Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चाउरीपना हटाउने बोटक्स कति वर्षको उमेरमा सुरु गर्ने ?

चाउरीपना हटाउने बोटक्स कति वर्षको उमेरमा सुरु गर्ने ?

बोटक्स अनुहारमा उमेरसँगै आएको चाउरीपना हटाउने असाध्यै प्रभावकारी सुरक्षित कस्मेटिक उपचार पद्धति हो। यो सुईको माध्यमबाट चाउरी परेको भागमा दिने गरिन्छ । महिलाहरु आफनो सौन्दर्यप्रति बढी संवेदनशिल हुने भएकाले पनि होला बोटक्स गरेर चाउरीपना हटाउनेमा महिला नै बढी हुने गरेका छन्। नेपालमा पनि केही वर्षयता बोटक्स लगाउनेको संख्या बढिरेको छ । मानिसको उमेर बढ्दै जाँदा अनुहारमा रेखाहरु देखा पर्न थाल्छन्। त्यसमा पनि महिलाहरुको छाला बढी नरम हुने भएकाले पनि यो समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । यसले लगाएको तीन दिनदेखि सात दिनभित्र नै काम गर्न शुरु गर्ने र विस्तारै चाउरीपना हराउँदै जाने भएकाले पनि धेरैको रोजाईमा बोटक्स पर्ने गरेको छ । आफनो अनुहारमा तुरुन्त परिवर्तन चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बोटक्स नै हो।

हामीले बुझ्नुपर्ने कुरा बोटक्स एक किसिमको केमिकल हो। यसले रेखाहरु खुम्चाउने वा चलाउने मांसपेशीलाई आराम दिने काम गर्छ । त्यसैले बोटक्स लगाएको भागमा छाला खुम्चिन पाउँदैन। जसले गर्दा लाइन वा रिंकल बस्न पाउँदैन्। कुन भागमा बोटक्स लगाउने हो त्यसको सही पोइन्ट पत्ता लगाएर इन्जेक्सन दिइन्छ। लगाएको ४ देखि ६ महिनासम्म यसको असर रहिरहन्छ।त्यसैले जसले अनुहारमा चाउरीपना नदेखियोस भन्ने चाहन्छ उसले प्रत्येक ४ देखि ६ महिनापछि फेरी अर्को बोटक्स लगाउनुपर्ने हुन्छ ।
बोटक्स लगाउँदा जुन भागमा चाउरीपना छ त्यस भागलाई हेरे त्यही त्यही भागमा लगाइन्छ । र यसरी मसिनो सुई मार्फत दिइने हुँदा खासै दुखाई पनि महशुुस हुँदैन्।

कुन उमेर समूहले कति पटक बोटक्स लगाउने ?
बोटक्स जुनसुकै उमेरमा पनि लगाउन सकिन्छ । तर विशेष गरी उमेरसँगै आउने चाउरीपना हटाउनका लागि यसको प्रयोग हुने हुँदा ३० वर्ष पछि नै लगाउने चलन बढी छ। तर उमेरकै कुरा गर्ने हो भने १८ वर्ष पुगेकाले यो बोटक्स लगाउन मिल्छ ।

बोटक्स लगाएको तीन दिनमै काम गर्न थाल्छ भने यसको असर ४ दखि ६ महिनासम्म रहन्छ । ६ महिनापछि भने बिस्तारै कम हुँदै जान्छ। त्यसैले यो ६\ ६ महिनामा पुन बोटक्स लगाउनपर्छ । साथै आफूलाई चाउरीपना हटाउन मन छ भने आफूले चाहेको उमेरसम्म बोटक्स लगाउन मिल्छ । निधारमा देखिने मसिना लाइनदेखि चिउँडो, आँखा वरिपरी बोटक्स गरिन्छ। नाकको वरिपरीको लाइनमा, घाँटीमा पनि बोटक्स गरिन्छ। कति चाउरीपना छ कुन कुन अंगको चाउरीपना हटाउने हो, त्यसअनुसार  बोटक्स लगाउने गरिन्छ ।

अन्तराष्ट्रिय बजारमा बोटक्स धेरै किसिमका पाइन्छन्। खासमा बोटक्स पूर्ण रुपमा सुरक्षित उपचार विधि हो । तर हामीले याद गर्नेपर्ने कुरा चाहिं दक्ष चिकित्सक र सही ठाउँ हुनुपर्छ । कहिलेकाही जथाभावी रुपमा जहाँ पायो त्यही बोटक्स गर्दा अनुहारको सेप नै बिग्रन सक्छ ।

(वरिष्ठ छालारोग तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णसँग कुराकानीमा आधारित)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?