स्वस्थ रहन दैनिक ६ देखि ७ घण्टाको निन्द्रा आवश्यक हुन्छ

डा पंकज देव
मानिसलाई स्वस्थ रहनका लागि जति स्वस्थकर खाना तथा शारीरिक व्यायामको आवश्यक छ त्यसैगरी उचित निन्द्रा पनि त्यत्तिकै आवश्यक छ । राति मिठो निन्द्रा लागेको छ भने हाम्रो शरीर बिहान उठेपछि फ्रेस हुन्छ र मन चंगा हुन्छ । जसले दिनभरी काम गर्नका लागि उर्जा पनि दिन्छ ।
हामी दिनभर कामको शिलशिलामा यताउता गर्दा शारीरिक र मानसिक रुपमा थाकेका हुन्छौं । त्यो थकान मेटेनका लागि पनि हाम्रो शरीरलाई आराम अर्थात निन्द्रा आवश्यक हुन्छ । यदि हामी राति राम्ररी सुत्न सकेका छैनौं भने वा निन्द्रा पुगेको छैन भने दिनभर अल्छी लाग्छ र शरीर बोझिलो हुन्छ ।
पर्याप्त निद्रा नपुग्दा शरीरमा अनेकौं स्वास्थ्य समस्या आउन सक्छन् । ती समस्याहरुमा थाइराइड बढ्ने, मधुमेहको जोखिम, मोटोपन, उच्च रक्तचाप, ब्रेन स्ट्रोक आदिको समस्या आउन सक्छ । राती जब हामी सुत्छौं त्यो भनेको शरीरले हाम्रो शरीरको रिपेयर गर्न थाल्छ । यदि हामी राम्ररी सुतेनौं भने सो अवस्थामा रिपेयर हुने काम राम्ररी हुन पाउँदैन र त्यसको फलस्वरुप अनेकौं समस्या आउन थाल्छन्।
हामीले आफूलाई स्वस्थ राख्नका लागि पनि रातमा राम्रोसँग निदाउन आवश्यक हुन्छ । एक जना वयस्क व्यक्तिलाई कम्तीमा पनि ६ देखि ७ घण्टाको निन्द्रा आवश्यक पर्छ । बच्चाबच्चीको हकमा उनीहरुलाई धेरै चाहिन्छ । पर्याप्त र मस्त निन्द्राले शरीरलाई अघिल्लो दिनको तनाव हटाएर ताजा हुने समय र उर्जा प्रदान गरिरहेको हुन्छ । सधैं सुत्ने र उठ्ने समय छुट्याएर एक रुटिन बनाउनु पर्छ । ताकी त्यही समयमा सुत्न र उठ्न सकियोस्। सामान्यतया घरमा सबैको सुत्ने समय एउटै भयो भने एकले अर्काको निन्द्रामा डिस्टर्ब गर्ने सम्भावना कम हुन्छ । केही मानिस राती सुत्दा घुर्ने समस्या हुन्छ । यो एक समस्या हो । यसको उपचार गरेर कसरी नघुरेर पूरा निदाउन सकिन्छ सो तर्फ पनि विचार पुराउनुपर्छ ।
पहिले पहिलो घुरेर सुत्दा मस्त निन्द्रामा छ भन्ने बुझिन्थ्यो तर अहिले त्यस्तो हैन्। घुर्नु भनेको एक समस्या हो र यसको समाधान खोज्नुपर्छ भनिन्छ ।
अर्को कुरा अहिले धेरै जना राती बेडमा गएपछि अबेरसम्म मोबाइलमा सोसल मिडिया हेरेर बस्ने गरेको पाइन्छ । यसले पनि स्लिपलाई मारिरहेको छ । यो बानीले हाम्रो निदाउन खोजिरहेको शरीरलाई व्यवास्ता गर्दा स्वास्थ्य समस्या निम्त्याइरहेका छौं । यो बानी छोड्नैपर्छ । केही काम छ भने डेस्कटप वा ल्यापटपमा गरेर काम सकेर मात्र बेडमा जाने र बेडमा गइसकेपछि मोबाइल चलाउन हुँदैन । यसले तपाइँ हाम्रो निन्द्रा बिगारिरहेको हुन्छ । यदि निन्द्रा परेन भने केहीबेर किताब हेर्न सकिन्छ । एक दुई पेज किताब पढ्दा सम्म निद्रा आउँछ र बाँकी पेज अर्को दिन पढ्न सकिन्छ । यसो गर्दा समयमै निदाउन सहयोग मिल्छ । राती अबेरसम्म बस्नु भनेको शरीरलाई सास्ती दिनु मात्र हैन भोलिपल्टको दिनका लागि उर्जा पनि गुमाउनु हो ।
त्यसैले शरीर स्वस्थ राख्न र फुर्तिलो हुनका लागि दैनिक ७ घण्टा निदाउन आवश्यक छ ।
(पल्माेनाेलाेजिस्ट डा पंकज देव आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights