Health TV Online
Health TV Online
Health TV Online

ऋषि पञ्चमीमा प्रयोग गरिने दतिवन र यसको महत्त्व

ऋषि पञ्चमीमा  प्रयोग गरिने दतिवन र यसको महत्त्व

समन सिंह बस्नेत

आयुर्वेद एक प्राचीन चिकित्सा शास्त्र हो । आयुर्वेदमा स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग निवारणका लागि विभिन्न उपायहरू बताएको छ । स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षाका लागि स्वस्थवृत्तको पालना , ऋतुचर्या र दिनचर्याका विविध उपायहरू बताइएको छ । यसै दिनचर्या अन्तर्गत दतिवनवाट दन्तधावन ( दाँत माझ्ने)  कुरा उल्लेख गरिएको छ ।

यसका अलवा दिनचर्या अन्तर्गत व्रह्म मुहुर्तमा उठ्नेदेखि लिएर उषास्पान , इश्वर स्मरण ,मलमुत्र विसर्जन , दन्तधावन ,, जिह्वा निर्लेखन , मुखादिधावन , अञ्जन, नस्य, अभ्यङ्ग , व्यायाम , उद्धर्तन , स्नान , निर्मल वस्त्र धारण , भोजन , निद्रा आदिको सम्यक प्रयोगलाई विस्तृत रुपमा वर्णन गरिएको छ ।

वैदिक सनातन धर्म अन्तर्गत विभिन्न ऋतु अनुसार मनाइने चाडपर्वहरुको आफ्नै महत्त्व रहेको छ । बर्षा ऋतु ( श्रावण र भाद्र) अन्तर्गत हरितालिका तीज र ऋषि पञ्चमी पर्दछ । हरितालिका तीज र ऋषि पञ्चमीमा व्रत बस्दा दिनचर्या अन्तर्गतको दन्तधावन ( दाँत माझ्न ) का लागि दतिवनको प्रयोग गरिन्छ । दतिवनलाई ऋषि पञ्चमी पर्वले नेपाली समाजलाई प्रत्येक बर्ष दतिवनको उपयोगितालाई परिचित गराउनका लागि नै उक्त दिन ३ सय ३५ वटा दतिवनले दाँत माझि नदि तलाउ, धारा , कुवामा स्नान गरेमा पापमोचन हुने धार्मिक विस्वास छ । यसै दतिवनले हाम्रो स्वास्थ्य मा कस्तो प्रवाभ पार्दछ भन्ने बिषयमा चर्चा गर्दैछु ।

नेपालीमा दतिवन , संस्कृतमा अपमार्ग ( सम्पुर्ण दोष अनुसारको रोगलाई नास गर्ने)  यसको वैज्ञानिक नाम एकारेन्थस एस्पेरा हो भने एमरेन्थेसी परिवार मा पर्दछ । आयुर्वेद अनुसार यसको गुण लघु , रुक्ष रसमा कटु , तिक्त वीर्यमा उष्ण र कफपित्त दोषलाई संशोधन गर्ने गुण पाईन्छ ।

दतिवन नेपालको तराई देखि पहाड ५ हजार फिट को उचाइ सम्म जताततै पाइन्छ । दतिवन एक झाडिदार वनस्पति हो । यो विशेष गरि वर्षा ऋतु श्रावण भाद्रमा नै पाईन्छ । यसलाई विशेषगरी दाँत माझ्न प्रयोग गरिने भएकाले यसलाई नेपाली भाषामा दतिवन भनिन्छ । यसको प्रयोग नै दाँत दुख्दा , गिजा कमजोर भएमा , मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरालाई राम्रोसँग सफा गरेर दाँत माझ्ने गरिन्छ । यसरी दाँत माझ्दा मुखको स्वास्थ्य को साथ साथै मुखलाई स्वच्छ बनाई पाप मोचन हुने धार्मिक ग्रन्थहरु मा उल्लेख पाईन्छ । विशेष गरि यसो हुनु मा दतिवनमा एक किसिमको किटाणुलाई नास गर्ने क्षमता पाईन्छ । औषधीका लागि उपयोगी अंगहरुमा मुल ( जरा ) , पञ्चाङ्ग र पात रहेका छन् ।

दतिवनका अन्य लाभहरु : 
१.  शरीर सुन्निएमा स् शरीर सुन्निएको , दुखाई , रक्तस्राव युक्त घाउहरुमा दतिवनको पात र जराको लेप लगाउँदा फाईदा गर्दछ ।
२. जिवजन्तुको टोकाईमा  कुकुर , विच्छी जस्ता जिवजन्तुले टिकेको ठाउँमा दतिवनको पातको रस तुरुन्तै लगाई दिने हो भने विष शरीेरमा फैलन पाउँदैन ।
३. कब्जियत भएमा : कब्जियत भएको बेलामा दतिवनको पात बिहान उठे पछि र बेलकुा सुत्नु भन्दा अगाडी खाएमा कब्जियतमा फाईदा गर्दछ ।
४. पखाला लागेमा :  पखला लागेको बेलामा दतिवनको पात बाट तयार पारिएको चिसो काडा लाई मह मिलाएर सेवन गरेमा फाईदा गर्दछ ।
५. सोधकर्ताहरुको अनुसार दतिवनमा  (एकारिन्थिन)  नामको तत्व पाईन्छ जस्ले तनाव कम गरि उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्दछ ।
६.  पछिल्लो समयका वैज्ञानिकहरुको खोजबाट पत्ता लागे अनुसार यसको जरामा पाईने ( इथानोल ) ले बाँझोपन हटाउन सकिने बताएका छन् ।
७. मुत्रथैली र मृगौलाको पत्त्थरीमा दतिवनको ताजा जरा ६ ग्राम जति पिसेर पानी मिलाई नियमित सेवन गरेमा पत्त्थरीलाई टुक्राटुक्रा पारी निकाल्ने क्षमता हुन्छ ।
८.  आयुर्वेदमा यसबाट क्षार तयार पारिन्छ , यसको १ चम्चा क्षार र १ चम्चा मह मिलाएर सेवन गरेमा श्वास , कास र खोकी रोगीलाई फाईदा गर्दछ ।

(लेखक समन सिंह बस्नेत हाल पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा रिसर्च सेन्टर धुलिखेलमा आयुर्वेद चिकित्सा शास्त्र बिषयमा अध्ययनरत छन् ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा