Health TV Online
Health TV Online

पाठेघरभन्दा बाहिर गर्भ बस्ने जोखिम कसलाई ?

पाठेघरभन्दा बाहिर गर्भ बस्ने जोखिम कसलाई ?

सामान्यतया एउटा बच्चा सामान्य र स्वस्थ अवस्थामा जन्मनका लागि महिलाको पाठेघरमा गर्भ बस्नुपर्ने हुन्छ । तर सबै अवस्थामा त्यस्तो नहुन पनि सक्छ । महिलाको पाठेघरको बाहिर गर्भधारण हुनुलाई नै ‘एक्टोपिक प्रिग्नेन्सी’ भनिन्छ । यो धेरैजसो डिम्बबाहिनी नली फेलोपिन ट्युबमा ९३ देखि ९७ प्रतिशतसम्म देखिन्छ । तर यो कहिलेकाहीं अन्य भागमा जस्तै अण्डाशय , पेट र पाठेघरको तल्लो मुखमा पनि देखिन सक्छ । शल्यक्रिया गरेर बच्चा जन्माइसकेका महिलाको पाठेघरको घाउमा मा पनि गर्भ बसेको पाइएको छ ।

एक्टोपिक गर्भावस्था महिलाका लागि निकै खतरनाक पनि हुनसक्छ। पाठेघरभन्दा अन्य ठाउँमा गर्भको विकास भयो भने यो बढ्दै गएर फुट्ने र रक्तश्राव भई महिलाको मृत्यु समेत हुनसक्छ।

यो अवस्थालाई बेलैमा ख्याल गरिएन भने महिलाको ज्यान नै जोखिममा हुन्छ । त्यसैले बेलैमा यसबारे परामर्श गर्न आवश्यक छ भने यसका बारेमा जान्न पनि आवश्यक छ । कहिलेकाहीं उपचारमा ढिला जाँदा नली फुटेर रक्तस्राव भई यसले जटिलता निम्त्याइरहेको हुन्छ भने यदि दुईपटकसम्म यो समस्या भएर पाठेघरको नली फाल्नु पर्यो भने दुवै नली नभएपछि पुनः गर्भधारण गर्न सक्ने अवस्था समेत रहँदैन। त्यसैले पनि यसबारे सबै सचेत हुनुपर्छ ।

कसलाई हुनसक्छ यो समस्या 
यदि कुनै महिलालाई एक्टोपिक प्रेग्नेन्सी पहिले भइसकेको छ भने पुनः दोहोरिने सम्भावना धेरै हुन्छ।
यौन रोग भएका महिलाहरु
पाठेघरको संक्रमण भइरहने भएमा
हर्मोन तथा अन्य औषधिको सेवन गर्नेहरुमा
उमेर पुगिसकेका महिलाहरु गर्भवती भएमा
कृतिम रुपमा गर्भधारण गरेका महिलामा यो समस्या अन्यको तुलनामा बढी देखिन्छ ।

हुनत प्रतिशतको हिसाबले १ देखि २ प्रतिशत गर्भवतीमा एक्टोपिक प्रिग्नेन्सी देखिन्छ भनिन्छ तर कुनै पनि महिलाले गर्भधारण गर्नुअघि आफनो बच्चा बस्ने ठाउँको वातावरण कस्तो छ भनेर परीक्षण गराउनु भने जरुरी हुन्छ। नेपालमा अझै पनि गर्भवती हुनुभन्दा अघि सल्लाह गर्ने र जाँच गर्ने चलन छैन्। त्यसैले एकैपटक गर्भवती भएपछि त्यसको दुई तीन महिनामा परीक्षण गर्न जानछन्। यसो गर्नु भनेको राम्रो होइन। महिनावारी हुने मिति कटेको २ सातापछि प्रेग्नेन्सी पोजेटिभ देखियो भने एकपटक डाक्टरलाई भेटेर सल्लाह लिनु राम्रो हुन्छ । यसरी डाक्टरलाई देखाउँदा गर्भ सही ठाउँमा बसेको छ की छैन भन्ने थाहा पाउन सकिन्छ । डाक्टरले परीक्षण गरेपछि गर्भमा बच्चा सही ठाउँमा बसेको छ कि छैन भनेर थाहा हुन्छ र जटिलताबाट बच्न सकिन्छ । अन्यथा महिलालाई आफू गर्भवती छु भन्ने लागिरहन्छ तर त्यही गर्भ गलत स्थानमा बसिंदिंदा समस्या झनझन बढ्दै जान्छ । एक्टोपिक गर्भावस्था महिलाका लागि निकै खतरनाक पनि हुनसक्छ। पाठेघरभन्दा अन्य ठाउँमा गर्भको विकास भयो भने यो बढ्दै गएर फुट्ने र रक्तश्राव भई महिलाको मृत्यु समेत हुनसक्छ।

अर्को कुरा महिनावारी रोकिएपछि गर्भवती भइसकेको रिपोर्ट पछि पनि रगत देखा पर्यो वा कमजोरी महशुस भयो वा रिंगटा लाग्न थाल्यो भने तुरुन्त डाक्टरलाई देखाउन जरुरी हुन्छ । यस्तो अवस्थामा एक्टोपिक प्रग्नेन्सी हुनसक्छ ।

एक्टोपिक गर्भधारण गरेका महिलामा निम्न संकेत देखिन सक्छन् : 
महिनावारी रोकिनु
योनीबाट अस्वभाविक रुपमा रगत बग्नु
तल्लो पेट दुख्नु
नली फुटेमा चक्कर लाग्नु, बेहोस हुनु

उपचार के छ ?
औषधि प्रयोग गरेर वा शल्यक्रिया गरेर यो समस्यालाई सामाधान गर्न सकिन्छ । शल्यक्रिया गर्दा पेट चिरेर (ओपन सर्जरी) वा दूरबिनको माध्यमबाट (ल्याप्रोसकोपिक सर्जरी) गर्न सकिन्छ।

रोकथाम
धेरैजनासँग शारीरिक सम्पर्क नराख्ने
बेलाबेलामा स्वास्थ्य परामर्श लिने
पाठेघरको संक्रमणबाट बच्ने
धुम्रपान मद्यपान नगर्ने
व्यक्तिगत सरसफाइमा ध्यान दिने
आफूलाई केही शंका लाग्नासाथ डाक्टरकहाँ जाने र परामर्श लिने

(स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा लक्ष्मी स्टार अस्पतालमा कार्यरत छिन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा