बाथरोग के हो र कसरी बच्ने ? यस्ता छन् डा. अरुण गुप्ताका सल्लाह

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो। जब हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउँछ त्यसपछि बाथ रोग देखा पर्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुराएर समयमै उपचार नगरेमा अपांग समेत बनाउने गर्छ । बाथरोग धेरै प्रकारका हुन्छन्। त्यसको प्रकार अनुसार विभिन्न भिन्न खालका लक्षण देखाउँछन्। तर सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नीहरु दुख्ने, सुन्निने र हिंडडुलमा समस्या हुने हो । यसले जोर्नी बाहेक शरीरका भित्री अंगहरु मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजोलाई हानी गर्न सक्छ। समयमा सही उपचार नपाए बाथरोगले अपांग बनाउने मात्र होइन ज्यानसमेत लिने गर्छ। बाथ रोगलाई तराई तिर गठिया रोग भनेको पाइन्छ ।
यो भर्खर जन्मेको नवजात शिशु देखि लिएर ८० \९० वर्षका मानिसमा समेत हुने रोग हो। प्राय यो रोग माहिलामा बढी हुने गर्दछ। नवजात शिशुदेखि १० वर्षको उमेरका बच्चा बाथ देखियो भने यसलाई जुभिनाइल आरथ्राइटिस भनिन्छ । यो बाल्यकालमा हुने बाथ हो । त्यसै गरी यो एडल्ट र उमेर ढल्केका मानिसमा पनि हुने गर्छ । त्यसैले यो जोसुकैलाई र जुनसुकै उमेरमा पनि हुन सक्ने रोग हो ।
यो के कारणले हुन्छ ?
यो रोग यहि कारणले नै लाग्ने गर्दछ भनेर अहिले सम्म पत्ता लाग्न सकेको छैन । यो कुनै जीवाणु र किटाणुले गर्दा हुने रोग होइन। यो कुनै संकमक रोग पनि होइन । यो अटो इम्युन रोग हो । यसले हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिएर शरीरमा आघात पुराउने काम गर्छै । त्यसपछि शरीरमा बाथको उत्पत्ति हुन्छ । यो रोग वंशाणुगत कारणले पनि हुनसक्छ । घरमा यदि कोहीमा बाथ देखिएको छ भने परिवारका अन्य सदस्यमा पनि देखा पर्न सक्छ।। ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा यो समस्या बढी देखिने गर्दछ।
यसका लक्षणहरू के के हुन ?
सामान्यतया यो दुखाइबाट हुने रोग भएको हुँदा यसको मुख्य लक्षण भनेको दुखाइ नै हो। शरीरको जुनसुकै अंगमा दुखाइको महसुस हुन्छ जस्तै हाडजोर्नी, टाउको, गर्दन, पाखुरा दुख्ने, चलाउन गार्हो पर्ने,औँलाहरु सुन्निएर दुख्ने, कुहिनो दुखेर चलाउन नमिल्ने आदि जस्ता पनि बाथका लक्षण हुन्। यसैगरी बिहान उठ्दा हाडगोडाको जोर्नी सुनिने, दुख्ने वा कक्रक्क हुने समस्या पनि हुन्छ जसले हिडँडुल गर्न, उठ्न बस्न नै समस्या पार्दछ। जसरी दिन बित्दै जान्छ यसले हड्डीलाई मात्र नभएर मुटु, फोक्सो, कलेजो, आँखा चारै तिर असर गर्दछ । जस्तै फोक्सोमा यो समस्या देखियो भने पछि गएर खोकी लाग्ने, स्याँ स्याँ बढ़ने आदि समस्या निम्त्याएर फोक्सोलाई नै यसले नष्ट पारिदिन्छ। यसको लक्षण सबै उमेर समूहका व्यक्तिमा एउटै हुने गरेको पाइन्छ। परिक्षण गराएपछि मात्र थाहा हुन्छ कि कसलाई कुन खालको बाथ छ भनेर।
नेपालमा बाथ रोगको अवस्था कस्तो छ ?
आजभन्दा बीस \तीस वर्ष अगाडि यो रोगलाई अभिशाप को रूपमा लिने गरिन्थ्यो । मानिसहरु बाथ रोगकाबारेमा अनभिज्ञ जस्तै थिए । यो रोग सम्बन्धी चिकित्सक छैनन् र यसको कुनै उपचार छैन भनेर परम्परागत औषधिमौ निर्भर हुने प्रचलन थियो। तर अहिलेको अवस्था हेर्ने हो भने मानिसमा जन चेतना बढदै गइरहेको छ। बाथसम्बन्धी विज्ञहरू पनि बढ्दै गइरहेका छन्। पहिलोको अवस्था हेरेर अहिले अवस्था सन्तोषजनक पाइन्छ। यसलाई हामीले आफ्नै देशमा उपचार गरेर बिरामीलाई सुविधा दिन पाइरहेका छौं । पहिले जस्तो औषधि नै हुँदैन ,चिकित्सक पनि छैनन भन्ने अवस्था चाँहि अहिले रहेन। तर कतिपय विकट ठाउँहरुमा जनचेतनाको कमि अझै पनि रहेको पाइन्छ ।
यसको समयमै उपचार गरिएन भने कस्ता जटिलता निम्त्याउँछ ?
कुनै पनि रोगको समयमै उपचार गरिएन भने त्यसले भयावह स्थिति सृजना गर्न सक्छ । मानिसमा अझै पनि जन चेतनाको कमी छ। औषधि सेवन गरेर आफुले आफुलाई बचाउनु र कुज्जिएर बस्नुमा धेरै फरक पर्दछ । दिन प्रति दिन बाथ रोगको चाप बढ्दो छ । समयमा यसको अपचार गरिएन भने हड्डीहरु कुज्जिने, बांगिने गर्दछ साथै मेरुदण्डको हड्डीहरू बांगिने भैदिन्छ । त्यसैगरी हड्डीबाट सुरु हुँदै मृगौला, कलेजो, फोक्सो, आँखा समेतलाई यसले असर गर्दै जान्छ। । यो प्राणघातक पनि हुन सक्छ । जति सक्दो चाँडो उपचार गरियो भने यस्ता जटिलताबाट जोगिन सकिन्छ ।
बाथमध्येको यूरिक एसिडमा धेरै नै खाना बार्नुपर्ने हुन्छ । त्यसैगरी सबै खालका बाथमा चिसो बाट बच्ने, मोटोपनलाई नियन्त्रण गर्ने, शारीरिक क्रियाकलापमा जोड दिने हो भने यसबाट हुने जटिलताबाट धेरै हदसम्म बच्न सकिन्छ। राेग लागिसकेपछि औषधिको नियमित सेवन गर्नुपर्छ ।
प्रस्तुति : सिम्पल आचार्य
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा