Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

त्रिवि शिक्षण अस्पतालकी नर्सको मैनालीलाई पत्र : संक्रमितको उपचारमा खटिएकाको मनोबल गिराउने काम नगर्नुस्

त्रिवि शिक्षण अस्पतालकी नर्सको मैनालीलाई पत्र : संक्रमितको उपचारमा खटिएकाको मनोबल गिराउने काम नगर्नुस्

अस्मिता ढकाल

यतिबेला विश्व नै कोरोना महामारीका कारण आक्रान्त बनेको छ । नेपालमा पनि कोरोनाको दोस्रो वेभमा अझ बढी समस्या आयो । अस्पतालहरु संक्रमितले खचाखच हुन थाले भने भएका जनशक्तिलाई काम गर्न पनि मुश्किल परेको छ । यही बेला मैले एउटा लेख पढे जसमा शिर्षक थियो -‘त्रिवि शिक्षण अस्पताल : कोरोना विरामी माथि सेतो अपराधको कथा’ । रघु मैनालीले लेख्नु भएको रहेछ । म उहाँको बिरामीको सेवा गर्ने मध्येकी नर्स हुँ । त्यसैले पनि यो लेख पढेपछि केही नलेखी बस्न सकिन ।

उहाँले जे लेख्नु भएको छ ती सबै कपोलकल्पीत छन्। हो उहाँले आफनो आफन्त गुमाउनु भएको छ । त्यसमा हामी पनि दुखी छौं । हाम्रो चाहना अस्पताल आउने सबै बिरामी निको भएर जान सकुन भन्ने नै हुन्छ । उहाँको आफन्तप्रति श्रद्धान्जली पनि दिन चाहन्छु  र केही कुरा खण्डन पनि गर्न चाहन्छु ।

उहाँले लेख्नु भएका कुुुराहरु पढेर म त झसंग भएँ । डेढ वर्षदेखि दिनरात नभनी काम गरिरहेका अस्पतालका कोभिड संयोजक डा सन्तकुमार दासलाई जे लेख्नुभएको छ । त्यसमा मेरो ठूलो आपत्ति छ । उहाँसँगै काम गरिरहेको कर्मचारी भएको नाताले पनि म के दावी गर्छु भने थोरै स्रोत साधनमा उहाँले जे जस्तो काम काम गर्न परेको छ त्यो निकै ठूलो हो । उहाँले जानेर कसैलाई पनि चोट पुराउन भएको छैन् र हुन्न पनि । यो अस्पताल सार्वजनिक संस्था हो यसका आफनै लिमिटेसन हुन्छन् । कतिपय अवस्थामा भने जसरी काम गर्न सकिंदैन त्यो आफनो ठाउँमा छ तर जानी जानी सेतो कोट लगाएर बिरामी मारिरहेको भन्ने जुन आरोप लगाइएको छ यो असाध्यै आपत्तिजनक छ । थोरै स्रोत साधनमा कसरी काम गर्न परिररहेको छ त्यो हामी काम गर्नेलाई मात्र थाहा छ । यो डेढ वर्षमा एक दिन पनि बिदा नबसी काम गरिरहेका डाक्टरलाई यस्तो आरोप लगाउने अधिकार उहाँलाई कसले दियो ?

अर्को कुरा अस्पतालमा कमी कमजोरी हुनसक्छन । एकैचोटी धेरै बिरामी आउँदा जनशक्ति नहुँदा कहिलेकाहीं कमजोरी हुनसक्छन। लेखकले त्रिवि शिक्षण अस्पतालका कर्मचारीले अनावश्यक भत्ता खान्छन् भन्नु भएको रहेछ । कति भत्ता कसरी खाएका छन् भन्ने कुरा नबुझी सतही टिप्पणी कसरी गर्नुभयो। के आधार छ तपाइँसँग ?  हामी भत्ताका लागि हैन् आफनो जिम्मेवारी निभाइरहेका छौं । सबै जना डराएर घरभित्र बसेका बेला हामी नै हौं संक्रमितको उपचारमा खटिएका । हामीलाई कोठा भाडा समेत दिन आनाकानी गरेका बेला अस्पतालमै म्याट ओछ्याएर सुत्यौं तर बिरामीको सेवा रोकेनौं यो कुरा चाहिं कसले देख्ने । तपाइँले जे देख्नुभयो त्यो भन्दा धेरै फरक छ हाम्रो दैनिकी । अस्पतालमा १२ घण्टासम्म पीपीई लगाएर गुम्सिएर सेवा दिइरहँदा पनि आफ्नै अगाडी बिरामीको मृत्यु हुँदा त्यो पीडा हामीलाई पनि हुन्छ । तर हामी पीडा लुकाएर अर्को बाँच्न सक्ने बिरामीको सेवामा लाग्न बाध्य हुनसपर्छ । रोएर बस्ने समय पनि छैन हामीसँग । तर तपाइँलाई हामी निष्ठुरी लाग्छ ।

तपाइँको लेखले हामी त खत्तम हौं केही गर्दैनौं । तलब खान मात्र आएका हौं भन्ने बुझाउँछ । यसले आफनो ज्यानको बाजी लगाएर काम गरिरहेका म जस्ता तमाम स्वास्थ्यकर्मीका मनमा के होला भन्ने सोच्नुभएको छ ? लेख्न पाये भन्दैमा जे पनि नलेखेको भए हुने । यसले स्वास्थ्यकर्मीको मनोबल घटाउँछ बढाउँदैन । त्यसो त तपाइँले ढुंगा नै बर्साए पनि हामी आफनो सेवाबाट विचलित हुँदैनौं । तर यसरी काम गर्दा पनि यस्ता कुरा सुन्न पर्दा साहैै चित्त दुख्दो रहेछ । कोरोना त्रिवि शिक्षण अस्पतालमा ९५ प्रतिशत बिरामीको मृत्यु हुन्छ भनेर कसरी दावी गर्नुभयो ? यसले सिस्टममै ठूलो प्रश्न चिन्ह खडा गरेको छ । आक्रोसमा आएर कुरै नुबझी लेख्ने भन्दा पनि बुझेर लेख्नुभएको राम्रो हुन्थ्योकी लेखक ज्यू ।

अस्मिता ढकाल, नर्स – त्रिवि शिक्षण अस्पताल, महाराजगंज

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या