Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड र पोष्ट कोभिड अवस्थामा फिजियोथेरापीको महत्व

कोभिड र पोष्ट कोभिड अवस्थामा फिजियोथेरापीको महत्व

अनिल कुमार महतो

यतिबेला विश्व नै कोरोना महामारीको त्रासमा छ । सबै देशहरु कोरोना महामारी नियन्त्रणमा जुटिरहेका छन्। त्यसका लागि कतिपय देशहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । नेपालमा पनि कोरोनाको दोस्रो वेभ आएपछि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । जसका कारण अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन्। कोरोना महामारी आएदेखि नै हाम्रो जीवनशैली नै फरक भएको छ । जुन नर्मल थियो त्यसबाट हामी न्यु नर्मल लाइफस्टाइलमा जान बाध्य छौं । लकडाउनका कारण मानिसहरु घरबाहिर निस्कन पाएका छैनन्। शारीरक व्यायामहरुमा कमी आएको छ । जसले गर्दा ढाड दुख्ने, मसल पेन हुने, नशाको समस्या बल्झिने समस्याहरु पनि बढेका छन्। यो एकातिर छ भने अर्को तिर कोरोना संक्रमणको त्रासका कारण एन्जाइटी, त्रास, डिप्रेसन पनि बढ्दो क्रममा देखिएको छ । कोरोना संक्रमणमा परेका सिकिस्त संक्रमित जसले निकै दुख पाए उनीहरु अहिलो पनि एक किसिमको ट्रमामा रहेको पाइन्छ । त्यसैले यो सबैका लागि कोरोना भएका र नभएका सबैका लागि विशेष ख्याल गर्नुपर्ने समय हो ।

घरमा बस्दा के गर्ने त ?
जो पहिल्यैदेखि ढाड -नशाको बिरामी हुनुहुन्छ उहाँहरुले आफनो फिजियोथेरापिष्टसँग फोनबाट सर सल्लाह गरेर नियमित गर्नुपर्ने शारीरिक व्यायामहरु गर्नुपर्ने हुन्छ । लकडाउन छ होस् भनेर अल्छी गर्दा समस्या बल्झिन सक्छ । सुगर प्रेसर, दम लगायतका रोगका बिरामीले पनि आफनो शारीरिक व्यायामलाई घरमै निरनतरता दिन जरुरी हुन्छ । कस्तो कसरी एक्सरसाइज गर्ने वारेमा अहिलेको अप्ठेरो समयमा फिजियोथेरापिष्टहरुले नि: शुल्क अनलाइन परामर्श पनि दिइरहेका छन्।

कोरोना निको भएकाले कस्तो एक्सरसाइज गर्ने ? 

अहिले कोरोना संक्रमण भएर निको भएकामा पनि निकै समस्याहरु अर्थात ‘पोष्ट कोभिड समस्याहरु’ देखिएका छन्। यो बेला फिजियोथेरापीको निकै महतवपूर्ण भूमिका रहन्छ । कोरोना संक्रमण हुँदा भाइरसले शरीरलाई शिथिल बनाएको हुन्छ । मसलहरु कमजोर हुने समस्या पनि बढेको देखिन्छ पोष्ट कोभिडमा । त्यसैले यो बेला कोरोना नेगटिभ आयो भनेर ढुक्कसँग बस्न मिल्ने कुरा छैन्। धेरैमा कमजोरी हुने, थोरै हिंड्दा पनि स्वाँ स्वाँ हुने, निद्रामा समस्या हुने, आलस्य हुने जस्ता समस्या देखा परिरहेका छन्। यसलाई कम गर्नका लागि एकैपटक ठूलो र भारी एक्सरसाइजहरु गर्न हुँदैन्। यो बेला कोरोनाको आक्रमणका कारण शरीरका विभिन्न अंगहरु कमजोर भएका हुन्छन्। त्यसैले एकैपटक भारी काम गर्दा वा अभ्यास गर्दा झनै समस्या निम्तिन सक्छ । यो कुरा ख्याल गर्नैपर्छ । कोरोना संक्रमण भएको ३ देखि ६ महिनासम्म यसका असरहरु देखा पर्नसक्ने हुँदा यो बेला पनि खानपानदेखि एक्सरसाइजसम्म विशेष ध्यान दिन जरुरी हुन्छ ।

