Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेहका बिरामीले दशैंमा कसरी मिलाउने खानाको सन्तुलन ?

मधुमेहका बिरामीले दशैंमा कसरी मिलाउने खानाको सन्तुलन ?

हेल्थ टिभी अनलाइन : मधुमेह रोग जीवनभरको साथी हो। एकपटक आएपछि यसले कहिल्यै तपाइँको साथ छोड्दैन। त्यसैले दशैँजस्ता चाडबाडमा यसले केही गर्दैन भनेर खानपानमा लापरबाही गर्ने छुट तपाइँलाई छैन।

मेरो अनुभवमा हालसम्म दशैँ तिहारपछि मधुमेहका रोगीहरु अस्पताल आउने क्रम ह्वात्तै बढ्छ। चाडबाड त हो भनेर हेलचेक्र्याइँ गर्दा शरीरलाई पनि दुःख, पैसा पनि खर्च हुन्छ। त्यसैले मधुमेह रोगीहरूले चाडबाडमा त झन् विशेष ध्यान दिन जरुरी छ। अरु व्यक्तिले ध्यान दिनुपर्दैन भन्ने होइन, मधुमेह भइसकेका व्यक्तिले अझ बढी सतर्कता अपनाउनुपर्छ।

विशेषगरी माछामासु खानेहरूले दशैँ भनेकै ठूलो खसी वा बोका मार हान्ने र टन्न मासु खाने चाडको रूपमा बुझ्छन्। यसको अर्थ मधुमेहका बिरामीले मासु खान नै हुँदैन भन्ने होइन। मासु खान मन लाग्छ भने ताजा र स्वस्थ मासु राम्ररी पकाएर एक दुई टुक्रा खान हुन्छ । तर धेरै परिमाणमा र एकैपटक प्रशस्त मसला हालेर खाँदा यसले ‘सुगर लेभल’ मात्रै होइन ‘कोलेस्टरोल’ समेत बढाउँछ। त्यसैले मसला कम हालेको थोरै मात्रा मिलाएर खान सुझाव दिइन्छ।

दशैँमा टीका लगाउने भन्दै धेरैबेर भोको पेट बस्ने चलन छ। मधुमेहका बिरामीले खाली पेट बस्नै हुँदैन। त्यसैले घरमा जे पाकेको छ थोरै मात्र भए पनि खानुपर्छ। अन्यथा ‘सुगर’ गडबडी भएर बेहोश हुने सम्भावना हुन्छ ।

यसरी मासु खाँदा सागसब्जी अलि धेरै खाने गरे पाचन प्रक्रिया अलि सहज हुन्छ। मासु खाँदा मुलाको अचार खान सकिन्छ। मधुमेहका बिरामीले बट्टामा गालेको अचार नखाएको राम्रो। यसले फाइदा भन्दा बढी बेफाइदा गर्छ। अर्को कुरा, यस्ता बिरामीले कोक, फेन्टालगायत पेय पदार्थ खानु हुँदैन। यिनमा गुलियोको मात्रा अत्यधिक हुन्छ। यसले मधुमेहरोगीलाई मात्र होइन सामान्य मानिसलाई समेत हानि गर्छ। यसको सट्टा कागती पानी खान सकिनछ। मधुमेहका बिरामीले गर्नै नहुने कुरा भनेको धूमपान र मद्यपान पनि हो।

दशैँमा टीका लगाउने भन्दै धेरैबेर भोको पेट बस्ने चलन छ। मधुमेहका बिरामीले खाली पेट बस्नै हुँदैन। त्यसैले घरमा जे पाकेको छ थोरै मात्र भए पनि खानुपर्छ। अन्यथा ‘सुगर’ गडबडी भएर बेहोश हुने सम्भावना हुन्छ ।

विशेषगरी माछामासु खानेहरूले दशैँ भनेकै ठूलो खसी वा बोका मार हान्ने र टन्न मासु खाने चाडको रूपमा बुझ्छन्। यसको अर्थ मधुमेहका बिरामीले मासु खान नै हुँदैन भन्ने होइन। मासु खान मन लाग्छ भने ताजा र स्वस्थ मासु राम्ररी पकाएर एक दुई टुक्रा खान हुन्छ । तर धेरै परिमाणमा र एकैपटक प्रशस्त मसला हालेर खाँदा यसले ‘सुगर लेभल’ मात्रै होइन ‘कोलेस्टरोल’ समेत बढाउँछ। त्यसैले मसला कम हालेको थोरै मात्रा मिलाएर खान सुझाव दिइन्छ।

मधुमेहका बिरामीले औषधि नियमित खानुपर्छ। चाडबाडमा आफन्तकोमा वा घुम्न जाँदा औषधि साथमा लिएर जानुपर्छ। औषधिको पोको बनाउनुस्। कतै जाँदा पनि नछुटोस्। औषधि खान नछोड्नुस्।

आफूले खाइरहेको औषधिको नाम सधैँ सम्झना राख्नुपर्छ। कतै जाँदा छुट्यो भने बाहिरै भए पनि लिन सकियोस्। यात्रा गर्दा घण्टौँ भोको पनि नबस्नुस्। जहाँ जे पाइन्छ, खान हुने कुरा खाइहाल्नुस्। साधारण पसलमा दही चिउरा मात्र खाँदा नि हुन्छ। भोको नबस्नुस्।

कसैकसैले अति नै मुख बार्ने गरेको पनि देख्छु। आलु खान हुँदैन, भात खान हुँदैन भनेर नखाने पनि हुनुहुन्छ। बार्ने नाममा अति गर्नु पनि आवश्यक छैन। आलु पिँडालु भात खान मिल्छ तर, मात्रा मिलाएर। आलुको अचार खान मन लाग्यो भने बरू भातको मात्रा अलि कम गरे भयो नि ।

छोराछोरीले टाढाबाट लिएर आएको मिठाइ पनि एक टुक्रा खान मिल्छ तर पेट भरेर नखानुस्। यसरी आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाड रमाइलोसँग मनाउन सकिन्छ। साथै वर्ष दिनमा एकपटक बाबुआमा भेट्न जाने छोराछोरीले दशैँ उपहारमा ‘होल बडी चेकअप’ गराइदिने बानी बसाल्न सके बुढाबूढीमा हुने स्वास्थ्य जोखिमबाट जोगाउन सजिलो हुन्छ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?