ऋषि पञ्चमीमा प्रयोग गरिने दतिवन र यसको महत्त्व

समन सिंह बस्नेत
आयुर्वेद एक प्राचीन चिकित्सा शास्त्र हो । आयुर्वेदमा स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग निवारणका लागि विभिन्न उपायहरू बताएको छ । स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षाका लागि स्वस्थवृत्तको पालना , ऋतुचर्या र दिनचर्याका विविध उपायहरू बताइएको छ । यसै दिनचर्या अन्तर्गत दतिवनवाट दन्तधावन ( दाँत माझ्ने) कुरा उल्लेख गरिएको छ ।
यसका अलवा दिनचर्या अन्तर्गत व्रह्म मुहुर्तमा उठ्नेदेखि लिएर उषास्पान , इश्वर स्मरण ,मलमुत्र विसर्जन , दन्तधावन ,, जिह्वा निर्लेखन , मुखादिधावन , अञ्जन, नस्य, अभ्यङ्ग , व्यायाम , उद्धर्तन , स्नान , निर्मल वस्त्र धारण , भोजन , निद्रा आदिको सम्यक प्रयोगलाई विस्तृत रुपमा वर्णन गरिएको छ ।
वैदिक सनातन धर्म अन्तर्गत विभिन्न ऋतु अनुसार मनाइने चाडपर्वहरुको आफ्नै महत्त्व रहेको छ । बर्षा ऋतु ( श्रावण र भाद्र) अन्तर्गत हरितालिका तीज र ऋषि पञ्चमी पर्दछ । हरितालिका तीज र ऋषि पञ्चमीमा व्रत बस्दा दिनचर्या अन्तर्गतको दन्तधावन ( दाँत माझ्न ) का लागि दतिवनको प्रयोग गरिन्छ । दतिवनलाई ऋषि पञ्चमी पर्वले नेपाली समाजलाई प्रत्येक बर्ष दतिवनको उपयोगितालाई परिचित गराउनका लागि नै उक्त दिन ३ सय ३५ वटा दतिवनले दाँत माझि नदि तलाउ, धारा , कुवामा स्नान गरेमा पापमोचन हुने धार्मिक विस्वास छ । यसै दतिवनले हाम्रो स्वास्थ्य मा कस्तो प्रवाभ पार्दछ भन्ने बिषयमा चर्चा गर्दैछु ।
नेपालीमा दतिवन , संस्कृतमा अपमार्ग ( सम्पुर्ण दोष अनुसारको रोगलाई नास गर्ने) यसको वैज्ञानिक नाम एकारेन्थस एस्पेरा हो भने एमरेन्थेसी परिवार मा पर्दछ । आयुर्वेद अनुसार यसको गुण लघु , रुक्ष रसमा कटु , तिक्त वीर्यमा उष्ण र कफपित्त दोषलाई संशोधन गर्ने गुण पाईन्छ ।
दतिवन नेपालको तराई देखि पहाड ५ हजार फिट को उचाइ सम्म जताततै पाइन्छ । दतिवन एक झाडिदार वनस्पति हो । यो विशेष गरि वर्षा ऋतु श्रावण भाद्रमा नै पाईन्छ । यसलाई विशेषगरी दाँत माझ्न प्रयोग गरिने भएकाले यसलाई नेपाली भाषामा दतिवन भनिन्छ । यसको प्रयोग नै दाँत दुख्दा , गिजा कमजोर भएमा , मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरालाई राम्रोसँग सफा गरेर दाँत माझ्ने गरिन्छ । यसरी दाँत माझ्दा मुखको स्वास्थ्य को साथ साथै मुखलाई स्वच्छ बनाई पाप मोचन हुने धार्मिक ग्रन्थहरु मा उल्लेख पाईन्छ । विशेष गरि यसो हुनु मा दतिवनमा एक किसिमको किटाणुलाई नास गर्ने क्षमता पाईन्छ । औषधीका लागि उपयोगी अंगहरुमा मुल ( जरा ) , पञ्चाङ्ग र पात रहेका छन् ।
दतिवनका अन्य लाभहरु :
१. शरीर सुन्निएमा स् शरीर सुन्निएको , दुखाई , रक्तस्राव युक्त घाउहरुमा दतिवनको पात र जराको लेप लगाउँदा फाईदा गर्दछ ।
२. जिवजन्तुको टोकाईमा कुकुर , विच्छी जस्ता जिवजन्तुले टिकेको ठाउँमा दतिवनको पातको रस तुरुन्तै लगाई दिने हो भने विष शरीेरमा फैलन पाउँदैन ।
३. कब्जियत भएमा : कब्जियत भएको बेलामा दतिवनको पात बिहान उठे पछि र बेलकुा सुत्नु भन्दा अगाडी खाएमा कब्जियतमा फाईदा गर्दछ ।
४. पखाला लागेमा : पखला लागेको बेलामा दतिवनको पात बाट तयार पारिएको चिसो काडा लाई मह मिलाएर सेवन गरेमा फाईदा गर्दछ ।
५. सोधकर्ताहरुको अनुसार दतिवनमा (एकारिन्थिन) नामको तत्व पाईन्छ जस्ले तनाव कम गरि उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्दछ ।
६. पछिल्लो समयका वैज्ञानिकहरुको खोजबाट पत्ता लागे अनुसार यसको जरामा पाईने ( इथानोल ) ले बाँझोपन हटाउन सकिने बताएका छन् ।
७. मुत्रथैली र मृगौलाको पत्त्थरीमा दतिवनको ताजा जरा ६ ग्राम जति पिसेर पानी मिलाई नियमित सेवन गरेमा पत्त्थरीलाई टुक्राटुक्रा पारी निकाल्ने क्षमता हुन्छ ।
८. आयुर्वेदमा यसबाट क्षार तयार पारिन्छ , यसको १ चम्चा क्षार र १ चम्चा मह मिलाएर सेवन गरेमा श्वास , कास र खोकी रोगीलाई फाईदा गर्दछ ।
(लेखक समन सिंह बस्नेत हाल पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा रिसर्च सेन्टर धुलिखेलमा आयुर्वेद चिकित्सा शास्त्र बिषयमा अध्ययनरत छन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights