मिर्गौला रोगबाट जोगिन डा.अर्चन शम्शेर राणाका ५ टिप्स

हेल्थ टिभी अनलाइन : मिर्गौला मानव शरीरको महत्वपूर्ण अंग हो । हामी स्वस्थ शरीर होस् भन्ने चाहनछौं भने मिर्गौला पनि स्वस्थ हुन जरुरी हुन्छ । मिर्गौलाले रगतमा हुने हानिकारक अथवा अनावश्यक तत्त्वलाई छानेर पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्ने काम गर्दछ। यसले सही ढंगबाट काम गर्न नसक्दा शरीरमा अनेकौं समस्या आउन सक्छन्। यसको सही तरिकाले समयमै हेरचाह गरिएन भने दीर्घकालीन समस्याहरु नआउला भन्न सकिंदैन । नेपालमा पछिल्लो समय खराब जीवनशैली र अस्वस्थकर खानपानका कारण मिर्गौला रोगीहरू दिनानुदिन बढ्दै गएको अवस्था छ। के कारणले गर्दा मिर्गौलामा समस्या आउँछ र त्यसलाई कसरी जोगाउने भन्ने सबैको चासोको विषय बन्दै गएको छ।
आखिर के हो त मिर्गौला बिगार्ने प्रमुख कारक तत्व ?
१. मधुमेह -मधुमेह भएका व्याक्तिहरुलाई मिर्गौला सम्बन्धी समस्या हुनु अन्य समस्याको तुलनमा धेरै हुन्छ । अझ भनौै मिर्गौला रोग निम्त्याउने प्रमुख कारण मधुमेह रोग हो । रगतमा चिनीको मात्रा बढी देखियो र यो नियन्त्रणमा भएन भने यसले सिधै मिर्गौलामा हानि गर्छ । त्यसकारण मिर्गौला रोग लाग्न नदिन मधुमेहलाई नियन्त्रणमा राख्न अत्यन्तै आवश्यक हुन्छ ।
२. ग्लोमेरुलोनेफ्राइटिस -अधिकांश नेपालीहरुमा ग्लोमेरुलोनेफ्राइटिसको समस्या पाइने गर्छ। यो भनेको पिसावबाट प्रोटिन चुहेर जाने रोग हो जसकारण मिर्गौलामा समस्या देखा पर्ने गर्छ। यसको निदान र समयमै उपचार गर्नपर्छ ।
३. अनावश्यक रुपमा औषधी सेवन -अनावश्यक रुपमा औषधी सेवन सामान्यतया दुखाई महसुस हुदाँ मानिसहरु पेन किलर जस्ता औषधीहरु सेवन गर्ने बानी हुन्छ। यसो गर्दा यसको प्रत्यक्ष असर मिर्गौलामा पर्न जान्छ।
४. उच्च रक्तचाप -उच्चरक्तचाप लामो समयसम्म अनियन्त्रित उच्च रक्तचापले दीर्घकालीन मिर्गौला सम्बन्धी समस्या निम्त्याउँछ।
५. धूम्रपान, मदिरापान सेवन र प्रशस्त मात्रामा प्रशोधित अस्वस्थ खानाले पनि मिर्गौलालाई नोक्सान गरिरहेको हुन्छ।
के गर्दा मिर्गौला रोगबाट जोगिन सकिन्छ ?
१. मिर्गौला जोगाउने प्रमुख उपाय भनेको प्रशस्त मात्रामा पानीको सेवन हो
पानी सबैभन्दा सहजै उपलब्ध हुने कुरा हो। सबैभन्दा उत्कृष्ट औषधी भनेकै पानी हो त्यसैले कम्तीमा पनि दिनमा ३ लिटर पानी पिउँदा यसले मिर्गौला मात्र नभएर कयौँ समस्यालाई समाधान गर्दछ।
२. नियमित रुपमा शारीरिक व्यायाम गर्ने
व्यायामले तौल सन्तुलनमा राख्नुका साथै उच्च रक्तचाप, कोलेस्ट्रोललाई समेत नियन्त्रणमा राख्छ । त्यसैले शरीरिक व्यायाममा जोड दिन जरुरी हुन्छ ।
३. नियमित रुपमा पिसाब, रगतको परिक्षण गर्नु साथै भिडियो एक्सरे गर्दा मिर्गौला सम्बन्धी जटिल समस्याबाट बच्न सकिन्छ।
४. प्रशोधित खाना, धेरै तारेको, चिल्लो खानेकुरा नखाने
प्रशोधित र बजारमा पाइने रंगीचंगी खानाले जिब्रोलाई स्वाद दिए पनि यसले शरीरलाई हानी गरिरहेको हुन्छ । यस्ता प्रशोधित खानेकुराले मिर्गौलालाई असर गर्ने हुनाले यस्ता खानाबाट टाढा रहन पर्छ ।
५. खानामा बढी नुनको प्रयोग नगर्ने
बढी नून मिर्गौाला रोगको दुश्मन जस्तै हो । खानामा नुनको प्रयोग सकेसम्म कम गर्न सके मिर्गौलाको समस्या कम यी माथि उल्लेखित कुराहरुमा ध्यान दिन सके धेरै हदसम्म मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ।
मिर्गौला स्वस्थ राख्न प्रशस्त मात्रामा पानी पिउने गरौं
(डा राणा मिर्गौला रोग विशेषज्ञ हुन्।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै