मोटोपन मधुमेहको मुख्य कारण, कसरी घटाउने मोटोपना ? (भिडियोसहित)

डा अमित शाक्य
पछिल्लो समय मोटोपन भनेको सामाजिक समस्याको रुपमा अघि आइरहेको छ । विश्वमा नै यो ठूलो स्वास्थ्य समस्या निम्त्याउने कारक तत्वको रुपमा पाइएको छ । मोटोपन बढी हुनु आफैमा रोग हो भने यसले अनेकौं जटिल प्रकारका रोगहरु निम्त्याउने गर्छ । मानिस सुविधाभोगी भएका कारण पनि मोटोपन बढिरहेको छ ।
सामान्यतया मोटोपनलाई ३ भागमा बाँडेर हेर्ने गरिन्छ । पहिलो स्टेज वान, दोस्रो स्टेज २ र तेस्रो स्टेज ३ । मानिस ठूलो हुँदैमा मोटो हुने होइन । उसको वजन र हाइट अनुसार शरीर मिलेको छ छैन् भन्ने नाप गरेर यसको मापन गर्न सकिन्छ । बढी मास्क इन्डेक्स बीएमआई २५ देखि २९ सम्म आएमा मोटोपन स्टेज वानको मानिन्छ । यसैगरी ३० देखि ३९ पोइन्ट ९ सम्म मोटोपनको स्टेज २ मानिन्छ भने ४० देखि माथि भएमा स्टेज ३ हुन्छ । अर्को विधि भनेको कम्मर र हिपको रेसियो पनि हेरेर मोटोपन मापन गर्न सकिन्छ ।
हुनत हाम्रो शरीरमा यसै पनि १५ देखि २० प्रतिशत फ्याट रहेको हुन्छ जुन नर्मल मानिन्छ । पुरुषमा २५ प्रतिशतभन्दा बढी र महिलामा ३३ प्रतिशभन्दा बढी फ्याट भएमा त्यसलाई मोटोपन भनिन्छ । मोटोपन भनेको शरीरमा बोसोको मात्रा बढी हुनु हो । मोटोपनले हाम्रो टाउकोदेखि खुट्टासम्म असर गर्छ । बढी मोटा व्यक्तिहरुमा ब्रेन स्ट्रोक हुने सम्भावना अन्यको तुलनामा बढी हुन्छ । यसैगरी मोटोपन मधुमेहको मुख्य कारण मानिन्छ । यसैगरी मोटा व्यक्तिहरुमा आँखामा पनि असर गर्न सक्छ । उच्च रक्तचाप निम्त्याउन मोटोपनले सहयोग गरिरहेको हुन्छ । अर्को तिर वजन बढी हुँदा ढाड तथा घुँडामा समस्या भएर हिंडडुलमै समस्या हुनसक्छ ।
मोटोपनबारे थाहा पाएपछि यसलाई नियन्त्रण गर्नैपर्छ । यसको नियन्त्रणमा सबैभन्दा बढी भूमिका खानाले गर्छ । ५० देखि ६० प्रतिशत मोटोपन खानपानमा नियन्त्रण गरेर गर्न सकिन्छ । यसका लागि विशेषज्ञ चिकित्सक तथा डाइटिसियनसँग सल्लाह लिन सकिन्छ ।
खानेकुरामा जति थोरै कार्बोहाइड्रेड समावेश गरियो त्यति नै मोटोपन नियन्त्रण हुन सहयोग गर्छ । डाइट पछि ध्यान दिनुपर्ने कुरा हो व्यायाम । यो दुबै कुरामा ध्यान दिने हो भने धेरै हदसम्म मोटोपनलाई नियन्त्रण गर्न सकिन्छ । र बढी नै समस्या भएमा डाक्टरको सल्लाहमा औषधि तथा शल्यक्रियाको पनि सहयोग लिन सकिन्छ । मोटोपन घटाउन भात, आलु, कोल्ड ड्रिक्स, मिठाई, मैदाबाट बनेको खानेकुरा तथा जंकफुड नियन्त्रण गर्नैपर्छ । यी खानेकुरामा लुकेको चिनी हुन्छ । जसले मोटोपन बढाउन सहयोग गर्छ । मोटोपन भएका व्यक्तिले आफूलाई कुनै रोग छ की भनेर नियमित जाँच गर्न जरुरी हुन्छ ।
मोटोपन घटाउनु भनेको आफनो शरीर फिट राख्नु मात्र हैन् संभावित जटिल प्रकारका रोगको जोखिमबाट बच्नु पनि हो ।
भिडियाे :
(मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा शाक्य आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights