स्वास्थ्य मन्त्रालयमा चाहिं भीड गरे पनि कोरोना लाग्दैन हो ?
खै कहाँ छ स्वास्थ्यको मापदण्ड ?

कल्पना आचार्य \काठमाडौं : कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार ‘एसएमएस’ विधि अपनाउन आग्रह गर्दै आइरहेको छ । ‘एस’ मतलब सोसल डिस्ट्यान्सिङ अर्थात एक अर्काबीच २ मिटरको सामाजिक दूरी कायम गर्ने, ‘एम’ को मतलब मास्कको प्रयोग गर्ने र अर्को ‘एस’ को मतलब नियमित सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने ।
तर यही मापदण्ड बनाउने स्वास्थ्य मन्त्रालयले भने यसको पालना गरेको पाइंदैन्। प्रसंग हो, आइतबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीको पदबहाली र स्वागत कार्यक्रमको भीडको । सो कार्यक्रममा न त सामाजिक दूरीको ख्याल गरिएको थियो । न त उचित ढंगले मास्कको प्रयोग नै गरिएको थियो । कर्मचारी र सञ्चारकर्मीले खचाखच भरिएको हलमा एउटै कुर्सीमा दुई जना टाँसिएर बसेका देखिन्थे भने सिट नपाउनेहरु पनि खचाखच ठेलमठेल गरे उभिरहेका थिए ।
यही भिडमा एक जनालाई पनि कोरोना संक्रमण भएको भए र त्यसले धेरैलाई सारेको भए यसको जिम्मा कसले लिने ? यो भीड देख्दा यस्तो लाग्थ्यो नेपालमा कोरोना महामारी नै छैन् हामी सामान्य अवस्थामा फर्किसकेका छौं ।
नेपालमा माघ ९ गते पहिलो कोरोना संक्रमित देखिए यता हालसम्म २ लाख ५८ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी आइतबारसम्मको तथ्यांक अनुसार १८ सय २५ जना संक्रमितको मृत्यु भएको छ । यी १८२५ जनाको परिवारले आफनो नजिकको आफन्त गुमाएका छन्। यो सानो संख्या पक्कै होइन्। तर यही महामारीकाबीचमा मन्त्रालयले कुनै मन्त्री वा व्यक्ति विशेषलाई रिझाउन गरिने यी र यस्ता किसिमका भीडले कोरोना संक्रमण फैलिन मद्दत त गरिरहेको छैन् सोच्ने बेला आएको छ ।
त्यसो त यस भन्दा अघि तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा दोस्रो संक्रमित फेला पर्दा गरेको पत्रकार सम्मेलनमा पनि यस्तै भीड गर्दा निकै आलोचना भएको थियो ।
नेपालमा कोरोना संक्रमण केही कम भएको पक्कै होला तर जोखिम कम भएको छैन् भनेर विज्ञहरुले नै सचेत रहन चेतावनी दिंदै आएका छन्। तर मुख्य मन्त्रालयको हालत नै यस्तो भएपछि अन्य सर्वसाधारणले के गर्लान ?
स्वास्थ्यका मापदण्ड बनाउने मन्त्रालयले चाहिं आफै यो मापदण्ड पालना गर्न नपर्ने होकी ? अथवा स्वास्थ्य मन्त्रालयमा भीड गरे पनि कोरोना संक्रमण नहुने हो मन्त्री ज्यू ?
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights