Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसको नयाँ प्रकार र ‘जिनोम सिक्वेन्सिङ’

कोरोना भाइरसको नयाँ  प्रकार र ‘जिनोम सिक्वेन्सिङ’

यतिबेला बेलायतमा कोरोना भाइरसको रुप परिवर्तन भएर नयाँ भाइरसको रुपमा आएको भन्ने निकै चर्चा र चिन्ता बढेको छ । त्यसो त गत वर्षको डिसेम्बरदेखि कोभिड १९ भाइरसले विश्वलाई नै त्रसित बनाइरहेका बेला फेरी भाइरसले रुप परिवर्तन गरेर नयाँ प्रकारमा आयो भन्दा धेरै जनामा डर पैदा हुनु स्वभाविक पनि हो । तर हामीले के बुझ्नुपर्छ भने भाइरसले आफनो रुप परिवर्तन गर्नुलाई सामान्य मानिन्छ । यसले कसरी रुप परिवर्तन गरेको होला भन्ने धेरैको जिज्ञासा पनि रहेको होला ।

सामान्यतया एउटा जेनेटिक रुपबाट अर्को जेनेटिक रुपमा जानुलाई हामी भाइरसको रुप परिवर्तन भएको मान्दछौं । यसरी रुप परिवर्तन गर्दा यस्ता भाइरस पहिले भन्दा बढी खतरनाक हुने सम्भावना बढी हुन्छ । मेडिकल भाषामा यसरी भाइरसले रुप परिवर्तन गर्नुलाई ‘न्यु भेरियन्ट’ भन्ने गरिन्छ । प्राय भाइरसले यसरी निश्चित समय समयमा रुप परिवर्तन गर्ने भएकाले यस्ता न्यु भेरियन्टहरु आइ नै रहेका हुन्छन्। कहिलेकाहीं यस्ता न्यु भेरियन्ट पहिले भन्दा बढी खतरनाक त कहिलेकाहीं यिनीहरुको संक्रमणदरमा कमी आउँदै कमजोर बन्दै जान सक्छन्।

अहिले कोरोना भाइरसको नयाँ प्रकार आयो भनेको पनि त्यही नै हो । यतिबेला बेलायतमा कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण फैलिरहेको छ । यो न्यु भेरियन्ट पहिलेको कोरोना भाइरसभन्दा बढी संक्रामक भएको बताइएको छ ।  नेपालमा पनि बेलायतबाट केही समयअघि आएका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखियो । त्यसलाई लिएर सबै जना त्रसित बनिरहेको अवस्था छ । तर उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस अर्थात न्यु भेरियन्ट देखिएको होइन । उनीहरुमा पुरानै कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ । अर्को कुरा न्यु भेरियन्ट हो वा होइन भन्ने एकिन गर्नका लागि ती व्यक्तिको नमुना संकलन गरेर ‘जिनोम सिक्वेन्सिङ’ गर्नुपर्ने हुन्छ । जिन सिक्वेनिसङ गरेर मात्र उनीहरुमा भएको भाइरस कस्तो प्रकारको हो भन्ने पत्ता लाग्छ ।

नेपालमै सम्भव छ ‘जिनोम सिक्वेन्सिङ’

नेपालमै ‘जिनोम सिक्वेन्सिङ’गर्न सकिन्छ । बेलायतबाट आएका उनीहरुको नमुना लिएर हामी बेलायतमा देखिएको भाइरससँग म्याच गर्न सक्छौं । मात्र यति हो सरकारले चाहनु पर्यो । हामी चाहिंँ यो परीक्षण गर्न तयार छौं र यस्तै प्रकारको सिक्वेन्सिङ हुँदै पनि आएको छ । अहिले हामीले सिक्वेसिङबाट गरिने ब्राका १, ब्राका २, फुल जिन सिक्वेन्सिङ फर ब्रेस्ट क्यान्सर, ५० जिन प्यानल टेस्टिङ फर डिफ्रेन्ट क्यान्सर जस्ता टेस्टहरु गरिरहेका छौं। यो कोरोना भाइरसको होल जिनोम सिक्वेन्सिङ पनि यस्तै हो । यसको पनि क्लिनिकल टेस्टिङ बनाउन सकिन्छ र अध्ययनका रुपमा नेपालकै ल्याबमा टेस्ट गर्न सम्भव छ ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या