‘मधुमेहका बिरामीले इन्सुलिन लगाउन आनाकानी गर्नु हुँदैन’

मधुमेह रोग भनेको यस्तो अवस्था हो जसमा रगतमा चिनी अर्थात ग्लुकोजको मात्र बढी हुन्छ । यसरी रगतमा चिनीको मात्रा बढी भएपछि शरीरका अन्य र्अगहरुलाई पनि कमजोर र क्षति गर्न थाल्छ । यस्तो अवस्थालाई चिनी रोग वा मधुमेह लागेको भनिन्छ ।साधारणतया मधुमेहलाई दुई प्रकारमा बाँडिन्छ । टाइप वान डाइबेटिज अर्थात प्रकार १ मधुमेह र टाइप २ डाइबेटिज अर्थात प्रकार २ मधुमेह।
प्रकार १ मधुमेह धेरै जसो कम उमेर अर्थात केटाकेटीहरुमा देखिन्छ । तर यसको मतलब अरुलाई हुँदैन भन्ने होइन । उता प्रकार २ मधुमेह भने उमेर ढल्कदै गएपछि ४० वर्ष पछि धेरै देखिने गर्छ । तर नेपालको सन्दर्भमा भने यो मधुमेह २५ ३० वर्षकै उमेरदेखि देखिएका पनि थुप्रै उदाहरुणहरु छन्।प्रकार १ होस वा प्रकार २ दुबै मधुमेहलाई सम्पर्ण रुपमा निको पार्न सकिंदैन। यसलाई नियन्त्रण मात्र गर्ने सकिन्छ। तर यसलाई उपचार गरेर र स्वस्थ जीवनशैली अपनाएर नियन्त्रणमा राख्दा स्वस्थ जीवनयापनमा समस्या पर्दैन ।
वर्षौ इन्सुलिन लिएर मधुमेहलाई व्यवस्थापन गरेर सफल भएका थुप्रै व्यक्तिहरुका उदाहरण छन्। त्यसैले योसँग डराउन पर्दैन । इन्सुलिन प्राकृतिक हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन्। यसलाई छालामुनि बोसोमा दिइन्छ । खासै दुखाई पनि हुँदैन । नेपालमा इन्सुलिन लिने भन्ने बित्तिकै जीवनभर प्रत्येक दिन सुई लिएर कसरी हुन्छ भन्ने, डराउने साथै यसको प्रयोग लत बन्छ भन्ने जस्ता विचारका कारण धेरै जना शुरुमा इन्सुलिन लिन हिच्किचाएको पाइन्छ । तर यो पूर्णतया सुरक्षित भएकाले कोही पनि डराउनु पर्दैन । यो लगाइएन भने चाहिं डराउनुपर्छ कतै मेरो अन्य अंगमा असर गरेर मलाई जटिल समस्या त हुँदैन भनेर ।
कहिलेकाहीं महिलाहरुमा गर्भावस्थाको मधुमेह हुन सक्दछ । यो पछि गएर टाइप २ मधुमेहमा परिणत हुनसक्ने सम्भावना हुनसक्छ । यस्तो अवस्थामा नियमित डाक्टरेका सल्लाहमा बसेर मात्र बच्चालाई जन्म दिनुपर्ने हुन्छ । यहाँ कुरा गरौं प्रकार १ मधुमेहको । प्रकार १ मधुमेहमा शरीरलाई चाहिने इन्सुलिन नै उत्पादन हुँदैन जुन शरीरका प्रत्येक अंगलाई आवश्यक पर्छ । यसको उपचार भनेको इन्सुलिन अर्थात पातलो सुई मार्फत बाहिरी रुपमा इन्सुलिन लिनु हो । यसको प्रयोग बाहेक यो मधुमेहमा अर्को विकल्प नै छैन्। त्यसैले यो इन्सुलिन लिन डराउनुपर्दैन्। इन्सुलिनको आविष्कार हुनुभन्दा पहिले यस रोग लागेका मानिसहरु उपचारविना मर्नु पर्दथ्यो । तर अहिले इनसुलिनकोे आविष्कार भएको सय वर्ष पुगेको छ । यो इन्सुलिनले यस्ता बिरामीलाई जीवनदान दिएको छ । नेपालमा इन्सुलिन लिने भन्ने बित्तिकै जीवनभर प्रत्येक दिन सुई लिएर कसरी हुन्छ भन्ने, डराउने साथै यसको प्रयोग लत बन्छ भन्ने जस्ता विचारका कारण धेरै जना शुरुमा इन्सुलिन लिन हिच्किचाएको पाइन्छ । तर यो पूर्णतया सुरक्षित भएकाले कोही पनि डराउनु पर्दैन । यो लगाइएन भने चाहिं डराउनुपर्छ कतै मेरो अन्य अंगमा असर गरेर मलाई जटिल समस्या त हुँदैन भनेर ।
वर्षौ इन्सुलिन लिएर मधुमेहलाई व्यवस्थापन गरेर सफल भएका थुप्रै व्यक्तिहरुका उदाहरण छन्। त्यसैले योसँग डराउन पर्दैन । इन्सुलिन प्राकृतिक हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन्। यसलाई छालामुनि बोसोमा दिइन्छ । खासै दुखाई पनि हुँदैन । इन्सुलिन प्रयोग गर्ने कलम जस्तो हुने भएकाले यताउता बोकेर हिंड्न पनि सजिलो हुन्छ ।डाक्टरको सल्लाहमा आफै पनि यो लगाउन सकिन्छ । इन्सुलिन प्रयोग गरेपछि सुगर नियन्त्रणमा आएमा यसलाई घटाउन वा बन्द गर्न समेत सकिने हुँदा यसको प्रयोग गर्न आत्तिन पर्दैन। यो भने डाक्टरले सुगर लेबल हेरेर निर्णय गर्छन्।
प्रकार २ मधुमेहमा पनि मधुेमह भएको १० वर्ष पुगेका लगभग ५० प्रतिशत भन्दा बढीलाई इन्सुलिन लिनुपर्ने अवस्था आउन सक्छ । इन्सुलिन नै लिनुपर्ने अवस्थाका बिरामीले यसलाई चेतावनीको रुपमा वा अन्तिम विकल्पका रुपमा लिन हुँदैन्। यो अन्तिम विकल्प हैन पहिलो प्राथमितामा राखिनुपर्छ ।
स्वस्थ जीवनशैली अपनाउने, शारीरिक व्यायाम गर्ने, खानामा सन्तुलन मिलाएर खाने र नियमित उपचारमा बस्ने हो भने मधुमेह भएर पनि यसको जटिलताबाट सधैंका लागि बच्न सकिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा