Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बच्चालाई जथाभावी औषधि खुवाउँदा मिर्गौला बिग्रन सक्छ (भिडियोसहित)

बच्चालाई जथाभावी औषधि खुवाउँदा मिर्गौला बिग्रन सक्छ (भिडियोसहित)

डा. मो. फिरोज अंजुम

सामान्यतया धेरैले मिर्गौला रोग बुढेसकालमा अर्थात उमेर अलि बढी भइसकेपछि लाग्ने रोग हो भनेर बुझ्ने गर्छन्। तर मिर्गौलाको रोग जोकोहीलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ भन्ने कुरा बुझ्न जरुरी छ । पछिल्लो समय उमेर भएकालाई मात्र हैन् बच्चा उमेरमै मिर्गौलामा समस्या भएका बालबालिका अस्पताल आउने क्रम बढेको छ । हुनत नेपालमा कति बालबालिकामा मिर्गौलाको समस्या छ भन्ने एकिन तथ्यांक छैन् तर पनि पाटन अस्पतालमा आउने बच्चाहरुलाई लिएर अध्ययन गर्दा ४ देखि ६ प्रतिशत बालबालिकामा मिर्गौलाको कुनै न कुनै समस्या भएको देखिएको छ । यसले पनि के आंकलन गर्न सकिन्छ भने बालबालिकामा मिर्गौलामा समस्या उच्च छ तर सबैले सही र समयमै उपचार भने पाउन सकिरहेका छैनन्। बच्चाको मिर्गौला जोगाउनका लागि बाबु आमाले बच्चा सानै हुँदादेखि विशेष ख्यान गर्नुपर्ने हुन्छ ।

खासगरी बच्चाको मिर्गौला बिगार्ने पहिलो कारण भनेको बारम्बार पिसाबमा संक्रमण हुनु हो । यसरी संक्रमण हुँदा बच्चालाई ज्वरो आउने, पेट दुख्ने, छिटो छिटो पिसाब आउने, वान्ता हुने हुनसक्छ । यो समस्यालाई सामान्य ठानेर धेरैले औषधि पसलबाट औषधि किनेर ल्याएर खुवाउने गरेको पाइन्छ । यसरी संक्रमणबारे सचेत नहुँदा हरेक पटक यस्तै औषधि खुवाउँदा अन्तत: बच्चाको मिर्गौाला फेल गराउनसक्छ । त्यसैले बच्चालाई माथि उल्लेख गरिएका लक्षण देखिएमा कतै मिर्गौलाको समस्या त हैन भनेर बुझ्न जरुरी हुन्छ ।

बच्चाको मिर्गौालामा समस्या गराउने अर्को कारण भनेको ‘अब्स्ट्रक्टिभ यूरोप्याथी’ हो । यसमा बच्चाको मिर्गौलादेखि पिसाब नलीसम्म केही ब्लक हुनसक्छ । यसरी ब्लक हुँदा पिसाब राम्ररी नहुने, भए पनि थोपा थोपा गरेर आउने समस्या हुनसक्छ । यसमा पेट फुल्न थाल्छ । यसले समयमै उपचार नपाउँदा मिर्गौला फेल सम्म गराउनसक्छ ।

त्यसैगरी नेफ्रोटिक सिन्ड्रोमको समस्याले पनि बच्चाको मिर्गौला बिग्रन सक्छ । यसमा पिसाब कम हुनु, जीउ सुन्निनु, ज्वरो आउनु जस्ता समस्या हुनसक्छन्। यसलाई पनि समयमै उपचार गरेर ठीक पार्न सकिन्छ । माथिका यी समस्यामा ख्याल गरिएन भने  मिर्गौला फेल हुनपुग्छ । मिर्गौला एकपटक फेल भइसकेपछि यसको दुईवटा मात्र उपचारको विकल्प छन्। डायलाइसि र मिर्गौला प्रत्यारोपण। दुवै विधि अत्यन्त झन्झटिलो र महंगो छन्। अहिले त नेपालमा बच्चाको मिर्गौलासम्बन्धी रोगमै विशेषज्ञता गरेर डाक्टर आएका छन्। उनीहरुसँग परामर्श गर्न सकिन्छ ।

खासगरी बच्चाको मिर्गौला बिगार्ने पहिलो कारण भनेको बारम्बार पिसाबमा संक्रमण हुनु हो । यसरी संक्रमण हुँदा बच्चालाई ज्वरो आउने, पेट दुख्ने, छिटो छिटो पिसाब आउने, वान्ता हुने हुनसक्छ । यो समस्यालाई सामान्य ठानेर धेरैले औषधि पसलबाट औषधि किनेर ल्याएर खुवाउने गरेको पाइन्छ । यसरी संक्रमणबारे सचेत नहुँदा हरेक पटक यस्तै औषधि खुवाउँदा अन्तत: बच्चाको मिर्गौाला फेल गराउनसक्छ ।

केही बालबालिका १०\ १२ वर्ष भइसक्दा पनि ओछ्यानमा पिसाब गर्ने बानी हुन्छ यदि त्यस्तो भएमा त्यो पनि मिर्गौलाको समस्या हुन सक्छ भनेर आमा बाबु सचेत हुनुपर्छ । ४ \५ वर्षको भइसक्दा बच्चाले ओछ्यानमा पिसाब फेर्न छोड्छ तर यो ठूलो भइसक्दा पनि नरोकिनु मिर्गौलाको रोग हुनसक्छ । योबाहेक कतिपय बच्चा जन्मँदै एउटा मिर्गौला मात्र लिएर जन्मन्छन्। यसमा आत्तिनु पर्दैन्। एउटा मिर्गौलाले पनि काम गरिहरेको हुन्छ । तर यसलाई बिग्रन नदिन भने विशेष ध्यान दिन आवश्यक हुन्छ ।

बच्चाको मिर्गौला बिग्रन नदिन लक्षण देखिएपछि अस्पताल जानु त छँदैछ ।  तर धेरैजसो मिर्गौला राेग ८० प्रतिशतसम्म बिग्रीसक्दा पनि लक्षण नदेखिन सक्छ । त्यसैले वर्षमा एकपटक पिसाबको जाँच गराउन जरुरी हुन्छ । अर्को कुरा बच्चाको खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । जंकफुड खान नदिने, पानी प्रसस्त दिने, सरसपफाइमा ध्यान दिने, घरमै बनेका खानेकुरा खुवाउने तथा पिसाबसम्बन्धी समस्यालाई बेवास्ता नगरी डाक्टरको सल्लाह लिने गरेमा धेरै हदसम्म मिर्गौला फेल हुनबाट बचाउन सकिन्छ  ।

(डा. फिरोज हाल पाटन अस्पताल र ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन्।)

भिडियो :

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या