Health TV Online
Health TV Online

‘मधुमेहका बिरामीले मात्रा मिलाएर सबै खानेकुरा खान मिल्छ’

‘मधुमेहका बिरामीले मात्रा मिलाएर सबै खानेकुरा खान मिल्छ’

डा रुपक भारी, मधुमेह रोग विशेषज्ञ 

मधुमेहका बिरामीले औषधीको सेवन त गर्नुपर्छ नै योसँगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। यो रोग खानपानसँग सम्बन्धित भएकाले पनि बिरामीले कुन खाना खाने, कुन नखाने, कसरी मात्रा मिलाउने भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ । धेरै बिरामीहरुले खानपानको मात्रा मिलाउन नसक्दा सुगर लेबल नियन्त्रणमा आउन समस्या हुन्छ ।

धेरै जना मधुमेह हुने बित्तिकै अब के के खान हुँदैन भनेर सोध्ने गरेको पाइन्छ । अब भात खान हुँदैन हो भनेर धेरैले प्रश्न गर्नुहुन्छ । मधुमेह भात, आलु खानै नहुने रोग हैन । यसमा सबै खाना खान मिल्छ तर त्यसको मात्रा चाहिं मिल्न पर्‍यो ।

मधुमेहमा रगतमा चिनीको मात्रा बढ्ने हुँँदा यसलाई अझ बढाउने गरी खानेकुरा खान भएन । के खाना कसरी खाने भन्ने आफनो चिकित्सक तथा डाइटिसियनसँग सल्लाह लिएर खानाको चार्ट बनाउन जरुरी हुन्छ । मधुमेह भएका बिरामीले एक जना स्वस्थ व्यक्तिले सरह सबै स्वस्थ खाना खान मिल्छ । तर तरिका र मात्रा मिल्नुपर्छ ।

प्राकृतिक रुपमा बनेका खानेकुरा जे खाँदा पनि हुन्छ। दाल, भात, तरकारी, दूध, दही, मोही, सागसब्जी, मासु र फलफूल जे खाए पनि हुन्छ। हामी अरुको गलत कुराको पछि लाग्छौं। कुनै पनि खानेकुरा एकै पटकमा धेरै चाहिं खान भएन, पटक पटक गरेर खाने तर धेरै नखाने गरेमा समस्या हुँदैन ।

खानै नहुने खानेकुरामा चाहिं सुर्तीजन्य पदार्थ, मदिरा, बढी चिल्लो तथा तारेका खानेकुरा, प्रशोधित खानेकुरा, बढी मसालेदार खाना, बट्टामा राखिएका गुलिया पेय पदार्थ तथा एकैपटक धेरै खाना हुन्। जुन अन्य स्वस्थ व्यक्तिले पनि बार्नुपर्ने हुन्छ । त्यसैले भ्रमको पछि नलागौं सही सूचना लिएर आफनो चिकित्सकको सल्लाह बमोजिम औषधि र खानाको तालमेल मिलाएमा मधुमेहलाई वर्षौसम्म नियन्त्रणमा राख्न सकिन्छ ।

भिडियो :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?