होली खेल्दा सुरक्षित रङको प्रयोग गरौँ

डा धर्मेन्द्र कर्ण
छालारोग तथा सौन्दर्य विशेषज्ञ
होलीलाई रङहरुको पर्वको रुपमा लिइन्छ । यो मित्रता र सदभावको चाड पनि हो । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन नेपाल, भारत लगायतका केही देशहरुमा होली पर्व मनाउने गरिन्छ । होली एक आपसमा रङ लगाएर खुशी साटासाट गर्ने पर्व पनि हो । तर यही होलीमा रङको उचित प्रयोग गर्न जानिएन भने यसले स्वास्थ्यमा गम्भीर असर समेत पार्न सक्छ । त्यसैले होली खेल्दा सबै जनाले विशेष सापधानी अपनाउनुपर्ने हुन्छ ।
पहिलो कुरा त होली रङको चाड भएकाले शुरुमा यसको सही छनौट नै सही तरिकाले गर्न जरुरी छ । यसो गरिएन भने यसले छाला मात्र हैन आँखा लगायतका महत्वपूर्ण अंगमा असर गर्न सक्छ । त्यसैले सकेसम्म होलीमा प्राकृतिक रङको प्रयोग गर्दा सुरक्षित हुन्छ ।
पहिले पहिले होली खेल्दा गुलाब, बेसार लगायतका बोटबिरुवाबाट बनेको प्राकृतिक रङ प्रयोग गर्ने गरिन्थ्यो जसले छालालाई सुन्दर बनाउन सहयोग गर्थे । तर आजभोलि त्यस्ता प्राकृतिक रङ पाइनै छोडेको भन्दा पनि हुन्छ । अहिले बजारमा धेरै थरीका रङहरु पाइन्छन् जसमा विभिन्न खालका रसायनहरु मिसाइएका हुन्छन्। जुन असाध्यै चम्किला हुन्छन्। रङ जति चम्किलो हुन्छ त्यति नै बढी हानिकारक हुनेगर्छ । त्यसैले हामीले सकेसम्म कम चम्किलो रङको छनौट र प्रयोग गर्नुपर्छ । अर्को कुरा अहिले बजारमा खुला रुपमा रङ बेच्न राखिएको पाइन्छ । हामीले यस्ता खुला रङ किन्ने भन्दा पनि सकेसम्म प्याक गरिएका र मिति लेखिएको रङ किन्नुपर्छ ।
यसैगरी होलीलाई सुखद बनाउनका लागि यसको तयारी एक दिन अघि देखि नै गर्नु राम्रो हुन्छ । होली खेल्नुअघि कपालदेखि लिएर खुट्टासम्म नरिवल वा अन्य कुनै सफ्ट खालको तेल लगाउन सकिन्छ । तेल लगाउँदा यसले रङको असर कम गर्न मद्दत गर्छ भने छालामा टाँसिन पनि पाउँदैन । यसैगरी छालालाई कम क्षति होस भन्नका लागि मोस्चराइजर क्रिम तथा सनस्क्रिन समेत लगाउन सकिन्छ । यति मात्र गर्न सकियो भने पनि छालामा हुने असरलाई धेरै हदसम्म जोगाउन सकिन्छ ।
पहिले पहिले होली खेल्दा गुलाब, बेसार लगायतका बोटबिरुवाबाट बनेको प्राकृतिक रङ प्रयोग गर्ने गरिन्थ्यो जसले छालालाई सुन्दर बनाउन सहयोग गर्थे । तर आजभोलि त्यस्ता प्राकृतिक रङ पाइनै छोडेको भन्दा पनि हुन्छ । अहिले बजारमा धेरै थरीका रङहरु पाइन्छन् जसमा विभिन्न खालका रसायनहरु मिसाइएका हुन्छन्। जुन असाध्यै चम्किला हुन्छन्। रङ जति चम्किलो हुन्छ त्यति नै बढी हानिकारक हुनेगर्छ । त्यसैले हामीले सकेसम्म कम चम्किलो रङको छनौट र प्रयोग गर्नुपर्छ । अर्को कुरा अहिले बजारमा खुला रुपमा रङ बेच्न राखिएको पाइन्छ । हामीले यस्ता खुला रङ किन्ने भन्दा पनि सकेसम्म प्याक गरिएका र मिति लेखिएको रङ किन्नुपर्छ ।
यसैगरी होली खेल्दा फूल बाहुला भएको कपडा लगाउनु राम्रो हुन्छ । यसले शरीरमा सिधै रङ लाग्न पाउँदैन्। अर्को याद गर्नुपर्ने कुरा होली दिनभरी वा धेरै लामोसम्म खेलेर रङ अनुहार वा शरीरमा राखिरहनु हानिकारक हुन्छ । रमाइलोका लागि २\ ३ घण्टा होली खेलिसकेपछि तुरुन्त सफा पानीले पखाली हाल्नुपर्छ । नरम खालको साबुन प्रयोग त्यसमा पनि बेबी सोप वा सेम्पोको प्रयोग गर्नु राम्रो । रङ लगाएको ठाउँमा धेरै रगड्न हुँदैन । बिस्तारै पुछ्न पर्छ । धेरै माड्दा यसमा एलर्जी वा घाउ हुनसक्छ ।
यसपटक कोरोना महामारीको डर छ । त्यसैले यसपटकको होली आफनो घर परिवारमा मात्र मनाउन आवश्यक छ । साथै पहिले जस्तै रङसहित लोला , पानीको प्रयोग गर्दा संक्रमण फैलिनसक्ने डर छ । त्यसैले कोरोना कालको होलीमा सुख्खा रङको प्रयोग गर्दा उचित हुन्छ । साथै कोरोनाबाट आफू बच्न र आफन्तलाई बचाउन मास्कको अनिवार्य प्रयोग गर्न र दूरी कायम गर्न पनि जरुरी छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षित भएर होली मनाऔँ । सबैलाई होलीको मंगलमय शुभकामना ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा