महिलाले ढिला बच्चा जन्माउँदा आउन सक्छन् यस्ता जटिलता (भिडियोसहित)

डा लक्ष्मी आचार्य गौतम
महिलाका लागि गर्भावस्था एउटा विशेष अवस्था हो । त्यसैले पनि यो अवस्थामा विशेष ध्यान पुराउनुपर्ने हुुन्छ । पहिलो कुरा त हामीकहाँ महिला आफू गर्भवती भएको थाहा पाएपछि वा महिनावारी रोकिएपछि अस्पताल जाँच गर्न आउने चलन रहेको छ । तर हरेक आमा बन्न चाहने महिलाले के कुरा ख्याल गर्नुपर्छ भने आफू एकैपटक गर्भवती भएर अस्पताल जाँच गर्न जानुभन्दा पहिले नै केही योजना र परीक्षणहरु गर्न जरुरी हुन्छ । जसले गर्दा भविष्यमा आउने समस्याहरुबाट बच्न सकिन्छ ।
हरेक आमा बन्न चाहने महिलाले आफू गर्भवती हुनका लागि शारीरिक र मानसिक रुपमा ठीक छु की छैन् भन्ने ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ लिन जरुरी हुन्छ । यसरी दक्ष चिकित्सकसँग परामर्श गरेर आफू सम्पूर्ण रुपमा स्वस्थ भएर बच्चा जन्माउँदा जटिलता आउनबाट बच्न सकिन्छ भने बच्चालाई पनि स्वस्थ रुपमा जन्म दिन सकिन्छ । शहरी क्षेत्रहरुमा केही महिलाहरु आजभोलि आफू आमा बन्न चाहेको हुन सक्छु की सक्दिन भनेर सल्लाह लिन आउन थालेको भए पनि गाउँघरतिर अझै पनि महिलाहरुले यसबारे खासै चासो दिएको पाइँदैन्। जसले गर्दा आमामा भएको स्वास्थ्य समस्याका कारण आमा र बच्चा दुबैलाई अप्ठेरो परिरहेको हुन्छ ।
पछिल्लो समय नेपालमा पनि ढिला विवाह गर्ने चलन चलेको छ । त्यसो त महिलाले आफ्नो करिअर र परिवार योजना गर्ने समय एकै समयमा पर्ने भएकाले पनि महिलालाई यसको व्यवस्थापन गर्न निकै कठिनाई हुन्छ। करिअर बनाउन तल्लीन भएका धेरै महिलाले अहिले ३० \३५ वर्षपछि विवाह गर्न थालेको पाइन्छ । एउटा कुरा हामीले के हेक्का राख्नुपर्छ भने महिलाको उमेर जति बढ्दै जान्छ त्यो सँगसँगै थाइराइड, सुगर, उच्च रक्तचाप लगायतका समस्या हुने सम्भावना पनि बढ्दै जान्छ । जसले गर्दा बच्चा ढिला प्लान गर्दा त्यहाँ समस्या आउन सक्छ । त्यसैले कुनै पनि महिलाले यदि बच्चा जन्माउन चाहेको हो भने ३० वर्ष भित्र पहिलो बच्चा जन्माउँदा राम्रो मानिन्छ ।
पछिल्लो समय नेपालमा पनि ढिला विवाह गर्ने चलन चलेको छ । त्यसो त महिलाले आफ्नो करिअर र परिवार योजना गर्ने समय एकै समयमा पर्ने भएकाले पनि महिलालाई यसको व्यवस्थापन गर्न निकै कठिनाई हुन्छ। करिअर बनाउन तल्लीन भएका धेरै महिलाले अहिले ३० \३५ वर्षपछि विवाह गर्न थालेको पाइन्छ । एउटा कुरा हामीले के हेक्का राख्नुपर्छ भने महिलाको उमेर जति बढ्दै जान्छ त्यो सँगसँगै थाइराइड, सुगर, उच्च रक्तचाप लगायतका समस्या हुने सम्भावना पनि बढ्दै जान्छ । जसले गर्दा बच्चा ढिला प्लान गर्दा त्यहाँ समस्या आउन सक्छ । त्यसैले कुनै पनि महिलाले यदि बच्चा जन्माउन चाहेको हो भने ३० वर्ष भित्र पहिलो बच्चा जन्माउँदा राम्रो मानिन्छ । यसैगरी यदि दुईवटा बच्चाको योजना हो भने पनि ३५ वर्षभित्र दोस्रो बच्चा जन्माएर परिवार योजनाको व्यवस्थापन गर्दा आमा र बच्चाका लागि राम्रो मानिन्छ । तर सबैको भने जस्तो र योजना बनाए जस्तो हुँदै्न । त्यो अवस्थामा ढिलै बच्चा जन्माउन लागेको हो भने चिकित्सकको सल्लाह लिएर केही समस्या भएमा त्यसलाई समाधान गरेर बच्चा जन्माउनु उचित हुन्छ ।
अर्को कुरा यदि कसैले ४० वर्षपछि बच्चाको योजना बनाउँदै हुनुहुन्छ भने एकदमै सोच विचार गरेर आफनो सबै शारीरिक अवस्था परीक्षण गरेर मात्र बच्चाको प्लान गर्न जरुरी छ । यदि हामीले यसको हेक्का राखेनौं भने बच्चा डाउन सिन्ड्रोम, अटिजम, सुस्त मनस्थिती जस्ता अपांगता लिएर जन्मने सक्ने सम्भावना धेरै हुन्छ । ४० वर्षपछिको गर्भावस्थामा अझ बढी चनाखो हुन जरुरी छ । आमाको पेटमा बच्चा हुर्किरहेका बेलामा बच्चाको स्वास्थ्य अवस्था कस्तो छ भनेर जाँच पनि गर्न सकिन्छ । यदि बच्चा अपांग जन्मने सक्ने भन्ने कुरा पत्ता लागेमा समयमै कानूनी दायरामा बसेर गर्भपतन गर्ने निर्णय पनि गर्न सकिन्छ । अपांगता भएर बच्चा जन्मिंदा बच्चालाई त दुख हुन्छ नै आमालाई पनि जिन्दगीभर बच्चाको स्याहारसुसार गर्नुपर्ने हुन्छ ।
त्यसैले हरेक विवाहित महिलाले बिना प्लान बच्चा जन्माउने वा आफू गर्भवती भएपछि मात्र डाक्टरलाई भेट्ने हैन की शुरुमै डाक्टरलाई भेटेर उनीहरुको सल्लाह लिएर मात्र गर्भवती हुँदा आउनसक्ने जोखिमबाट बच्च सहयोग पुग्छ । त्यसका साथै नियमित जाँचमा पनि जान जरुरी छ ।
( स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा गौतम सानेपास्थित स्टार अस्पतालमा कार्यरत छिन् ।)
भिडियो :
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights