‘अनुहारको चाउरीपना हटाउने बोटक्स’

डा धर्मेन्द्र कर्ण, छालारोग तथा सौन्दर्य विशेषज्ञ
बोटक्स’ चाउरीपना हटाउने असाध्यै प्रभावकारी कस्मेटिक उपचार पद्धति हो। यो सुईको माध्यमबाट दिइन्छ। विश्वभरी नै यो प्रविधि महिलाहरुका वीच निकै पपुलर छ । महिलाहरु आफनो सौन्दर्यप्रति बढी संवेदनशिल हुने भएकाले पनि होला बोटक्स गरेर चाउरीपना हटाउनेमा महिला नै बढी हुने गरेका छन्। नेपालमा पनि केही वर्षयता बोटक्स लगाउनेको संख्या बढ्दो छ । उमेर बढ्दै जाँदा अनुहारमा रेखाहरु देखा पर्न थाल्छन्। त्यसमा पनि महिलाहरुको छाला बढी नरम हुने भएकाले पनि यो समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । यसले लगाएको तीन दिनदेखि सात दिनभित्र नै काम गर्न शुरु गर्ने र विस्तारै चाउरीपना हराउँदै जाने भएकाले पनि धेरैको रोजाईमा यो पर्ने गरेको छ । तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बोटक्स नै हो।
बोटक्स एक किसिमको केमिकल हो। यसले रेखाहरु खुम्चाउने वा चलाउने मांसपेशीलाई आराम दिने काम गर्छ । त्यसैले बोटक्स लगाएको भागमा छाला खुम्चिन पाउँदैन। जसले गर्दा लाइन वा रिंकल बस्न पाउँदैन्। कुन भागमा बोटक्स लगाउने हो त्यसको सही पोइन्ट पत्ता लगाएर इन्जेक्सन दिइन्छ। लगाएको ४ देखि ६ महिनासम्म यसको असर रहिरहन्छ।
बोटक्स कस्मेटिक रूपमा राम्रो हुने मात्र होइन उपचारमा पनि प्रयोग गरिन्छ। यो डेढो आँखा सिधा गर्न ‘सर्भाइकल डिस्टोनियामा, क्रोनिक माइग्रेन’मा नशा रोग विशेषहरूले पनि यसको प्रयोग गर्छन्। बोटक्स लगाउँदा जुन भागमा चाउरीपना छ त्यस भागलाई हेरे त्यही त्यही भागमा लगाइन्छ । र यसरी मसिनो सुई मार्फत दिइने हुँदा खासै दुखाई पनि महशुुस हुँदैन्।
कुन उमेर समूहले लगाउने बोटक्स ?
त्यसो त बोटक्स जुनसुकै उमेरमा पनि लगाउन सकिन्छ । तर विशेष गरी उमेरसँगै आउने चाउरीपना हटाउनका लागि यसको प्रयोग हुने हुँदा ३० वर्ष पछि नै लगाउने चलन बढी छ। तर १८ वर्ष पुगेकाले यो बोटक्स लगाउन मिल्छ । अहिले नेपालमा विदेशमा बस्ने र नेपाल आउँदा यो उपचार गरेर जाने धेरै छन्। बोटक्स बाहिर निकै महंगो पर्ने भएकाले पनि उनीहरुले यहाँ गरेर जान खोज्छन्। बोटक्सको असर ६ महिनापछि बिस्तारै कम हुँदै जान्छ। त्यसैले यो ६ महिनामा पुन लगाउँदा राम्रो हुन्छ। खासगरी धेरै अनुहारमा बोटक्स गरिन्छ। निधारमा देखिने मसिना फाइन लाइनदेखि चिउँडो, आँखा वरिपरी बोटक्स गरिन्छ। नाकको वरिपरी, घाँटीमा पनि बोटक्स गरिन्छ। कति चाउरीपना छ, कुन कुन अंगको चाउरीपना हटाउने हो, त्यसअनुसार यसको उपचार खर्च निर्धारण गर्छ।
खासमा बोटक्स पूर्ण रुपमा सुरक्षित उपचार विधि हो । तर हामीले हेक्का राख्नुपर्ने कुरा चाहिं दक्ष चिकित्सकसँग मात्र परामर्श लिएर यसको सेवा लिनुपर्छ । कहिलेकाहीं यसको प्रयोग गलत ठाउँमा पर्यो भने यसले झन नराम्रो बनाउनसक्छ । त्यसैले बोटक्स गरिरहेका र दक्ष चिकित्सकसँग यो सेवा लिंदा भने कुनै हानी गर्दैन्। अहिले बजारमा यसको धेरै नै विज्ञापन भइरहेको देखिन्छ । विज्ञापनको भरमा भने बोटक्स लगाउन जानु हुँदैन। बोटक्स लगाउँदा बुझेर मात्र लगाउनुपर्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights