Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यस्ता छन् एवोकाडो खानुका १० फाइदा

यस्ता छन् एवोकाडो खानुका १० फाइदा

समन सिंह बस्नेत

एवोकाडो एक अत्यन्तै उपयोगी फल हो । यसलाई नेपालीमा घ्यु फल भनिन्छ । यसको बैज्ञानिक नाम ‘पर्से अमेरिकाना’ हो । यो फलको उत्पति स्थल अमेरिका र मेक्सिकोको उष्ण प्रदेशीय क्षेत्रलाई मानिन्छ । पछिल्लो समय नेपालमा पनि व्यवसायिक रुपमा यस फलको उत्पादन गर्न थालिएको छ । यो फलको व्यवसायिक खेती समुन्द्र सतहबाट २५०० मिटर सम्मको भुभागमा खेति गर्न योग्य मानिन्छ ।

हाल नेपालको पुर्वी धनकुटा, मोरङ ,सुनसरी , इलाम , पाँचथर लगायतका क्षेत्रहरुमा व्यवसायिक रुपमा खेती गरिंदै आइएको छ । हाल नेपालको धनकुटा जिल्लामा यसको सबैभन्दा धेरै उत्पादन हुन थालेको छ । यो फल लगाएको ३ देखि ५ बर्ष देखि फल लाग्न सुरु गर्दछ। यसले एक पटकमा एक वृक्ष बराबर १००० केजी सम्म उत्पादन दिन सक्दछ । विशेष गरि नेपालमा यसको महत्त्व त्यति नबुझेकाले यसको सेवन त्यति गरिदैन । विश्व बजारमा यसको माग अत्याधिक रहेको छ । विश्वमा यसको मुल्य प्रति केजी रु। १००० सम्म पर्ने गरेको छ । र नेपालमा यो फल को मुल्य रु ३०० देखि ६०० सम्म पर्दछ ।

यो फल स्वादमा वेस्वादको भएता पनि यसमा पाईने विभिन्न पौष्टिक तत्वहरुले यो फल संसार कै फलहरुमध्ये उत्कृष्ट फलको रुपमा लिईन्छ । विभिन्न अध्ययन मार्फत बैज्ञानिकहरुको सर्वेक्षणले यसमा मानव स्वास्थ्यमा चमात्किरक लाभ प्राप्त गर्न सकिने स्वास्थ्यलाई फाईदा कारक तत्वहरु हुने सर्वेक्षणहरुले देखाएका छन् ।
यस एवोकाडो फलका फाईदाहरु :

उच्च रक्तचाप नियन्त्रण 
यो फल पोटासियमको राम्रो स्रोत भएकोले उच्च रक्तचाप नियन्त्रणमा ल्याउँदछ । किनकि पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत पुराउँदछ ।

क्यान्सरको जोखिमबाट मुक्ति 
यसमा पाईने बिभिन्न तत्वहरु बाट क्यान्सरको जोखिमबाट समेत बचाउँछ । अनुसन्धान कर्ताहरुका अनुसार यसमा  (फोलेट) भन्ने तत्व रहेको हुन्छ । जस्को सेवनले गर्दा फोलेट तत्वको पुर्ति हुने हुँदा क्यान्सरमा सेलहरुलाई अनावश्यक रुपमा बढ्नबाट रोक्दछ । त्यसैले क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसके पछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ ।

 डिप्रेसनको जोखिम कम गर्ने 
यो फलको सेवन डिप्रसनमा समेत उपयोगी छ । यसमा रहको फोलेट तत्वले होमिसिस्टाईन उत्पादन मस्तिष्कमा बढाउँदछ,  जस्ले गर्दा मस्तिष्कमा हुने सेरोटोनिन , डोपामिन रनोरिनिफाईनलाई प्रभावित गरि थकान,  निन्द्रा र उत्तेजनालाई नियन्त्रण गर्दछ ।

 मुटु रोगको जोखिमबाट मुक्ति
यसले मुटुलाई स्वस्थ्य राख्न मद्धत गर्दछ । यो फलमा पाईने कोलेस्ट्रोल नहुने भएकोले मुटु रोगीकालागि फाईदा गर्दछ । यसमा पाईने चिल्लो पद्धार्थ स्वस्थ्यबर्धक मानिन्छ । जस्को सेवनले रगतमा कोलेस्ट्रोललाई सन्तुलन गरि मुटुरोगको जोखिमबाट बचाउँदछ ।

 हाडजोर्नीका लागी उपयोगी
यसले हड्डीलाई बलियो बनाउन मद्दत गर्दछ । यस फलमा भिटामिन ‘के’  प्रसस्त मात्रामा जस्ले गर्दा अस्टियोपोरोसिसलाई ठिक गर्दछ । हाड कमजोर भएर भाँचिने रोगलाई ओस्टियोपोरोसिस भनिन्छ ।

मोटोपनलाई नियन्त्रण 
एवोकाडो मोटोपन नियन्त्रण ल्याउनलाई पनि अत्यन्तै उपयोगी छ । एवोकार्डोको खाने व्यक्ति अरु व्यक्तिको तुलनामा भोक कम लाग्ने भएकाले थोरै थोरै खाना खाँदै गएमा तौल नियन्त्रणमा आउँदछ ।

 बालबालिकाको मस्तिष्क बिकासमा उपयोगी 
यो फलमा मोनोअनस्याचुरेटेड फाईवर र भिटामिन ‘ईू’ प्रसस्त मात्रमा पाईने भएकाले यी तत्वहरुले मस्तिष्क विकास मा मद्धत पुराउँदछ । जस्ले गर्दा यो फल बालबालिकाहरुलाई खुवाउँदा मस्तिष्कको वृद्धि बिकासमा सहयोग पुराउँदछ ।

 आँखालाई स्वस्थ्य राख्छ 
यो फलमा लुटिन र जिजान्थिन भन्ने तत्वहरु हुन्छ । जस्ले आँखालाई अल्टाभ्वाईलेटको विकिरणले गर्ने क्षतिलाई न्युनिकरण गर्दछ ।

पाचन प्रणालीलाई स्वस्थ्य राख्छ 
यस फलमा प्रयाप्त मात्रामा फाईवर तत्व पाईने हुनाले कब्जियत हुन दिंदैन र पाचन प्रणालीलाई चुस्त बनाई राख्छ जस्को फल स्वरुप पाचन प्रणाली राम्रो हुँदा क्यान्सरको जोखिम पनि कम हुन्छ ।

एवोकाडोमा बिशेष गरि २० भन्दा बढी भिटामिन र खनिज तत्वहरु पाईन्छ यसर्थ हाम्रो शरीरको लागि आवश्यक पोषकतत्व एवोकाडोको एउटो सिंगो फलबाट प्राप्त गर्न सक्दछौं यस कारण यस फललाई फलहरु को राजा समेत भन्न सकिन्छ । यो फलमा कोलेस्ट्रोलको मात्रा नहुने भएकोले जो कोहि व्यक्तिले पनि यसलाई सेवन गर्न सक्दछन्।।

(समन सिंह बस्नेत हाल पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलमा आयुर्वेद चिकित्सा बिषयमा अध्ययनरत विद्यार्थी हुन्।) 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या