लेजर थेरापी : प्रकाशद्वारा बिरामीलाई राहत

हेल्थ टिभी अनलाइन : लेजर भनेको एक प्रकारको विकिरण हो। यो प्रविध अल्बट आइन्सटाइनले विकास गरेका हुन। बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर उपचार पद्धतिको प्रयोग गरिन्छ।
साथै यो उपचार विधिलाई हिलिङ थेरापीसमेत भनिन्छ। यसको प्रयोग मूख्यतः शरीरका विभिन्न भागमा हुने दुखाई कम गर्न उपयोगी ठानिन्छ। यस विधिमा लेजर लाइटको खास प्रयोग हुन्छ जुन दुखाइयुक्त स्थानमा टार्गेट गरी उपकरणको माध्यमबाट प्रकाश पार्ने गरिन्छ। त्यसैले यसलाई टार्गेट पद्धति समेत भन्ने गरिन्छ।
यसमा कम शक्तिको विकिरणबाट सेकेर विभिन्न चार सय प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ। यसको प्रयोगमा कुनै पनि साइड इफेक्ट हुदैन। यो अयुर्वेदिक होमियोप्याथिक र एलोपेथिक उपचारसँगै एकै समयमा प्रयोग गर्न सकिन्छ। जसले कोषिकालाई नयाँ जीवन दिन्छ।
लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गर्छ, जसले गर्दा दुखाइ कम हुन्छ। सुन्निएको ठीक हुन्छ। रक्तसञ्चालन सक्रिय गराई अंगको कोषिका र तन्तुलाई नयाँ जीवन दिन्छ र रोग निको हुन्छ।
लेजर थेरापी गर्न सकिने रोगहरुः
मुटु, फोक्सो, हाडजोर्नी, पेट, आन्द्रा, नसा, पिसाब र मूत्रनली, स्त्री, नाक, कान, घाँटी र अन्य छालासम्बन्धी रोगहरूको पनि उपचार गर्न सकिन्छ। लामो समयसम्म कडा औषधिको प्रयोगले पेट र मिर्गौलामा खराब गर्न सक्छ र उपचार गर्दा गर्दै रोग बिग्रिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरू उपचार गरेमा यी खराबीबाट बच्न सकिन्छ र रोग पूर्णरूपमा निको हुन्छ।
डा। सुशीला वैद्य
लेजर थेरापिस्ट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights