Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भ खेर गइरहनु वंशाणुगत कारणले पनि हुनसक्छ

गर्भ खेर गइरहनु वंशाणुगत कारणले पनि हुनसक्छ

हेल्थ टिभी अनलाइन : ‘रिकरेन्ट प्रेग्नेन्सी लस’ अर्थात बारम्बार गर्भ खेर जानु भनेको दुई वा दुई भन्दा बढी बच्चा खेर जाने समस्या भनेर बुझिन्छ । महिलाको पेटमा बच्चा बसेदेखि ९ महिना पुगेपछि बच्चाको जन्म हुन्छ । तर यहीवीच विविध कारणहरुले गर्दा बच्चा जन्मन नपाई खेर जाने हुनसक्छ । यस्तो अवस्थालाई सामान्य बोलीचालीको भाषामा बच्चा खेर वा गर्भ खेर वा मिसक्यारेज भन्ने गरिन्छ ।

यसरी गर्भ खेर जानुका एउटा मात्र नभई अनेकौं कारण हुनसक्छन्। ती कारणहरुमध्येको एउटा कारण हो जेनेटिक डिजिज अर्थात वंशाणुगत \आनुवांशिक अवस्था वा रोग । आमा वा बुवामा कुनै किसिमको आनुवांशिक अवस्था पहिलेदेखि नै छ भने जन्मने सन्तानमा पनि यो सम्स्यासँगै आउन सक्छ तसर्थ आनुवांशिक रोगहरुका कारणले पनि बच्चा नबस्ने वा खेर जाने गरेको पाइन्छ । यदि दुईपटक भन्दा बढी बच्चा खेर गएमा यतिकै बस्ने भन्दा पनि यसको कारण खोज्नतर्फ श्रीमान श्रीमतीले बेलैमा पाइला चाल्नुपर्ने हुन्छ ।

गर्भ रहेर पनि दुई वा दुई भन्दा बढी बच्चा खेर गएको अवस्थामा खेर गएको मटेरियलको जाँच गर्नु अति आवश्यक छ । यो जाँचबाट त्यो बच्चा आनुवांशिक अर्थात वंशाणुगत रोगहरुको कारणले गर्दा खेर गएको हो वा होइन भनेर बुझ्न सकिन्छ । जसले गर्दा अगाडीको बच्चा कसरी प्लान गर्ने भन्नेबारे उपयुक्त तयारी र परामर्श लिन सकिन्छ । यदि कसैले खेर गएको मटेरियलको जाँच गराउनुभएको छैन् भने आमा वा बुवाको जाँच पनि गर्न सकिन्छ । अहिले बच्चा प्लान गर्नुअघि नै विशेषज्ञ डाक्टरको सल्लाह लिने चलन बढ्दै गएको छ । जसलाई हामी ‘प्रि कन्सेप्सनल काउन्सिलिङ’ भन्छौं । यो अत्यन्त आवश्यक कुरा हो । यसले श्रीमान श्रीमतीमा कस्ता किसिमका रोगहरु छन्। त्यसको ती रोगका कारण बच्चामा पर्न सक्ने असरकाबारेमा छलफल गरी परामर्श लिन सकिन्छ । यसैगरी पारिवारिक रुपमा पनि हजुरबुवा, हजुरआमा, फुपु, मामा, काका आफना नजिकको नाता पर्नेमा यदि कुनै वंशाणुगत रोग छ छैन् एकिन गरेर सोही अनुसर कदम चाल्न सकिन्छ । यति त्यस्तो समस्या परिवारमा भएमा बच्चामा आउनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक जाँच गरी ढुक्क बन्न सकिन्छ ।

यसैगरी बच्चा कन्सिभ गर्न ध्यान दिनुपर्ने कुराहरुको सल्लाह डाक्टरबाट लिन सकिन्छ । त्यसैले बच्चा प्लान गरेका हरेक दम्पत्तीले यो अनिवार्य रुपमा गर्नुपर्ने काम हो । सल्लाह लिन एकदम खर्चिलो हुने होइन त्यही भएर बच्चा प्लान गर्नुअघि सबै जना यस्तो परामर्श लिएमा भविष्यमा आउनसक्ने समस्याबाट जोगिन सकिन्छ । यही कुरा थाहा नहुँदा धेरैले दुख पाएकाे देखिन्छ ।

नेपालमा सो जाँचको लागि खेर गएको मटेरियलको जाँच गर्दा १५ देखि २० हजार र आमा बुवाको जाँच गर्दा जम्मा १० हजार रुपैयाँ पर्न आउँछ । यो अन्य देशहरुको तुलनामा निकै सस्तो हो । यो जाँच नेपालमा नै गर्न सकिन्छ र भइरहेको पनि छ । आमा र बुवाको अथवा कपलको गरिने जाँच ‘क्यारोटाइप’ हो भने खेर गएको मटेरियलको जाँच ‘नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ’ बाट गरिन्छ ।

खेर गएको मटेरियलको जाँच गरेर यदि आनुवांशिक कारणले हो भने त्यसलाई आउने बच्चामा हुन नदिन प्रक्रियाहरु गर्न सकिन्छ । यदि जाँचमा कुनै किसिमको अन्य खराबी देखिएन भने आनुवांशिक रोगले बच्चा खेर गएको रहेछ भन्ने बुझिन्छ । त्यसै अनुरुपमा अगाडीको बच्चाको प्लान गर्न सकिन्छ । बच्चा कन्सिभ गर्नुअघि आमा बुवाले जाँच गराैं साथै आउने बच्चामा आनुवांशिक रोग हुन्छ की हुँदैन भनेर परामर्श लिएर ढुक्क बनौं ।