Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड -१९ को उपचारमा सहयोगी : जलनेती उपचार विधि

कोभिड -१९ को उपचारमा सहयोगी : जलनेती उपचार विधि

समन सिंह बस्नेत

चीनको हुवाई प्रान्तको राजधानी वुहान सहरबाट फैलिएको कोरोना महामारीले बिश्वब्यापी रुपमा आक्रान्त पारी लाखौं मानिसको ज्यान गईसकेको छ । पछिल्लो समय हाम्रो छिमेकी देश भारतमा कोरोना भाइरसको दोस्रो लहर देखा परेको विवरण आईरहेको छ । हाल भारतमा दैनिक ३ लाख भन्दा बढी मानिसहरुमा कोरोनाको संक्रमण देखिनुका साथै दैनिक जसो २५ सय भन्दा बढि मानिसको मृत्युु भईरहेको छ भने १ लाख ९० हजार भन्दा बढी व्यक्तिहरुको मृत्यु भई सकेको छ । त्यहाँ कोरोना भाइरसको नयाँ भेरिएन्ट मात्र देखिएको छैन पहिला कोरोना संक्रमित भएर ठिक भएका मानिसमा समेत पुन: दोहरिएर कोरोना संक्रमण देखिन थालेको छ। यसले गर्दा नेपालको सिमावर्ती क्षेत्रमा कडाई र निगरानीको आवश्यक्ता देखिसकेको छ। नत्र भारतमा जस्तो नेपालमा पनि भयावह स्थिति नआउला भन्न सकिन्न तथापि नेपालमा पनि पछिल्लो समय सक्रिय संक्रमितको संख्या ३४ हजार भन्दा बढी पुगि सकेको छ । नेपाल सरकारले उपत्यकाका ३ जिल्लामा ७ दिनको निषेधाज्ञा जारी गरेको छ ।

सामान्यतः कोरोना भाइरस हाम्रो शरिरमा प्रवेश गर्ने प्रमुख अंगहरु भनेको नाक, मुख र आँखाहरुलाई मानिन्छ जसमध्ये नाकबाट लिएको स्वासले स्वास नलि हुँदै फोक्सो सम्म पुगि न्युमोनियाको जस्तै लक्षण देखा परि मानिसहरुको मृत्यु भईरहेको छ । यसरी नाकबाट प्रवेश भएको भाइरसलाई कसरी प्राकृतिक रुपमा नै नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गर्न गईरहेको छु ।

हाम्रो पुर्विय मौलिक परम्परागत चिकित्सा पद्धतिका आयुर्वेद , जडिबुटी , योग र प्राकृतिक चिकित्सा जो नेपाल भारत र तिब्बतीका बिचबाट जन्मिएको हिमवत् खण्डको जिवन्त परम्पराको रुपमा रहेको यस चिकित्सा पद्धतिमा प्राचिन कालदेखि हाल सम्म पनि आफ्नो छुट्टै महत्त्व रहेको रहेको र प्राचिन कालका ऋषि , महर्षिले प्रयोगमा ल्याईएका उपचार का विधि र पद्धति हाल पनि उत्तिकै महत्त्वपूर्ण र समय सान्दर्भिक रहेको देखिन्छ । हाल बिश्वब्यापी प्यानडेमिक रुपमा फैलिएको कोभिड- १९ बाट बच्नका लागि जडिबुटी , योग आयुर्वेद र प्राकृतिक चिकित्साका उपचार पद्धतिहरु उत्तिकै महत्त्वपूर्ण रहेको देखिन्छ । प्राचीन ऋषि हठयोगका प्रणेता घेरण्य ऋषिले शरिरको आन्तरिक र बाह्य सफाई र शुद्धतालाई विशेष रुपमा जोड दिंदै ६ वटा शरिर शुद्धिका बैज्ञानिक विधिको वर्णन गर्नु भएको छ जस्लाई षटकर्म भनिन्छ । यी ६ वटा बिधिको यसरी चर्चा गर्नु भएको छ ।

धौतिर्बस्तिस्तथा, नेतिस्त्राटकं, नौलिकं तथा कपालभातिश्चैतानि, षट्कर्माणि, प्रचक्षते भन्दै यी ६ बिधिहरु  धौति (वमन ), बस्ति  (एनिमा), नेती, त्राटक,  नौलि, कपालभाती ।

जसमध्ये यहाँ चर्चा गर्न लागिएको नेति एउटा यस्तो उपचार पद्धति हो जस्ले हाम्रो नाक , कान र घाँटी का समस्याहरुको उपचारका लागि अत्यन्तै सफल छ । नेतीको पनि दुई प्रकारको छन् । जस्तैः  जलनेती,  सुत्रनेती:
 जलनेती
यो जलनेती प्राचीन कालदेखि हाम्रो शरिरको नाक , कान र घाँटी सुदृढीकरणको एक महत्त्वपूर्ण विधि हो । यसले हाम्रो नाक भित्र रहेको फोहोर , धुलो तथा भाईरस र ब्याक्टेरियाका जिवाणुलाई सजिलै सँग बाहिर निकाल्न मद्धत गर्दछ । हाल बिश्वब्यापी रुपमा फैलिएको कोरना भाईरस हाम्रो शरिरमा प्रवेश गर्ने मुख्य मार्ग भनेको दुई नासिका  (नाक) भएको हुनाले जलनेतीको माध्यमद्धारा यी भाईरसलाई नासिकाबाट नै पखालेर बाहिर निकाली कोरोना भाईरसबाट बच्न र यसबाट हुने जोखिम न्युनिकरण गर्न अत्यन्तै सहयोगी छ ।

