Health TV Online
Health TV Online

‘पाठेघरको मुखमा क्यान्सर बनाउने भाइरस छ कि छैन् जाँच गरेर पहिले नै पत्ता लगाउन सकिन्छ’

‘पाठेघरको मुखमा क्यान्सर बनाउने भाइरस छ कि छैन् जाँच गरेर पहिले नै पत्ता लगाउन सकिन्छ’

डा अन्जु श्रेष्ठ, स्त्री क्यान्सर रोग विशेषज्ञ

नेपाल लगायतका विकोसोन्मुख देशमा महिलाहरुमा देखिएका क्यान्सर रोगहरुमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी थुप्रै महिलाहरुको मृत्यु हुने गरेको छ । विभिन्न अनुसन्धानहरुबाट ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सरमा एचपीभी भाइरसको संक्रमण देखिएको पाइएको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण नै ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) को संक्रमण हो । यो यौन सम्पर्कबाट सर्ने गर्छ । कतिपय अवस्थामा यो आफै निको हुने गर्छ । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले आफै निको पारिरहेको हुन्छ । तर यो संक्रमण भएको लामो समयसम्म शरीरको प्रतिरक्षा प्रणालीले यसलाई हटाउन नसकेमा भने पाठेघरको मुखको क्यान्सर हुने समभावना हुन्छ ।

विकसित देशहरुमा आजभोलि यो क्यान्सर घट्दै गएको पाइन्छ । उनीहरुले समय समयमा स्क्रिनिङ गर्ने जाँच गर्ने यसविरुद्ध भ्याक्सिन लगाउने गरिरहेका छन्। जसले गर्दा रोग र मृत्युदर दुवै घटिरहेको पाइन्छ । तर हामीकहाँ भने अझै पनि यसबारे धेरै जानकारी नै छैन्। त्यसैले हाम्रो जस्तो विकासोन्मुख देशहरुमा अझै पनि जनचेतनाको कमीको कारणले धेरै टेस्टहरु उपलब्ध हुँदाहुँदै पनि पाठेघरको मुखको क्यान्सरको समयमा पत्ता नलाग्दा रोगको निदान हुन नसकी महिलाको मृत्यु भइरहेको अवस्था छ। जबकी यो क्यान्सर हुनुभन्दा अगावै क्यान्सर गराउने एचपीभी भाइरस छ छैन् पत्ता लगाउन सकिन्छ ।

एचपीभी भाइरसको संक्रमण बढी हुने सम्भावना कसलाई हुन्छ  ?
-कलिलै उमेरमा विवाह भएका महिला
-कम उमेरमै यौन सम्पर्कमा सक्रिय हुने महिला
-एक भन्दा बढी पुरुषसँग यौन सम्बन्ध राख्ने महिला
-रोगसँग लड्ने क्षमता कम भएका महिला

एचपीभी भाइरस विरुद्धको खोप
एचपीभी भाइरस आफैमा सयौँ प्रकारको हुन्छ । त्यसमध्ये ९० प्रतिशत पाठेघरको मुखको क्यान्सर आठ प्रकारका एचपीभी भाइरसले हुने गर्छ । तिनीहरु १६, १८, ३१, ३३, ३५, ४५, ५२ र ५८ नम्बर हुन्। जसमध्ये १६ र १८ प्रकारको संक्रमण बढी जोखिमपूर्ण देखिन्छ । हाल एचपीभी विरुद्धको खोप पत्ता लागिसकेको छ । समयमै खोप लगाउने हो भने यसबाट बच्न सकिन्छ । तर यसबारे अझै पनि जनचेतना पुगेको छैन्।

खोप कसका लागि प्रभावकारी हुन्छ
-९ वर्षदेखि २६ वर्ष सम्मका महिलाहरु
-यौन जीवनमा प्रवेश गर्नुभन्दा पहिले नै यो खोप दिएको बढी प्रभावकारी
-९ देखि १४ वर्ष सम्म लगाउँदा ५ महिनको फरकमा दुईपटक मात्र लगाउँदा हुन्छ ।
-१५ देखि २६ वर्षसम्म लगाउँदा भने तीन डोज लिनुपर्छ । शुरुमा, दुई महिनामा र ६ महिनामा ।

यो क्यान्सरमा कुनै पनि लक्षण नदेखिने सम्भावना धेरै हुन्छ । लक्षण देखिने बेलासम्म धेरै ढिला हुने भएकाले पनि महिला आफै सचेत बनेर नियमित जाँच गर्नु नै सबैभन्दा बढी उत्तम उपाय हो । पाठेभर भित्री अंग हुनु र महिला स्वयंले के भइरहेको छ भनेर नदेख्ने हुँदा धेरै महिला रोग लागिसकेर जटिल भइसकेपछि मात्र उपचारमा आउने गरेको पाइन्छ । पाठेघरको मुखमा समस्या भए नभएको पत्ता लगाउन गर्भासयको श्राव परीक्षण ‘प्याप स्मेयर’ पनि गर्न सकिन्छ । यसले असामान्य कोषिकाहरु पत्ता लगाउने हुनाले तिनीहरुलाई क्यान्सर हुनु पहिले नै उपचार गर्न सकिन्छ।  ‘एचपीभी डीएनए’ टेस्टले पाठेघरको मुखमा क्यान्सर बनाउने भाइरस भए नभएको पत्ता लगाउँछ । जसले गर्दा भाइरस भएमा सचेत हुन सकिन्छ । र सोही बमोजिम उपचारमा जान सकिन्छ । ३० वर्ष पुगेका हरेक विवाहित महिलाले ‘एचपीभी डीएनए’  र ‘प्याप स्मेयर’ टेस्ट गर्न जरुरी छ । यदि यी दुबै नेगेटिभ आएमा हेरक ५ वर्षमा मात्र टेस्ट गरे पुग्छ । यो टेस्ट धेरै महंगो पनि छैन्।

समयमै जाँच गराऔँ र पाठेघरको मुखको क्यान्सरबाट बचौँ ।

(क्यान्सर रोग विशेषज्ञ डा श्रेष्ठ नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छिन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा