Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ

इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ

हेल्थ टिभी अनलाइन : आज मार्च ३ अर्थात विश्व श्रवण दिवस हो । विश्वभरी नै मार्च ३ मा श्रवण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा जीवनभर सुन्नका लागि सुनाइको हेरचाह गरौं भन्ने नाराका साथ मनाइँदैछ ।

कानले सुन्नसक्ने क्षमता नहुनुलाई बहिरोपना भनिन्छ। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अनुसार १४ वर्षभन्दा बढी उमेर भएका मानिसमा ४० डेसिबलभन्दा माथि ‘हेयरिङ लस’ छ भने बहिरोपना भनिन्छ। १४ वर्षभन्दा कम उमेरकामा ३० डेसिबल भन्दा कम कान सुनिन्छ भने बहिरोपना हुन्छ। यसको अर्थ के हो भने बहिरोपना जुनसुकै उमेरका मानिसमा पनि हुनसक्छ। बच्चा जन्मिँदै बहिरोपना लिएर आउने अवस्था पनि हुनसक्छ।

अचेल प्रविधिको विकासका कारण घरबाहिर निस्किँदा गीतसंगीत सुन्दै हिँड्ने चलन बढेको छ। स्कुल कलेज वा कार्यालय जाँदा आउँदा प्रायले कानमा इयरफोन घुसारेको देख्न पाइन्छ। मर्निङ वाक गर्नेले समेत इयरफोनमार्फत संगीत वा समाचार सुन्दै हिँडेको पाइन्छ। यतिसम्म कि दुर्घटना हुनसक्ने तथ्यलाई ख्यालै नगरी सवारीसाधन चलाउँदासमेत कानमा इयरफेन लगाइरहेका हुन्छन्। इयरफोनमा गित सुन्ने बानी छ भने इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ।
कतिपय किशोरकिशोरी र युवायुवती कोठा बन्द गरेर ठूलो स्वरमा म्युजिक सिष्टम बजाएर आनन्द लिने गर्छन्। कतिपय भने बाध्यतावस ध्वनिप्रदूषण हुने कलकारखानामा काम गर्छन्। चाहेर पनि उनीहरू यसबाट मुक्त हुन सक्दैनन्। यिनै कारण कानले सुन्ने क्षमतामा ह्रास आउँछ। बहिरोपनाको सम्भावना हुन्छ। हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन् ।

कतिपय बच्चाहरुको कानको समस्या वंशाणुगत हुन्छ। गर्भमा रहँदा आमालाई विभिन्न किसिमका गम्भीर रोगले आक्रमण गर्यो भने पनि बच्चामा बहिरोपना हुन्छ। कतिपयको सन्दर्भमा कानमा हेलचेक्र्याइँ र बेवास्ताका कारण पनि बहिरोपना हुनसक्छ। भन्नुको अर्थ के भने, कानमा केही समस्या आउँदा आफूखुशी अन्दाजको भरमा गर्दा पनि बहिरोपना हुनसक्छ। कानको जालीभित्र पानी जम्दा वा चिकित्सकको सल्लाहविना कानमा विभिन्न किसिमको औषधि वा तेल प्रयोग गर्नाले कानमा विभिन्न समस्या निम्ताउन सक्छ।

सुन्ने क्षमता कम भएको कसरी थाहा पाउने

कसैले बोलाउँदा नसुन्ने, एउटै कुरा बारम्बार भनिरहनुपर्ने, रेडियो, टेलिभिजनको भोल्युम बढाउनुपर्ने, फोनमा कुरा गर्दा नसुन्ने चर्को स्वरमा भन्नुपर्ने अवस्था बहिरोपना हुनसक्छ।

उपचार

बहिरोपनाको उपचार नेपालमा पनि सम्भाव छ। कानमा समस्या आएको खण्डमा हामी श्रवणयन्त्र दिन्छौँ। कानै नसुन्ने अवस्था भएको खण्डमा सर्जरीको माध्यमबाट उपचार गर्नुपर्छ। बच्चाको सन्दर्भमा कान सुन्ने क्षमता कम छ भने ‘एयर डिभाइस’ प्रयोग गरेर मात्र हुँदैन। त्यस्तो समयमा सर्जरीको आवश्यक पर्छ। कानका कतिपय समस्या औषधिको प्रयोगले सजिलैसँग समाधान हुन्छ। इन्फेक्सन वा जाली नै प्वाल परेको अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ।

अन्त्यमा

बुझ्नुपर्ने कुरा के भने, कान पनि शरीरको महत्त्वपूर्ण अंग हो। यसको सरसफाइमा अन्य अंगको जस्तै ध्यान दिनुपर्छ। कानमा जथाभावी औषधि प्रयोग गर्ने वा चिलाउँदा अनावश्यक वस्तुले कोट्याउने गर्नुहुँदैन। कानमा सानो समस्या देखियो भने पनि विशेषज्ञलाई देखाउनुपर्छ।

डा दिपेन्द्र श्रेष्ठसँग कुराकानीमा आधारित :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या