जलनेती  गर्नका निम्ति एक करुवा, १ लिटर उमालेर सेलाएको मनतातो पानी र एक चम्चा नुनको आवश्यक्ता पर्दछ । प्राचीन कालमा जलनेतीका लागि बनेको भाडाँ पाईन्थो जस्लाई नेपालीमा करुवा भन्ने गरिन्छ । आजभोली जलनेतीका लागि बनेका भाँडाहरु योग तथा प्राकृतिक चिकित्सालय र आयुर्वेद उपचार केन्द्रहरु मा किन्न पाईन्छ ।
जलनेतीको विधि
१. नेपाली केरुवा वा जलनेतीको भाँडोमा उमालेर सेलाएको शरिरको तापक्रम अनुसारको १ लिटर पानीमा १ चम्चा नुन मिलाउने ।
२.  नुन मिसाईको मनतातो पानीलाई करुवामा राखि बायाँ नाकको प्वालमा करुवाको टुटी राख्ने र शिर लाई बिस्तारै दाहिने तिर झुकाउने तब नाकको दाहिने प्वालबाट पानी निस्कान सुरु गर्दछ । यसबेला नाकबाट स्वास नफेरेर मुखबाट स्वास फेर्नु पर्दछ । यसबेला नाकबाट स्वास फेरेमा सर्किन सक्दछ । यसर्थ यो जलनेतीको अवधीमा नाकवाट स्वास फेर्नु हुँदैन ।
३. यसरी नै दायाँ नासिकाबाट पनि राखेर जलनेती गर्नु पर्दछ ।
४.  दुवै नासिकाबाट क्रमशः गरि सके पश्चात् काग आसन वा हल्का अगाडी झुकि कानको प्वाललाई हातको औंलालाई बन्द गरि स्वासलाई जोड जोडले बाहिर फ्याली नाकलाई सुख्खा बनाउनु पर्दछ ।
५.  यसरी जलनेती गरिसके पश्चात् साबुनपानीले हात मुख धोएर आराम गर्नु पर्दछ । साथमा कपालभाती र अनुलोम विलोम प्राणायाम को अभ्यास समेत गर्न सकिन्छ ।
६. प्राणायाम पश्चात् आयुर्वेदिक नस्य कर्म षड्बिन्दु तेलद्धारा दुवै नासिकामा २\२ थोपा राखि नस्य कर्म गर्न सकिन्छ ।
जलनेतीका फाईदाहरु: 
१. भनिन्छ नि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । यस कारण जलनेती दैनिक गरेमा कोरना भाईरसलाई नासिका बाट पखालेर बाहिर निकाल्ने भएकाले कोरोना भाईरसको उपचारमा अत्यन्तै उपयोगी छ ।
२. पटक पटक लागि रहने रुघाको समस्या र पिनासमा यो उपचार सफल छ ।
३. घाँटिका विभिन्न संक्रमण जस्तैः टन्सिलको भएको अवस्थामा लाभदायक छ।
४. आधा टाउको दुख्ने , पुरै टाउको दुख्ने माईग्रेनको समस्यामा फाइदा गर्दछ ।
५. अनिन्द्रा, डिप्रेसन, उन्माद , विक्षेप, मिर्गी र पागलपनमा समेत लाभदायक छ ।
६. दैनिक जलनेती गर्दा आज्ञा चक्र जागृत भई स्मरण शक्तिको बिकास हुने भएकाले बिध्यार्थीहरुका लागि अत्यन्तै फाइदा जनक छ । साथै आँखा दृष्टि शक्ति कम भएका हरुलाई चस्मा छुटाउन समेत उपयोगी छ ।
७. हाम्रो नेपाल जस्तो बढी धुलो,धुवाँ र वायु प्रदुषण भएको मुलुकमा यो जलनेती दैनिक गर्ने हो भने भविष्यमा विभिन्न धुलो , धुवाँ र वायु प्रदुषण बाट फैलने रोगहरु बाट बच्न सकिन्छ ।
८. समग्रमा भन्नु पर्दा जलनेती नाक, कान , घाँटी , आँखा र शिरमा देखा पर्ने समस्यामा फाईदा गर्दछ । अत: जलनेती सकेसम्म योग्य योग तथा प्राकृतिक चिकित्सक वा आयुर्वेदिक चिकित्सकहरुबाट एक पटक सिकेर गर्दा अत्यन्तै राम्रो हुन्छ ।

(समन सिंह बस्नेत हाल पतंजली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलमा आयुर्वेद चिकित्सा बिषयमा अध्ययनरत आयुर्वेद चिकित्साका विद्यार्थी हुन।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या