तीज पर्व र व्रत

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाम्रो समाजमा चाडपर्व विशेषमा व्रत बस्ने परम्परा छ। अन्न आदि बढी क्यालोरी प्राप्त हुने पदार्थ नखाई बस्ने प्रक्रियालाई व्रत अर्थात् ‘फास्टिङ’ भनिन्छ। फास्टिङ धेरै किसिमको हुन्छ।
पानीमात्र खाएर गरिने व्रत,फलफूल, जुस जस्ता सात्विक पदार्थ खाएर गरिने व्रत , पानी पनि नखाई गरिने इत्यादि। विशेषगरी हाम्रो समाजमा तीजमा पानीसमेत नपिई व्रत बस्ने परम्परा छ जसलाई ‘ड्राई फास्टिङ’ भनिन्छ।
व्रतहरुमा तीजमा बसिने व्रतलाई विशेष रुपमा हेरिन्छ । चाडपर्वकै वेला गरिने व्रतका क्रममा स्वास्थ्यमा ध्यान दिन जरुरी छ। आफूलाई कुन किसिमको समस्या छ, त्यो विचार पुर्याएर मात्र व्रत गर्न उपयुक्त हुन्छ। कुनै रोग छ भने फलफूल र जुसहरू लिएर गर्ने फास्टिङ प्रभावकारी हुन्छ। यो त भयो चाडपर्व विशेष गरिने फास्टिङको कुरा।
फास्टिङ स्वास्थयको हिसाबले एकदमै राम्रै हो। यो हाम्रो पूर्वी परम्परामा हजारौँ वर्षदेखि चलिरहेको छ। त्यसलाई बुझेर वा नबुझेर हामीले अँगालिरहेका छौँ। प्राकृतिक चिकित्सकका नाताले म भन्छु, हामीले फास्टिङ गर्ने तरिका मिलिरहेको छैन। व्रत बस्नाले शरीर हलुका भएको तत्काल महसुस हुन्छ । व्रत तरिका मिलाएर गर्दा यसले शरीरलाई फाइदा पुर्याउने भए पनि तरिका नमिल्दा भने उल्टो हानी गर्नसक्छ ।
कसरी गर्ने फास्टिङ
हामी प्राकृतिक चिकित्सकहरू स्वास्थ्यका दृष्टिले पनि फास्टिङ गर्नुपर्छ भन्छौँ। युवायुवती छन् भने फलफूल आदि नलिई पानीमात्र पिएर पनि फास्टिङ गर्न सक्छन्। यसलाई लामो र छोटो अवधिको गरी दुई भागमा बाँड्न सकिन्छ।
छोटो फास्टिङ भनेको एकदेखि तीन दिनसम्म हो। लामो फास्टिङ हप्ता दश दिनको हुन्छ। अर्को इन्टरमिडेट फास्टिङ भनेको एक दिन खाने अर्को दिन नखाने।
एक स्वस्थ र सामान्य मानिसलाई दैनिक कियाकलाप गर्नका लागि १८०० देखि २००० क्यालोरी चाहिन्छ। फास्टिङ गर्ने भनेको दैनिक रूपमा एकै किसिमले चलिरहेका हाम्रा शरीरका यन्त्रलाई केही विश्राम पनि दिनु हो। विश्राम दिने भनेको ठ्याम्मै बन्द नै गर्ने भनेको होइन। त्यसैले पानी र जुस मात्र खाँदा शरीरका यन्त्रहरूले आराम पाउँछन्। यसरी फास्टिङ गर्दा शरीरलाई ५०० क्यालोरी प्राप्त हुन्छ जुन शरीरका लागि पर्याप्त हुन्छ।
तर व्रत बस्ने नाममा हाम्रो समाजमा दूध, दूधको चिया, टन्न फलफूल र अन्य गुलिया पदार्थ लिने चलन देखिन्छ। त्यो कदापि राम्रो होइन। एकातिर व्रतका नाममा निस्क्रिय बस्ने अर्कातिर यस्ता पदार्थ खाने गर्दा शरीरलाई झन् भार पर्छ। फास्टिङको प्रक्रिया पूरा हुँदैन। शरीरमा बढी क्यालोरी पुग्छ। व्रत बस्नेले यो कुरामा विचार पुर्याउनुपर्छ। अर्को कुरा दिनभरी व्रत बसेर साँझ एकैचोटी टन्न खाना खान हुँदैन । यसले शरीरलाई हानी गर्छ । थोरै उसिनेको खानाबाट व्रत तोड्न पर्छ ।व्रत बस्ने सही तरिका जानेर मात्र बस्न सके स्वास्थ्यलाई पनि हानी हुदैन भने परम्परा पनि जिवित राख्न सकिन्छ । सकी नसकी अरुले के भन्ला भनेर चाहिं व्रत बस्न हुँदैन्।
प्राकृतिक चिकित्सक डा गिता केसीसँग कुराकानीमा आधारित (आर्काइभबाट)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights