आफू खुशी कस्मेटिक क्रिम किन लगाउन हुँदैन ?

हेल्थ टिभी अनलाइन : हामी सबैलाई सुन्दर बन्ने चाहना हुन्छ । त्यही सुन्दर बन्ने चाहनामा हामीले जानेर वा नजानेर आफनो छालामा विभिन्न किसिमका कस्मेटिक सामग्रीको प्रयोग गछौं । तर यसरी जाथाभावी आफूखुशी कस्मेटिक क्रिमहरुको प्रयोग छालाका लागि घातक हुनसक्छ । हामीले के बुझ्न जरुरी छ भने कस्मेटिक क्रिम लगाउन वा छान्नु अघि छालारोग विशेषज्ञ चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । बजारमा छ्यापछ्याप्ती पाइने विभिन्न किसिमका कस्मेटिक सामग्री जसमा न त बनेको मिति हुन्छ न त कहिलेसम्म लगाउन मिल्ने भन्ने मिति नै राखिएको हुन्छ यस्ता सामग्रीबाट टाढै रहनुपर्छ । सुन्दर बन्नका लागि लगाइएका यस्ता विभिन्न केमिकल मिसिएका क्रिमले सुरुमा गोरो र चम्किलो देखाए पनि पछि छालामा दीर्घकालिन असर पार्ने गर्छन ।
सुुन्दर बन्न प्रयोग गरिने कस्मेटिक सामाग्रीमा ध्यान नदिंदा उल्टो हानी गर्न सक्छ भन्ने हामीले बुझ्न जरुरी छ । हामीकहाँ महंगो र नाम चलेको क्रिम लगाउँदैमा सुन्दर बनिन्छ भन्ने भ्रम पनि छ । हाम्रो छालासँग मिल्ने कस्मेटिक प्रयोग गर्न जानिएन भने सुन्दर बन्ने नाममा उल्टो कुरुप बनाउन बेर लाग्दैन। यो हेक्का हामी सबैले राख्नैपर्छ ।
बजारमा कस्मेटिक सामग्रीको विज्ञापन पनि त्यसरी नै गरिएको हुन्छ । यस्तो क्रिम लगायो भने त पुरै परिवर्तन हुन्छ वा रातारात सुन्दर बनिन्छ जस्ता विज्ञापनले धेरैलाई तान्ने गरेको छ । तर यस्ता विज्ञापनको पछि लागेर आफनो छालालाई कुरुप बनाउन हुँदैन । आफनो छाला कुन प्रकारको हो ? कस्तो क्रिम सुट गर्छ भन्ने कुरा डाक्टरलाई नदेखाई थाहा हुँदैन् । त्यसैले यस्ता विज्ञापनको पछि नलागेकै वेश । नेपालमा कस्मेटिकको गुणस्तरमापन गर्ने छुट्टै निकाय नै छैन्। जसले गर्दा त्यसको मोनिटरीङ नै हुँदैन । भोलि क्रिमका कारण दीर्घकालिन छालामा असर परेमा कसलाई भन्न जाने भन्ने ठाउँ पनि रहँदैन्। त्यसैले कुनै पनि कस्मेटिक सामग्री छालारोग विशेषज्ञको सल्लाह बिना लगाउनु जोखिमपूर्ण हुन जान्छ ।
सबै व्यक्तिको छालाको आ आफ्नै प्रकारको विशेषता हुन्छ । त्यसैले एक जना व्यक्तिलाई राम्रो हुने सौन्दर्य सामग्री अर्को व्यक्तिलाई काम नलाग्ने हुनसक्छ । त्यो कुरा विशेषज्ञ डाक्टरले जाँच गरेपछि मात्र पत्ता लगाउँछन्। हामी सबैले आफूखुशी कस्मेटिक प्रयोग गर्ने भन्दा पनि विशेषज्ञ डाक्टरलाई आफनो छालाको जाँच गराई डाक्टरकै सल्लाहमा मेडिकेटेड क्रिमहरु लगाउँदा यसले छालामा भएका समस्या मात्र समाधान गर्दैन भोलि केही समस्या आएमा भन्ने ठाउँ पनि हुन्छ । अर्को कुरा यसरी औषधि कम्पनीले बनाएका र डाक्टरले प्रेस्क्राइब गरेका क्रिमहरु प्रयोगशालाबाट गुणस्तर मापन गरी बजारमा आउने भएकाले ढुक्क भएर लगाउन पनि सकिन्छ ।
कतिपय व्यक्तिहरु अरुको सल्लाहमा बजारमा पाइने क्रिमहरु लगाएर छालामा गम्भीर समस्या लिएर आउने क्रम बढिरहेको छ । कतिलाई यस्ता क्रिमले एलर्जी गराउने, रातो बिमिरा आउने गरेको देखिएको छ भने कतिलाई लामो उपचार चाहिने पनि हुन्छ । कसै कसैको छाला अत्यन्त संवेदनशिल हुने गर्छ यस्ता छालामा बढी समस्या देखिन्छ । त्यसैले विशेषज्ञ चिकित्सकको सल्लाहमा आफ्नो छाला अनुसारको कस्मेटिक प्रयोग गरियो भने यसको गलत असरबाट बच्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights