Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाठेघरको मुखको क्यान्सर गराउने भाइरस भए नभएको पहिले नै पत्ता लगाउन सकिन्छ

पाठेघरको मुखको क्यान्सर गराउने भाइरस भए नभएको पहिले नै पत्ता लगाउन सकिन्छ

डा अन्जु श्रेष्ठ

महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पनि अग्रणी स्थानमा आउँछ । समयमै जाँच गरेर क्यान्सर हुने नहुने पत्ता लगाउन सकिने र प्रि क्यान्सरकै अवस्थामा उपचार गरेर बच्न सकिने यो एउटा मात्रै क्यान्सर हो । तर पनि यसकाबारेमा धेरै जानकारी नहुँदा अझै पनि क्यान्सर भएपछि मात्र उपचारमा र जाँचमा आउने बिरामीको संख्या उल्लेख्य छ । पाठेघरको जाँच नियमित गर्ने हो भने यो क्यान्सर लाग्नै नदिन सकिन्छ ।

हामीलाई थाहा छ हाम्रो शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित र अस्वभाविक रुपमा वृद्धि भयो भने त्यसलाई क्यान्सर भनिन्छ । यसैगरी पाठेघरको मुखको कोषिकाहरुको अनियन्त्रित वृद्धि भयो भने त्यसलाई पाठेघरको मुखको क्यान्सर भएको भनिन्छ । पाठेघरको मुखको क्यान्सर भनेको ह्युमन प्यापिलोमा भाइरस एचपिभी भाइरसले गर्दा हुने रोग हो। हुन त यो साधारण भाइरस हो। तर यसलाई व्यवास्ता गर्दा अन्तमा क्यान्सर बनाउने गर्छ ।

त्यसो त एचपी भाइरस पाठेघरमा हुँदैमा सबैलाई क्यान्सर भइहाल्छ भन्ने होइन । तर यो भाइरस ५ देखि १० वर्षसम्म पाठेघरमा रहेर संक्रमण गरिरहेमा पाठेघरको मुखमा क्यान्सर हुनसक्छ । त्यसैले यो भाइरस छ भने चनाखो हुन भने जरुरी हुन्छ ।

३० वर्ष पुगेका र यौन जीवनमा रहेका हरेक महिलाले आफनो पाठेघरको जाँच गरेर क्यान्सर गराउने भाइरस भए नभएको पत्ता लगाउन सक्छन्। त्यसका लागि महिलाहरुले कुनै समस्या नदेखिए पनि प्याप स्मेयर तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ । यी जाँचहरुले पाठेघरको मुखमा रहेका क्यान्सर हुनुभन्दा अगाडिका परिवर्तनहरु पत्ता लगाउन सहयोग गर्छन । एचपीभी टेस्टले भाइरस भए नभएको र भाइरस सक्रिय छ कि छैन भनेर पत्ता लगाउँछ भने प्याप स्मेयरले केही परिवर्तन भए नभएको पत्ता लगाउँछ । यसरी जे पत्ता लागे पनि उपचारमा सहयोग हुन्छ । यसरी जाँच गर्दा भाइरस पोजेटिभ रिपोर्ट आएमा वर्ष वर्षमा जाँच गरेर कोषिका परिवर्तन भए नभएको हेर्न सकिन्छ । भने नेगेटिभ रिपोर्ट आएमा तपाइँ कम जोखिममा पर्नुहुन्छ । त्यसैले ढुक्क भएर ५ वर्षमा जाँच गरे पुग्छ ।

यो क्यान्सरको सबैभन्दा डरलाग्दो पक्ष भनेकै सुरुवाती अवस्थामा कुनै पनि लक्षण नदेखिनु हो । जब सम्म ठूलै घाउ वा परिवर्तन हुँदैन । तबसम्म केही थाहा हुँदैन । तर जब लक्षणहरु देखिन थाल्छन् त्यो क्यान्सरमा परिवर्तन भइसकेको हुन्छ । यसरी लक्षण देखिंदा यौन सम्बन्ध राख्दा रगत देखिने, सेतो र गन्हाउने पानी बग्ने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, तौल घट्दै जाने लगायतका लक्षणहरु देखिन सक्छन्। यस्ता लक्षण देखिनासाथ प्याप स्मेयरको परीक्षण गराउनु पर्दछ। यो परीक्षणले घाउको अवस्था तथा क्यान्सरभए कुन अवस्थामा छ पत्ता लगाउन सकिन्छ।

यो क्यान्सरबाट बच्न हामी आफै चनाखो भएर आफना ९ देखि १४ वर्ष सम्मका छोरीहरुलाई एचपीभी भ्याक्सिन दिनुपर्छ । यसले उनीहरुलाई भाइरसको संक्रमणबाट बचाउँछ । अर्को कुरा जबसम्म भाइरसको संक्रमण हुँदैन तबसम्म क्यान्सर हुँदैन । अर्को कुरा ३० वर्ष पुगेको हरेक महिलाले एक अनिवार्य रुपमा एचपीभी डीएनए टेस्ट गर्नु भयो भने आफू जोखिममा भए नभएको समयमै पत्ता लाग्छ । त्यसैले खोप र जाँच नै यसबाट बच्ने एक मात्र उपाय हो ।

जनवरी महिनालाई विश्वभरी नै पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यो क्यान्सरलाई सन् २०३० सम्ममा उन्मुलन गर्ने लक्ष्य लिएको छ । त्यही अनुसार अभियान चलाइरहेको छ ।

(स्त्री क्यान्सर रोग विशेषज्ञ डा अन्जु श्रेष्ठ नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छिन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।