Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एकपटक मिर्गौलामा पत्थरी भएका व्यक्तिमा दोहोरिने सम्भावना उच्च हुन्छ

एकपटक मिर्गौलामा पत्थरी भएका व्यक्तिमा दोहोरिने सम्भावना उच्च हुन्छ

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाम्रो मिर्गौलामा पत्थरी विभिन्न कारणले हुनेगर्छ । यो समस्या सबै उमेर समूहका व्यक्तिमा हुनसक्छ । नेपालमा पनि मिर्गौलामा पत्थरी हुने समस्या बढ्दो क्रममा देखिन्छ । मिर्गौलामा पत्थरी हुने ८० प्रतिशत कारण आफनै शरीरको मेटाबोलिजम हो भने २० प्रतिशत मात्र अन्य खानपान, जीवनशैली, वंशाणुगत कारणसँग सम्बन्धित हुन्छन्।

आफनै शरीरको रसायन प्रक्रियाका कारण ८० प्रतिशत पत्थरी हुने हुँदा यो हाम्रो नियन्त्रणमा कम मात्रामा मात्र हुन्छ । २० प्रतिशत कारणहरुमा भने पानी कम पिउने, गर्मी ठाउँमा बस्ने, बढी मोटो व्यक्ति, सुगरको समस्या भएका व्यक्ति, नुनको सेवन धेरै गर्ने व्यक्ति, रातो मासुको सेवन बढी गर्ने जस्ता रहेका छन्।

मिर्गौलाको पत्थरीको समस्या यस्तो समस्या हो जुन एकपटक निकाले भनेर ढुक्क भएर बस्न मिल्दैन । यसको उपचार गरेर पत्थरी निकालिसकेपछि पनि ५० प्रतिशतलाई ५ वर्षमा फेरि सोही मिर्गौलामा वा अर्को मिर्गौलामा पत्थरी आउन सक्छ । त्यसैले अब त उपचार गरें भनेर ढुक्कसँग बस्दा फेरि यसले दुख दिन सक्छ । एकपटक मिर्गौालमा पत्थरी भएकाले वर्ष वर्षमा आफनो विशेषज्ञ डाक्टरसँग सम्पर्कमा रही नियमित जाँच गर्नुपर्ने हुन्छ । यसरी जाँच गर्दा सुरुकै अवस्थामा पत्थरी सानो आकारको हुँदा नै पत्ता लाग्छ । जसले गर्दा उपचारमा पनि सहज हुन्छ भने सफल पनि बढी हुन्छ र यसबाट आउने जटिलता पनि कम हुन जान्छ ।

मिर्गौलाको पत्थरीको समस्या यस्तो समस्या हो जुन एकपटक निकाले भनेर ढुक्क भएर बस्न मिल्दैन । यसको उपचार गरेर पत्थरी निकालिसकेपछि पनि ५० प्रतिशतलाई ५ वर्षमा फेरि सोही मिर्गौलामा वा अर्को मिर्गौलामा पत्थरी आउन सक्छ । त्यसैले अब त उपचार गरें भनेर ढुक्कसँग बस्दा फेरि यसले दुख दिन सक्छ । एकपटक मिर्गौालमा पत्थरी भएकाले वर्ष वर्षमा आफनो विशेषज्ञ डाक्टरसँग सम्पर्कमा रही नियमित जाँच गर्नुपर्ने हुन्छ ।

मिर्गौलामा पत्थरी हुने विभिन्न कारणहरु भए जस्तै यसको उपचार पनि विभिन्न प्रकारका रहेका छन्। अहिले नेपालमा मिर्गौला पत्थरीको अत्याधुनिक प्रविधिमार्फत सजिलै शल्यक्रिया गरेर निकाल्न सकिन्छ । कुन बिरामीलाई कस्तो खालको प्रविधि उपयुक्त हुने डाक्टरले बिरामीको अवस्था, पत्थरीको साइज तथा कत्तिको गाह्रो ठाउँमा छ त्यस अनुसार निर्धारण गर्छन ।  मिर्गौला पत्थरीको सम्पूर्ण उपचार नेपालमै सम्भव छ र अन्य देशको तुलनामा निकै सर्वसुलभ पनि रहेको छ ।केही वर्षयता नेपालमा आधुनिक प्रविधिद्वारा जस्तोसुकै पत्थरीको पनि उपचार सम्भव भएको हाे ।

माथि उल्लेख गरे बमोजिम मिर्गौलामा पत्थरी हुने ८० प्रतिशत कारण हाम्रो वशमा छैन्। तर २० प्रतिशत कारणचाहिं हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित छ । त्यसैले पत्थरीको समस्याबाट जोगिन हामीले नुनको सेवन कम गर्ने, शारीरिक व्यायाम गर्ने, मोटोपन हुन नदिने, तिर्खा नै नलागे पनि प्रसस्त पानी पिउने, पिसाब रोकेर नबस्ने, उच्च रक्तचाप तथा मधुमेह भएमा नियन्त्रणमा राख्ने एवम प्रोटिनयुक्त खाना कम खाने गर्नुपर्छ ।

मिर्गौलामा पत्थरी भएकाले त वर्ष वर्षमा अल्ट्रासाउन्ड वा आवश्यक परेमा सिटी स्क्यान गरेर फेरि पत्थरी भए नभएको जाँच गर्नुपर्दछ भने केही समस्या नभएकाले पनि वार्षिक रुपमा मिर्गौलाको जाँच गर्नुपर्छ ताकी यदि केही समस्या भइहालेमा सुरुकै अवस्थामा पत्ता लाग्छ ।

(वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा. खड्गी कुपन्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डाेयुरोलोजीमा कार्यरत छन्। उनी सो इन्स्टिच्युटका मेडिकल डाइरेक्टर समेत हुन्।) 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या