने, सजिलो लुगा लगाउने, मधुरो बत्ती बाल्ने तथा मधुर संगित सुन्न सकिन्छ ।

डा पंकज देवसँगको कुराकानीमा आधारित :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?