कोरोना निको भएकाले ‘सिम्पल ब्रिदिङ’ एक्सरसाइजबाट आफनो एक्सरसाइज शुरु गर्दा राम्रो हुन्छ । कोरोना संक्रमण हुँदा अक्सिजनको लेबल कम हुने हुँदा यो बेला कडा व्यायाम गर्दा शरीरले बढी इनर्जी र अक्स्जिनको डिमान्ड गर्छ त्यसैले यो बेला फिजियोथेरापिष्टको सल्लाह बमोजिम मात्र एक्सरसाइज गर्ने र बिस्तारै बढाउँदै लानु राम्रो हुन्छ । यसले अक्सिजन लेबल बढाउन मद्दत गर्छ ।

अर्को कुरा खानपानमा पनि एकदमै ध्यान दिनुपर्ने हुन्छ । लकडाउनका कारण धेरै जना घरमै छौं । घरमा हुँदा शारीरिक परिश्रम धेरै हुँदैन् त्यसैले यो बेला एकैपटक धेरै खान हुँदैन्। जुन पछि फ्याटको रुपमा जम्मा भएर मोटोपनको समस्या निम्तिन्छ । कोरोना भएका, नभएका र भइसकेको सबैले हाइ फाइबर डाइट खान जरुरी हुन्छ । सकेसम्म कार्बोहाइडेट कम खाएको राम्रो हुन्छ । यो बेला हरियो सागसब्जीहरु प्रसस्त पाइन्छ । खानामा सागसब्जी र फलफूल र सलादको मात्रा बढी राख्न पर्छ । हरेक खानामा सलाद नछुटाएको राम्रो । यसले क्यालोरीलाई मेन्टेन गर्ने काम गर्छ । यसैगरी खानेकुरासँगै प्रसस्त मात्रामा सफा पानी पिउनुपर्छ । दैनिक रुपमा कम्तीमा ३ लिटरसम्म पानी पिउनु राम्रो हुन्छ । योसँगै भिटामिन डी, भिटामिन सी, भिटामिन ई लगायतका सप्लिमेन्ट पनि लिन सकिन्छ । यसले शरीरको इम्युनिटी बढाउन सकिन्छ ।

घरमा बस्दा ठूला ठूला गमलाहरु उचाल्दा ढाडको समस्या भएर फोन गर्नेहरुको संख्या पनि बढ्दो छ । त्यसैले यी र यस्ता घरमा काम गर्दा विशेष ख्याल गर्नपर्छ । कोरोनाले शिथिल बनाएको शरीरले यस्ता कुराहरु धान्न सक्दैन् त्यसैले यो समयमा भारी कुराहरु कसैले पनि नउठाएको राम्रो ।

कोरोना संक्रमणबाट र यो पछि हुने जटिलताबाट बच्न तनाव नलिने, अहिलेको परिस्थिती केही समयलाई त हो भनेर पोजेटिभ सोच्ने, फिजियोथेरापिष्टसँग सल्लाह गरेर आफूलाई उपयुक्त हुने एक्सरराइजहरु गर्ने, खानेकुरामा ध्यान दिने, धुमपान मद्यपानबाट टाढै रहने गरेमा यसको जटिलताबाट बच्च सकिन्छ । साथै अहिलेको समयमा बाहिर निस्कदा मास्क लगाउने, सकेसम्म भिडभाडमा नजाने, हात धोइरहने गर्न पनि जरुरी छ ।

(वरिष्ठ फिजियोथेरापिष्ट महतो स्पार्क हेल्थ होम अस्पतालका फिजियोथेरापी विभाग प्रमुख हुन्।)

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या