Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कामकाजी महिलामा थाइराइडको समस्या बढी (भिडियोसहित)

कामकाजी महिलामा थाइराइडको समस्या बढी (भिडियोसहित)

हेल्थ टिभी अनलाइन : थाइराइडको समस्या महिलाहरुमा बढ्दो अवस्थामा देखिन्छ । हुन त थाइराइड आफैमा रोग नभएर यो एउटा हाम्रो शरीरको अंग हो । जुन पुतली आकारको हुन्छ र घाँटीमा रहेको हुन्छ । यसले हाम्रो शरीरलाई चाहिने हर्मोन उत्पादन गर्ने काम गर्छ । जुन हाम्रो शरीरका लागि अत्यन्त आवश्यक पर्छ । थाइराइड हर्मोनको काम शरीरको वृद्धि र विकासमा मद्दत गर्नु हो त्यसैले यसमा गडबडी भएमा शरीरमा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छन्।

थाइराइड ग्रन्थीले कहिलेकाहीं कम वा बढी हर्मोन उत्पादन गर्न सक्छ । यस्तो अवस्थालई हामी थाइराइडको समस्या भयो भन्ने गर्छौ । थाइराइड ग्रन्थीले हर्मोन कम उत्पादन गरे पनि समस्या हुन्छ भने यसले बढी उत्पादन गर्दा पनि समस्या देखिन्छ । त्यसैले यसको समस्या हेरेर उपचार गर्नुपर्ने हुन्छ । कम हर्मोन उत्पादन हुने अवस्थालाई हाइपो थाइराइड र बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपर थाइराइड भन्ने गरिन्छ । यो समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । ९ जना महिलामा थाइराइडको समस्या देखिंदा एक जना पुरुषमा मात्र समस्या देखिन्छ । यसो हुनुको कारण महिलाको शरीरमा विभिन्न चरणमा ‘हर्मोनल’ परिवर्तन हुनु हो । जुन परिवर्तन पुरुषमा अत्यन्त कम हुन्छ ।

एक अध्ययन अनुसार महिलाहरुमा पनि १८ देखि ३८ वर्षका महिलाहरु जो कामकाजी छन् उनीहरुमा यो समस्या बढी देखिएको छ । यो उमेरमा पनि विवाह भइसकेका र बच्चा भइसकेका महिलामा बढी समस्या देखिएको छ । यो समयमा किन समस्या देखियो भन्ने हो भने यो बेला महिलाको शरीरमा धेरै परिवर्तनहरु देखिन्छन्। यही बेला महिला महिनावारी हुने, विवाह हुने, बच्चा हुने, अफिस गर्नपर्ने लगायतका कुराले जीवनशैली परिवर्तन हुन्छ । यसमा पनि कामकाजी महिलामा थाइराइडको समस्या बढि देखिएको छ । यसमा घर परिवार र कार्यालयको कामको बोझ र यसले उत्पन्न हुने तनावलाई प्रमुख कारण मानिएको छ ।  त्यसैले यो उमेरमा बढी हर्मोनमा परिवर्तन आउने हुनाले यो समयमा बढी समस्या देखिएको निस्कर्ष निकालिएको छ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । ९ जना महिलामा थाइराइडको समस्या देखिंदा एक जना पुरुषमा मात्र समस्या देखिन्छ । यसो हुनुको कारण महिलाको शरीरमा विभिन्न चरणमा ‘हर्मोनल’ परिवर्तन हुनु हो । जुन परिवर्तन पुरुषमा अत्यन्त कम हुन्छ ।

थाइराइडको लक्षणको कुरा गर्दा कुन प्रकारको थाइराइड हो त्यसमा भर पर्छ । यदि थाइराइडको हर्मोन कम भएमा एक्कासी तौल बढ्ने, अत्यधिक थकान महशुस हुने, कपाल धेरै नै झर्ने, छाला सुख्खा हुने, महिनावारीको गडबडी, गर्भ रहन समस्या हुने लगायतका लक्षण देखिन्छ। यसैगरी थाइराइडको हर्मोन बढी भएमा तौल घट्दै जाने, पसिना धेरै आउने, दिसा लागिरहने, घाँटीमा घाउ हुने, मुटुको चाल बढ्ने, हात तथा पैताला पोल्ने जस्ता लक्षण देखिने गर्छन । थाइराइडको क्यान्सर पनि अर्को समस्या हो । तर थाइराइडको क्यान्सरलाई सजिलो क्यान्सरको रुपमा लिइन्छ । यो धेरै हदसम्म पूर्ण रुपमा निको पार्न सकिन्छ ।

खुशीको कुरा त के छ भने थाइराइड यस्तो रोग हो जसमा धेरै डराउन पर्दैन । यो समयमै पहिचान गरी उपचार गरेमा नियन्त्रण हुन्छ र यसले धेरै दुख दिंदैन्। यसको सम्पूर्ण उपचार नेपालमै सम्भव छ ।

तर धेरै बिरामी  थाइराइड भन्दै डराएको पाइन्छ । त्यति धेरै डराउनपर्ने रोग हैन यो । के चाहिं हो भने थाइराइड एकपटक समस्याको रुपमा देखिसकेपछि यो निर्मूल नै हुन सक्ने भन्ने होइन । यसलाई नियन्त्रणमा मात्र राख्ने हो । नियमित डाक्टरको सल्लाह बमोजिम औषधिको सेवन गर्ने, जीवनशैली परिवर्तन गर्दै आहार, विहार र विचारमा परिवर्तन गर्न सके यो सजिलै नियन्त्रण हुन्छ ।

थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा शाक्य, आरुस लाइफस्टाइल हस्पिटलमा कार्यरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या