‘शारीरिक र मानसिक तन्दुरुस्तीका लागि योग आवश्यक छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज अन्तर्राष्ट्रिय योग दिवस हो । हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।
आधुनिक युगमा विज्ञान तथा प्रविधिको तीव्र विकासले एक स्थानमा बसी मानिसहरु विभिन्न क्रियाकलापहरु गर्न सक्ने भएका छन्। पहिलेको तुलनामा अहिले मानिसहरु शारीरिक श्रमबाट टाढिदो अवस्थामा छन्। यसले शरीरमा यान्त्रिकता ल्याएको छ र मनलाई तनाव ग्रस्त बनाएको छ। जीवन पद्धतिमा आएको यो निष्कृयताले मानिसमा अनेकौं रोगहरु देखिएका छन्। यस्तो अवस्थामा योगले महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्दछ। योग भनेको एउटा जीवनशैली हो। मानिसहरुलाई सहि तरिकाबाट जीवन जिउन सिकाउने एउटा अनुशासन हो। अहिलेको तनावग्रस्त जीवनबाट छुट्कारा पाएर,कसरी यसलाई सन्तुलित र सुखी बनाउन सकिन्छ भनेर गरिने अभ्यास नै योग हो। यसको लोक प्रियता दिनदिनै बढ्दो क्रममा छ। यसको अभ्यास गर्दै जाँदा सकारात्मक पक्ष बढि भएको पाएपछि यसको माग अझैँ बढ्दै गएको पाइन्छ। योगले मानिसको जीवनशैली सकरात्मक रुपमा अघि बढाउनका साथ साथै चित्त शुद्धि गर्न महत्व भूमिका खेल्ने हुदाँ यसको अभ्यास बढ्दै गएको पाइन्छ। योग एउटा मानिसको हासि खुशी जीवनको लक्ष्य हाँसिल गर्न सहयोग पुर्याउन अभ्यास होे। जीवन पद्दतिमा सहजता ल्याएर मानिसमा हुने नकरात्मक्तालाई शुद्दिकरण गर्ने अभ्यास योग हो।
कुन समयमा कसरी गर्दा उचित हुन्छ ?
योग गर्ने कुनै पनि निश्चित समय तोकिएको हुदैँन्। आफूले कस्तो खालको अभ्यास चाहिने हो सोही अनुसार आफूलाई सहज हुने समयमा गर्न सकिन्छ। शारीरिक, मानसिक, शरीर शोधनका लागि बिहानको समयमा गर्दा उचित माािन्छ। योजीवनशैलीकै रुपमा मानिने हुँदा यसलाई आफूले चाहे बमोजिम गर्न मिल्छ। यसलाई योगको पद्दति अनुसार गर्दा उचित हुन्छ। योग गुरुको सल्लाह अनुसारगर्न सकिन्छ। कुनै योग खाली पेटमा गर्ने खालको हुन्छ भने कुनै खालीपेटमा। कुनै पानी पिउँदै गर्नु पर्ने खालको हुन्छन्। कुनै पनि योग गर्दा आफू खुशी गरियो भने त्यसले नकारात्मक नतिजा निम्त्याउन सक्छ। समयर तरिका भनेको आफूले कस्तो खालको अभ्यास गर्ने हो त्यसमा भर पर्ने कुरा हो।
कुन उमेर समूहले गर्ने ?
भनिन्छ कुनैपनि कुरा गर्नका लागि उमेरले छेक्दैन्। त्यसैगरी योगको लागि पनि उमेर यति उति भन्ने हुदैँन्। अहिलेको अस्वस्थ जीवनशैलीका कारण सबै उमेरका समूह ग्रसित छन्। मानसिक पिडा, नकरात्मक भावना, अस्वस्थ खानपिन आदिले सबैलाई सिकार बनाएको छ। त्यसैले योग बुझ्ने मानिसले यसको अभ्यास बच्चा देखिनै गर्न सक्छ। सानै उमेरबाट यसको अभ्यासमा लागियो भने यसले दिगो समय सम्म जीवनलाई सकारात्मक बनाउँन सक्छ।
के के छन् त यसका फाइदाहरु ?
योगले मानसिक, शारीरिक तनावबाट मुक्त गराउँदछ।
यसले मानिसमा आउने नकारात्मक भावना,सोचलाई नियन्त्रण गर्न मद्दत गर्छ।
सामाजिक सम्बन्धहरुमा सुधार ल्याउँदै विकृतिका कुराहरु अन्त्य गर्छ ।
सकारात्मक सोचलाई सुदृढ गर्दै जीवनलाई सकारात्मक तरिकाबाट जिउँन सहयोग पुर्याउँदछ।
डिप्रेसन जस्तो जटिल रोगबाट निस्किन सहयोग गर्नुका साथै आत्महत्या जस्तो दुस्प्रयासलाई पनि नियन्त्रण गर्छ
चित्त शुद्दिकरणी गर्दै व्यक्तित्व विकासमा मद्दत गर्दछ।
यसले विभिन्न नसर्ने रोगबाट हुने असहजतालाई पनि नियन्त्रण गर्दछ।
यसले मनोशारीरिक रोगलाई नियन्त्रण गर्दै जीवन व्यवस्थापनमा पनि सहजता दिलाउँदछ।
योग गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरु
कुनै पनि कुराहरु गर्दा ध्यानपूर्वक अथवा सतर्कता अपनाएर गरेको राम्रो हुन्छ। योग गर्दा पनि शरीरमा विभिन्न खालका वाधाहरु आउँने हुँदा केही कुराहरुमा ध्यान दिन जरुरी छ। योग गर्दा आफ्नो शारीरिक क्षमता अनुसारको अभ्यास रोज्न अत्यन्तै जरुरी हुन्छ। आफूले कस्तो खालको अभ्यास गर्ने त्यसमा ध्यान दिन जरुरी हुन्छ। योग गर्दा ज्यान तताउँने आसनहरु गर्नु अघि शरीरलाई शोधन गर्न आवश्यक पर्दछ। जथाभावी शरीरलाई चहलपहल नगराउने जस्ता कुराहरुमा ध्यान दिन जरुरी छ। गर्भवती महिलाले योग गर्दा घोप्टेर अभ्यास गर्नु भएन, घुँडा दुख्ने मानिसहरुले योग गर्दा उफ्रिएर गर्ने खालको, घुँडालाई दबाब पार्ने अभ्यास गर्नु भएन। त्यसैले योग अभ्यास गर्दा सधैँ योग गुरुको सल्लाह बमोजिम नै गर्दा उचित हुन्छ।
योग तथा प्राकृतिक चिकित्सक डा क्षितीज बराकाेटीसँग कुराकानीमा आधारित :
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा